तीन स्थानीय तह जोड्न करोडको झोलुङ्गे पुल

0
450

भद्रपुर।

बिर्तामोड नगरपालिका र हल्दिवारी गाउँपालिका जोड्ने उद्देश्यले भद्रपुर नगरपालिका–१०स्थित देउनिया खोलामा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।

तीन वटा स्थानीय तह जोडने झोलुङ्गे पुलको शिलान्यास सोमबार एक कार्यक्रमका बीच ती स्थानीय तहबाट निर्वाचित प्रदेश सांसदहरु बसन्त बाँनिया, गोपालकुमार बुढाथोकी, एकराज कार्की, पूर्णसिंह राजबंशीले संयुक्त रुपमा गरेका थिए ।

बिर्तामोड–८ र हल्दिवारी–२ नम्बर वडाको सीमासँग जोडिएको भद्रपुरको कलवलगुरीस्थित सुकुम्बासी टोल नजिकैको देउनिया खोलामा सो पुल बन्न लागेपछि त्यहाँका स्थानीय हर्षित बनेका छन् ।

पुल निर्माणका प्राविधिक राम लखन माझीका अनुसार प्रदेश सरकारको ९० लाख १७ हजार, दातृ संस्थाको ८ लाख ३७ हजारसहित १ करोड ५६ हजारको लागतमा सो पुल बन्न लागेको हो । सम्झौता भएको मितिले दुई वर्षभित्र पुल निर्माण हुने उनले बताए ।

एक सय १९ मिटर लम्वाइ र १.२० मिटर चौडाइ भएको पुल निर्माण पश्चात बिर्तामोड, हल्दिवारी, बाह्रदशी गाउँपालिकाबाट भद्रपुर सदरमुकाम आउने स्थानीयलाई सहज हुने बताइएको छ । त्यहाँका स्थानीय बर्खाको समयमा सदरमुकाम आउनु पर्दा गरामनी वा हल्दिवारीको बाटो घुमेर आउनुपथ्र्यो ।

पुल शिलान्यास कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटी, हल्दिवारी गाउँंपालिका अध्यक्ष रवीन्द्र लिङ्देन, भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रामाया श्रेष्ठ, नेपाली कांग्रेस ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेल, भेलागढी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष नारायणप्रसाद लुइँटेल लगायतले स्थानीय तहको विकास निर्माण कार्यमा सबै पक्षको सहयोग अपरिहार्य हुने बताए ।

उपभोक्ता समितिका अध्यक्ष पुण्यप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नेकपाका जिल्ला सदस्य असारु राजबंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here