५१ लिटर रक्सी नष्ट

0
753

बिर्तामोड। इलाका प्रहरी कार्यालय बिर्तामोडले ठूलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

टेकबहादुर गिरी नयाँ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिएको मदिरा शनिबार नष्ट गरिएको हो । झापालाई घरेलु मदिरा नियन्त्रित जिल्ला बनाउने अभियान चलिरहेको बेला प्रहरीले सो क्षेत्रबाट ५१ लिटर लोकल रक्सी र झण्डै छ सय केजी जाँड र जाँड बनाउन प्रयोग गरिने कच्चापदार्थ बरामद गरेको थियो ।

बरामद भएको उक्त घरेलु मदिरा जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजका अगुवाको रोहवरमा नष्ट गरिएको थियो । मदिरा नष्ट गर्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मोहन थापाले मदिरा नियन्त्रित नगर बनाउन सबै आ–आफ्नो ठाउँबाट जुट्नुपर्ने बताएका थिए ।

उनले प्रहरीको एक्लो प्रयासले मात्र यो अभियान सफल नहुने भन्दै नागरिक स्तरबाट अभियानलाई अगाडि बढाउनुपर्ने बताए । उनले भने– ‘अहिले हाम्रो अभियान नै चलेको छ । घरेलु मदिरा र लागूऔषध नियन्त्रण गर्दै समाजमा शान्ति सुरक्षा अमनचयन गराउने ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here