लागूऔषध र मदिरा तस्करी बढ्दै

0
1128

सप्तरी।

सप्तरी लागूऔषध र मदिरा तस्करीको हब बन्दै गएको छ । भारतबाट लागूऔषध भित्र्याउने र नेपालबाट भारततर्फ मदिरा पु¥याउने घट्ना तिव्र रुपमा भइरहेको छ । प्रहरीले आफ्नो तर्फबाट निगरानी बढाए पनि यो तस्करी रोक्न सकेको छैन् ।

पछिल्लो पटक सप्तरी प्रहरीले भारतीय सिमावर्ती नाका मोहनपुरबाट आइतबार लागूऔषध सहित एक जनालाई पक्राउ परेको छ ।

जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नम्वर २ स्थित मोहनपुरबाट ईलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित एक जनालाई प्रक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर ६ स्थित कुडनवा बस्ने २५ वर्षीय श्रवण यादव रहेका छन् । उनको साथबाट १ सय १ बोतल लागूऔषध बरामद गरिएको छ । भारतबाट नेपाल तर्फ अन टेस्ट मोटरसाईकलमा आउँदै गर्दा यादवलाई चेक जाँचको क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका यादवलाई आइतबारै सप्तरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै राजगढ गाउँपालिका वडा नम्वर २ स्थित कमलपुरबाट प्रहरीले मदिरा बरामद गर्दै ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारत तर्फ लगिरहेको अवस्थामा अवैध मदिरा सहित ६ जनालाई प्रहरीले पक्राउ गरिएको छ ।

उनीहरुले नेपालबाट अवैध रुपमा दिलवाले, कस्तुरी र मामाश्री नामक १६ कार्टुन १५ हजार मूल्य बराबरको रक्सी सहीत उनीहरुलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ । पक्राउ परेका रक्सी र अभियुक्तलाई आवश्यक कारवाहीका लागि भंसार कार्यालय सप्तरी पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here