स्थानीय तह जनमैत्री र प्राविधिक मैत्री बन्न नसकेको गुनासो

0
709

बाहुनडाँगी ।

मेचीनगर नगरपालिका वडानम्बर—४का वडावासीले स्थानीय तहलाई जन र प्रविधिक मैत्री बनाउन वडा सरकारलाई सुझाव दिएका छन् । विहीवार वडा कार्यालय बाहुनडाँगीमा आयोजित वडाभित्र रहेका टोल विकास संस्थाहरुको भेला तथा आगामी आर्थिक वर्ष २०६६÷२०७६ का लागि योजना संकलन कार्यक्रममा सहभागी अधिकाँशले स्थानीय तह जनमैत्री र प्राविधिक मैत्री बन्न नसकेको गुनासो गरेका थिए ।

सहभागीहरुले नगरका कुल १५ वटा वडाहरुमध्ये वडानम्बर—४ विकास निर्माणका कामका लागि अग्रपंक्तिमा रहेको अन्य वडाहरुको तुलनामा उदाहरणिय काम गरेको भन्दैं सहभागीहरुले खुशी व्यक्त गरेका थिए । तात्कालिन बाहुनडाँगी गाविसका अध्यक्ष एव्म नेकपाका नेता नीलकण्ठ तिवारीले अहिले प्राविधिक इष्टमेट समयमै नहुँदा विकास निर्माणका कामले छिटो गति लिन नसकेको भन्दैं नगरपालिकाले एक वडा एक प्राविधिक नीति अघि सारेर जनमैत्री बनाउनुपर्ने बताए ।

उनले नवजात शिशु मातृ मृत्युदर कम गर्न स्थानीयस्तरमा सुविधा सम्पन्न प्रसुती गृहको व्यवस्थागरी पर्याप्त जनशक्ति, प्रयोगशाला स्थापनामा वडाले

दीर्घकालिन योजना बनाएर अघि बड्न सुझाँव दिए । नेपाली काँग्रेसका नेता सागर कार्कीले वडानम्बर—४ भौतिक विकासमा निक्कै फड्को मारेपनि आध्यत्मिक ज्ञानको विकासमा पछि परेको भन्दैं वडामा ध्यान केन्द्र, पुस्तकालय र योग शिविरलाई समेत प्राथमिकतामा राख्न माग गरेका थिए ।

बाहुनडाँगी आयूर्वेद औषधालयका कविराज उमेशकुमार साहले आयुर्वेद उपचारमा मानिसको खासै आर्कषण नभएको तथा प्रचार प्रसारमा अभाव देखिएकाले वडा कार्यालयले यसप्रति सक्रियपूर्वक लाग्नुपर्ने बताए । बाहुनडाँगी स्वासथ्य केन्द्रमा पर्याप्त जनशक्ति भएपनि कामको बाडफाडको तालमेल नमिलेका कारण समस्या भएको भन्दैं स्वास्थ्यकर्मी हेम अधिकारीले यसको व्यवस्थापनमा वडा कार्यालय लाग्नुपर्नेमा जोड दिए । उनले यस भन्दा पछिका स्वास्थ्य केन्द्रको स्तरबृद्घि भएर अस्पतालको रुप ग्रहण गर्दा सम्म बाहुनडाँगी स्वास्थ्य केन्द्रको आफ्नै भवन बन्न नसक्नु ज्यादैं दुखको कुरा भएको बताए ।

भेलामा सहभागीले खानेपानी, विद्युत, टेलिफोन, स्वास्थ्य शिक्षा वाटाघाटालगायतका बारेमा आ आफ्नो सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा वडाभित्रका २२ वटा टोल विकास संस्थाका अध्यक्षहरुले आ आफ्नो टोलका समसामयिक समस्याका बारेमा वडा सरकारलाई जानकारी गराएका थिए ।

सवैले लिखितरुपमा आगामी आर्थिक वर्षमा गर्नुपर्ने सुझावसहित योजनाका शीर्षकहरु लिखितरुपमा वडालाई दिएका छन् । वषौंदेखिको जंगली हात्तीको आतंक दीर्घकालिनरुपमा समाधानको उपाय खोज्न समेत सहभागीले वडा समक्ष आग्रह गरेका थिए ।

सवैको सुझाव सुनेर वडाध्यक्ष नवीन वरालले आफुले वडाको पदभार ग्रहण गरेपछि वडामा भए गरेका कामको विवरण प्रस्तुत गरेका थिए । उनले आफ्नो वडा वा स्थानीय ठाउँको विकास गर्नका लागि जनप्रतिनिधिहरुको मुख मात्र ताकेर नहुने भन्दैं उनले वडामा क्रियाशील विभिन्न राजनीतिक दल, संघ संस्था, नागरिक समाज, उद्योगी व्यवसायीहरु समेत वडासँग काँधमा काँध हातमा हात मिलाएर अघि बढ्नुपर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here