समृद्धि’ र ‘यती’ साँच्चै उस्तै–उस्तै हुन् त ?

0
1045

व्यंग्यनारान पाडे,
‘म नुहारएर बरण्डामा निस्कँदा अघि नै कतिखेर आएर सधैं म बस्ने कुर्सीमा बसी अगाडि टी टेबलमा अरु पत्र–पत्रिकालाई बेपर्वाहसंग किचेर फोहोर खुट्टा पसारेका गौंथलीको बाऊ एउटा पत्रिका पढ्दै रहेछन् । मलाई देख्नासाथ उनी पत्रिकामै ध्यान केन्द्रित गर्दै अर्को कुर्सीमा सरे ।

मैले स्वाभाविक रुपमा भनें— “आज त दाइ मभन्दा फास्ट पो आउनु भएछ ।”
उनले पत्रिका काखमा राखेर आँखा मिच्तै भनें— “तपइँ जस्तो बेहानको आदा दिनसम्म फ्वाँ–फ्वाँ सुतेर ट्याम लस् गर्नु हो भने हाम्रो बौमतको सर्खारले कस्का हइँसे–होस्टेमा ल्याइदिन्छ त हओ देशमा सम्बिर्दि, कसरी लेराउनु त तो सम्बिर्दि । अ‍ैलेसम्म बल्लतल्ल त नर्पालिका र गाम्पालिकाका मेयार, उपम्यार, पर्मुक पर्शासकीए अदिकीर्त, सेटिङमा सम्लघ्न सर्खारी र ठूलाठालासम्म मात्र आइपुग्या छ तो सम्बिर्दि भन्ने जिनिस ।

अब म जत्तिकाले पनि बेहान उठ्न र टट्टी–पेसाप फेरेर गाम–टोल टुरिङ गर्दै सम्बिर्दिको पर्बचन–पर्सिच्छन् दिंदै हिन्न देरी गर्ने हो भने जम्राको तालमा हिन्ने पढ्के सम्बिर्दि हाम्रो सधरमुकाम चन्द्रढी–भद्रपुरमा ओर्लेर केचना–पथरियाका भक्का र दाउरा बेचिखाने हाम्रा आच्छा–खासा भोटर–भोटर्नीमा पुग्दासम्म त जुनी जान्छ नि यार ! फेरि तो सम्बिर्दि बाटैबाटो सरासर हिन्ने भा पो ! बी–बीचाँ सर्खारी साहेपहेरु, मेयार–उपमेयारहेरु, बेपारी र ब्लेक्या–ब्लेक्नीहेरु, चूपचाप–भत्ताभोगीहेरु, सेटिङ उग्रपन्थीहेरु, पाटी–पाटीका लइन–छोकडाहेरु, लइन खान नपाए गाडी–मट्टरसाइकिलको टाएरका हावा खोलेर अभर पार्ने ड्यान्जर पानीगुण्डा नामे गोरिल्लाहेरु इत्तेदिका ढाट करस् नगरी फटाफट हिन्न पाउँछ र तो सम्बिर्दि ? समस्यैसमस्से छ बिचारालाई । तपइँहर्लाई एतार्थ था भा त थुक्क !”

कुरो अर्कोतिर नमोडे उनले अर्को धाराबाहिक शुरु गर्लान् भन्ठानेर मैले भनें— “दाइ पनि पत्रिका पढ्नु हुँदोरहेछ । त्यो कुन पत्रिका रोजेर पढ्नु भएको दाइ ?”
उनले फेरि पत्रिका हातमा लिंदै भने— “पत्रिका होइन, इ यो अङरेजी गोर्खापत्र हेर्या, पढ्या होइन ।”
मैले ठाडो सोधें— “के छ त्यसमा र हेर्या त ?”
उनले पनि उस्तै जवाफ फर्काए— “न्यूचैन्यूच छैन त यसमा ?”
फेरि मैले उस्तै पाराले सोधें— “न्यूच त पढ्ने पो हो त, हेर्ने त नक्सा–चित्रहरु पो हुन्छन्, होइन र ?”
उनले चर्केर भने— “नहेरी पढिन्छ त ?”
उनले कुरा बटार्न थालेपछि म चूप भएँ ।
उनले लामो हाइ काडेपछि भने— “यो अङरेजी गोर्खापत्रको शुबनाम राइजिन नेपाल हो, यस्को फरन पेचको टुप्पोमै इ भँगेरा टाउके अङरेजी अछेरमै लेखिया छ– आराइयससाइयनजीले राइजिन र अन्तखेरी यनीपीएयलले नेपाल । एइ अङरेजी गोर्खापत्रलाई इण्डेको देशी भासामा राइजिन इण्डे र अमृकामा राइजिन अमृकान भन्र बोलिन्छ । तपइँलाई थाही नाइँ । तपइँले एतातिरका, ती क्या त, फलानु गोष्टी भो भन्र शीश्रक हाल्या र अन्तखेरी फलानुको अदच्छेता, फलानुको पर्मुक ‘आतिथ्यता’, फलानु बिशिष–ट अतिथि, फलानुको स्वागत–भासन, फलानु एलाउन्सरे, फलानु–फलानुको उपस्थिति, फलानुको सजीकर्ण, फलानु–फलानुले भाषण गरे, फलानुले कुर्सी मिलाए, फलानुले च्या–नस्ता बाँडे, फलानुले क्याति गरे…बाआआआस समचारको न्यूच फिनिस्टियो जस्ता पत्रिका मात्रै पढ्ने बानी बसा’का छौ अन्तखेरी त अङरेजी गोर्खापत्रलाई पनि पत्रिका भन्छौ । यो पत्रिका हो कि न्यूचपेप्पर हो ? लु भन । कुरा गर्छाै बढोमाको गुज्राँती भुइँसीले सुपारीबड झरेको पातमा पेसाप फेर्दा धररर भए जस्तो अर्थ न बर्थ ।”….

मैले फेरि कुरो अर्कोतिर मोडें— “यसपल्ट प्रधानमंत्री भएयताका केपी ओलीदेखि भीरगाउँको झाँक्री माइलो र बयलमान टोलको रामलख्खन यादवसम्मका कमरेडहरुले समृद्धि–समृद्धि भनेको सुन्छु । दाइले पनि सधैं यही शब्द जप्ने गर्नुहुन्छ । समृद्धि भनेको ओइरोमाथि पैरो कमाइ हो कि ? छँदाखाँदाको ‘रामे’ धन–दौलतले मुकुरिएर काँधिएपछि ‘रामबाबु’ बन्नु हो कि ? अस्तिसम्म गरीबदास नै तपाईंंहरुको पार्टीमा लागेर ताउर–माउर गर्न सिकेपछि ‘कमरेड कुबेरनाथ’ बन्नु हो कि ? के हो यो समृद्धि भनेको ? मैले नबुझेको सोध्या है ।”

उनले बसिरहेको कुर्सी मेरो नजिकै सारे र हान्ने राँगोले झैं आँखा फुकालेर मलाई हेर्दै र दुईटै आँखाका तल्तिरका लोती औंलाले तल्तिर लोत्क्याउँदै अरिमठे स्वरमा भने— “इइइइ यई हो सम्बिर्दि भन्या । कम्रेट बन्नुओर्नु छैन, सम्बिर्दि भन्या के भन्ने चइँ जान्नु किन पर्या, तात्तो न छार्रो ? जाऊ पैला काशी–बन्रस र ठाडा चन्डन ला’र चइँनेकेरे पिताम्बरे ठाडो धोती ला’र कमउमोदी व्याकर्ण पढ अनि एता आ’र चम्चे–हनुमाने चेला–चपेटाका बीचाँ कमिनिस पच्छेको भासाबिध गर्ने गर । तपइँका बाऊ पाहाडका सामान्ती सुब्बा थेनन् भने तोसो गर्न पनि ढंग नपर्ला । होइन भने एत्रो खान सोद्छौ एस्तो निधो पश्न ?”
मैले उही कुराको फलो–अप् गर्दै सोधें फेरि— “यो देशको नागरिक म पनि हूँ भने देशमा समृद्धि ल्याइने भनेको के ल्याइने भनेको हो भन्ने तपाईं जत्तिको लोकल सरकारी अगुवा कमरेडबाट पनि जान्न नपाए कोबाट जान्नु त ?”

उनले सजिलै भने— “तपइँ कम्रेट होउ र सो–उक्त कुरा जानेर केइ नाप्छौ ? काम न काज जानेर के गर्नु बित्थामा ? सम्बिर्दि भन्ने जिनिसमा फिलहाल हाम्रो पालो चल्दैछ, हामी–हामी बाएक अर्हर्ले यस्मा छिर्के लाउन पाउने कुरै नट् नि हओ, कुरै नट् । हाम्रा मान्छेले भाग पा’कै छैनन्, अर्हर्लाई छिराउनु त अन्तखेरी ? मेरी आमईं नि ! आर्को कुरो के भन्लाउ भने–यो सम्बिर्दि भन्ने जिनिस कस्तो छ, काँबड हिनेर कैले–कैले काँ–काँ चक्कर लाउँदै काँ पुग्छ भनेरभनेदेखुन् तेल्ले कस्को अडर मान्छ र काँ जान्छ–काँ जाँदैन इ इत्तेदि विवर्ण हामीबड छुस्स पनि लिक् गरेर चइँनेकेरे हामी आफ्नै घुँडामा बञ्चरो किन हान्छौं र हाम्रो एकलौटी अदिकार थोडै पनि खोट्याउँछौ हँ ? सप्पै सालाखाला जनताका लागि त हाम्रा भासन भन्न जान्ने कम्रेटहर्ले चल्लीका नशा फुलाई–फुलाई भासन भनिराखेका छइँछन् नि ।

तिनै भासनबड सम्बिर्दिको स्वाद चाख्नु क्या । हिमालएका हिउँमा यती भन्ने बनमान्छेका पाइला भेटियो भन्छन् भन्नेहेरु, तो यती भन्ने कसैले भेटें भन्या छ ? तो कुरो चइँ उँधेरलाई एत्रा बर्खदेखुन् नसोद्ने अनि हाम्रा ेबौमतको सर्खारले देशाँ सम्बिर्दि लेराउँछौं भन्र पोर सालदेखुन् भन्दा चइँ हतार–हतार तो सम्बिर्दि भन्या क्या हो भन्दै गुल्चे गर्ने ? हट्, कस्तो कुरा दु’न सिपाला हउ इ पाँडे भाइ त । अलिछिन् बसो भने हाड नभको जिब्राले बित्याँस् पारो भने पाटीले गोर्खेठ्याक लाउँदैन मलाई ? हिंडे म ?”

गाडीसंग तर्छेको गाउँले गाई जस्तै तरिकाले उनी तर्छेर हिंडे ।…
उनी फटाफट गएतिर हेर्दै अनि मैले मनमनै भनें— “समृद्धि र हिममानव ‘यती’ म जस्ता आमनागरिकका लागि उस्तै हुन् त ?”…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here