खोलाले बगाएर दुई बर्षीय बालकको मृत्यु

0
806

संखुवासभा।

संखुवासभाको मकालु गाउँपालिका–२ बुङगिङ बस्ने चिङगु शेर्पाका दुई बर्षीय छोरा पेम्बा नुर्वु शेर्पाको खोलाले बगाएर मृत्यु भएको छ ।

बुधवार दिउँसो २ बर्षीय छोरा र ३ बर्षीया छोरीलाई घरमा छाडेर च्याक्सेडाडा बजार गएको र राती ११ बजे घर फर्की आउँदा घरमा छोरा छोरी नदेखे पछी खोजतलास गर्ने क्रममा घर नजिकै रहेको बेतला खोलाको किनारामा छोरीलाई फेला पारी सोधखोज गर्दा खोलाले बगाई लगेको भन्ने छोरीको भनाई अनुसार प्रहरी चौकी मकालुमा जानकारी गराउना साथ प्रहरी टोली र स्थानीयवासी समेत भई खोजतलास गर्ने क्रममा बिहिवार दिउँसो बगाएको ठाँउ देखि करिव ५०० मिटर तल बालकलाई मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here