किसानलाई भुनी उपहार

0
1890

शिवसताक्षी,सीमान्तकृत सन्थाल समुदायका विपन्न परिवारलाई शिवसताक्षी नगरपालिका– ५ वडा कार्यालयले वंगुरको भुनी (पाठी) उपहार दिएको छ ।
वडाध्यक्ष सत्यनारायाण राजवंशीले वडाको सिलिङ्ग वजेटबाट उनीहरुको आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले बंगुरको भुनी उपहार दिएको बताए । वडा कार्यलयमा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै पशु उपहार दिइएको हो ।
वडाले १९ घर परिवारलाई पशुपालनमा प्रेरित गर्न बंगुर उपहार दिएको वडा कार्यपालिकाले जनाएको छ । ‘हामीले निर्वाचन ताका आय आर्जनका महत्वपूर्ण कार्यक्रम ल्याएर सीमान्तकृत समुदायको जीवनस्तर उकास्ने गरेको बाचा अनुरुप वडामा बंगुर र बाख्रा उपहार प्रदान गरेका हौं ’ –वडाध्यक्ष राजवंशीले भने– ‘वडा कार्यालयले पचहत्तर हजार रुपैयाँ बराबरको स्थानीय जातको बंगुरको भुनी दिएको हो ।’
दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका परिवारलाई चालू आर्थिक वर्षमा दुई लाख पच्चीस हजार मूल्य बराबरको बंगुर र बाख्रा उपहार दिइएको हो । यस अघि वडा कार्यपालिकाले बाख्रा उपहार दिएको थियो ।
वडाकोे पूर्ण अनुदानमा बंगुरका भुनी पाएपछि स्थानीय दंग परेका छन् । भुनी च्यापेर दंग भएकी तलामाया मुर्मूले वडाले दिएको बंगुरको भुनीलाई राम्रो स्याहारसुसार गरेर आम्दानी गर्ने बताइन् । मुर्मू ६५ वर्षको उमेरमा पनि गाँउ घरमा दैनिक ज्यालादारी कृषि मजदुरको रुपमा काम गर्दै आएकी छन् । वडाले उपहार दिएको भुनीले ८ महिनापछि पाठापाठी दिन्छ । समाजसेवी रामवहादुर राईका अनुसार एक वेतमा १६ वटासम्म पाठा पाठी दिने भुनीबाट अति विपन्न समुदायका मानिसको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।
व्यवसायिक रुपमा कृषि तथा पशुपालन गर्न सके भौगोलिकरुपमा बिकट शिवसताक्षी –५ का स्थानीयले प्रशस्त आर्थिक उपार्जन गर्न सक्ने सम्भावना रहेको स्थानीय टंक ढुंगेलले वताएका छन् । वडा कार्यपालिकाले जाँगर र मन भएका स्थानीयलाई क्रमैसँंग पशु उपहार दिने वताएको छ । वडाध्यक्ष राजवंशीले भने– अवको ३ वर्षमा वडाका कोही पनि नागरिक गरिवीकै कारण भोकै सुत्नु पर्दैैन । वडाका विकासे काममा संघीय सांसद एलपी साँवा लिम्बू र प्रदेश सांसद झलकवहादुर दर्लामी मगर र जिल्ला समन्वय समितिले पनि साथ दिएका छन् । शिवसताक्षी नगरमै समृद्ध र नमूना वडा बनाउन वडा समितिका सदस्य पनि खटेर लागीपरेको स्थानीयले वताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here