अर्जुनधारामा धान रोपेर धान दिवस मनाईयो

0
931

अर्जुनधारा ।

१६ औं राष्ट्रिय धान दिवसको सन्दर्भमा अर्जुनधारा नगर कृषि शाखा र महिला चेतना बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आइतबार रोपाईं महोत्सव सम्पन्न भएको छ ।

‘धान खेतीमा प्रविद्यि र यान्त्रिकिकरण, चामल आयातमा न्यूनिकरण’ भन्ने मुख्य नारासहित अर्जुनधारा–७मा आयोजित महोत्सवको प्रमुख अतिथि प्रदेश नं.१का सांसद् वृख प्रधानले उद्घाटन गरेका थिए ।

संस्थाकी अध्यक्ष नीलाकुमारी दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाको ११ कठ्ठा जग्गामा बेठी लगाई सहभागीहरुले धान रोपेका थिए । त्यसैगरी कार्यक्रममा आयोजित हिले दौडको पुरुषतर्फ प्रथम निसान लामिछाने, द्धितीय यामबहादुर पराजुली र तृतीय चुँडामणी कट्टेल तथा महिलातर्फ प्रथम रेनुका मैनाली, द्धितीय निपेक्षा बराल र तृतीय शर्मिला सुवेदी भएका छन् ।


प्रथम, द्धितीय र तृतीय हुने सहभागीहरुलाई क्रमश नगद पुरस्कार एक हजार, पाँच सय र तीन सयबाट पुरस्कृत गरिएको थियो । सोही कार्यक्रमको सन्दर्भमा शाखाले प्रत्येक वर्ष प्रदान गर्ने उत्कृष्ट कृषक पुरस्कारबाट तीन जना कृषकलाई जनही नगद पुरस्कार पाँच हजार र सम्मान पत्रबाट सम्मानित गरिएको शाखाकी प्राविद्यिक मीनादेवी अधिकारीले बताइन् ।

त्यसरी पुरस्कृत हुनेहरुमा जीवनकला अधिकारी, डम्बरलाल चौधरी र दिलीप विष्ट रहेका छन् । कार्यक्रममा नगर उपप्रमुख कमला खतिवडा आचार्य, नेपाली काँग्रेस नगर सभापती हेमराज खरेल, चन्द्रकला भण्डारी, भोला परियारलगायतको आतिथ्यता रहेको थियो ।

संस्थाकी उपाध्यक्ष पार्वता भट्टराईले स्वागत र व्यवस्थापक उमा थापाले औचित्य माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सचिव गीता अधिकारीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here