नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्ता पक्राउ

0
720

विदुर,

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’समूहका कार्यकर्तालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी बृत्त बालाजुले ४२ वर्षीय सागर तामाङलाई काठमाडौँको तारकेश्वर नगरपालिकाबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई बुझाएको प्रहरी निरीक्षक विष्णुहरि फुयाँलले जानकारी दिनुभयो ।

तामाङमाथि २०७५ साउन २९ गते शिवपुरी गाउँपालिका–८ बोहोरे खोला नजिक सडकमा राखिएको बा४ख ८५१६ नं को टिपरमा आगजनी गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here