बुङ्गल,
बुङ्गल नगरपालिका खोचेगाडाको तारका बगरमा एक युवतीको शव भेटिएको छ ।
बुङ्गल नगरपालिका–२ की ललिताकुमारी धामीको शव भेटिएको हो । सोमबार साँझ गाउँकै साथीको घरमा जान्छु भनेर गएकी धामीको शव आज बिहान बुङ्गलको खोचेगाडाको बगरमा भेटिएको हो ।
धामी महेन्द्र उच्च माविमा १२ कक्षामा पढ्नुहुन्थ्यो । शवको प्रकृति हेर्दा गाडीले ठक्कर दिएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । स्थानीयवासीले दुई वटा टिप्परमा आगजनी गरेका छन् ।