कचल्टिएको चिया क्षेत्र

0
770

चिया क्षेत्र कहिल्यै नसुल्झिने समस्या भएको छ, सम्बद्ध सबैलाई । कहिले चिया उत्पादक, कहिले मजदुर, कहिले उद्योग त कहिले व्यवस्थापन पक्षका समस्याका कारण चिया रुग्ण व्यवसाय हुन थालेको छ । झापामा लामो समयसम्म मजदुरहरु आन्दोलित भए, पारिश्रमिकको कुरा नमिलेपछि शुरु भएको आन्दोलन एउटा सहमतिमा टुंगियो । मजदुर काममा फर्किए, उद्योगका ताला खुले, पात टिपिए, चिया उत्पादन हुन थाल्यो, तर सबै पक्षकाबीच पूर्णरुपले पेट माझामाझ भएको छैन भन्ने सार्वजनिक भइरहेको असन्तुष्टिले देखाएको छ ।

पछिल्लो समय इलामका अन्ठाउन्न वटा चिया कारखानाहरुले हरियो पत्ती किन्न नसक्ने भन्दै उद्योग एक साथ बन्द गरे । चियापत्ती नबिकेपछि चिया किसानहरु चियाको विकल्प खोज्ने अवस्थामा पुगेका थिए । चियाको राजधानी भनिने सूर्योदय नगरपालिकामा रहेको उद्योगहरुको संगठन सूर्योदय टी प्रोड्युसर्स एसोशिएसनले नगरपालिकाद्वारा निर्धारित मूल्यमा किन्नै नसक्ने भन्दै उद्योग बन्द गर्ने निर्णय गर्यो। गत असार १२ गतेदेखि बन्द भएका उद्योग शनिबार नगरपालिका, किसान, उद्योगी र वाणिज्य संघका प्रतिनिधि सम्मिलित बैठकले सञ्चालन गर्ने सहमति गर्यो ।

बैठकले चिया क्षेत्रका समस्याहरुको दीर्घकालीन समाधान खोज्ने सहमति समेत ग¥यो, तर सहमतिको बाह« घण्टा नबित्दै समस्या बल्झियो । नगरपालिकाले हरियोपत्तीको मूल्य प्रति केजी चालीस रुपैयाँ तोक्यो तर उद्योगीहरु पत्तीको गुणस्तरमा अडिए । अर्थात्, उद्योगीहरुले हरियो चियाको गुणस्तर खस्किएको भन्दै नगरपालिकाले निर्धारण गरेको मूल्य दिन नसक्ने भन्दै चियापत्ती खरिद गर्न अस्वीकार गरे । त्यसअघि श्रम ऐन अनुसारको पारिश्रमिक पाउनुपर्ने माग राखेर आन्दोलित चिया मजदुरको समस्या समाधान गर्ने आएका श्रममन्त्री गोकर्ण बिष्टसँग उद्योगीहरुले गुणस्तर, अनुदान र संरक्षणको माग गर्दै समस्या समाधानमा सकारात्मक भएको बताएका थिए ।

नेपाली चियाको मुख्य बजार भारत हो । केही वर्षदेखि भारतीय पक्षले नेपाली उत्पादन गुणस्तर खस्किएको भन्दै चिया खरिद गर्न छाडेको छ । इलामको चियामा ‘अर्थोडक्स’ चियाले विश्वमै प्रशिद्धि पाएको छ । तर, पछिल्लो समय विषादि र रासायनिक वस्तुको अधिक प्रयोगका कारण नेपाली चियाको निर्यात कम हुन थालेको छ । यस्तो अवस्थामा राज्यले चिया उत्पादक किसान हुन् वा उत्पादक संस्था सबैलाई संरक्षणको नीति अनुरुप ल्याउनु पर्दछ । यस्तो भयो भने किसान, उत्पादक संस्था, उद्योगी र मजदुर सबैको संरक्षण हुन सक्छ । यसले मात्र समग्ररुपमा कचल्टिएको चिया समस्यालाई सँधै–सँधैका लागि अन्त्य गर्न सकिन्छ ।

अहिले सहमति उल्लघंन भएको भन्दै चिया किसान फेरि आन्दोलित भएका छन् । त्यहाँका किसानले नगरपालिकाले निर्धारण गरेको मूल्य नपाएको भन्दै हरियो पत्ती नगरपालिकाको मूल ढोका अघि बाटोमा पोखेका छन् । गुणस्तरका कारण निर्धारित मूल्य दिन नसक्ने उद्योगी र लागत अनुसारको मूल्य पाउनैपर्ने अडानमा किसानहरु रहेकाले असमझदारी चुलिएको छ । तसर्थ, विकसित समस्याको चुरो समातेर समाधानको बुद्धिमानी समाधान खोज्न राज्य गम्भीर हुनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here