धनकुटामा आगलागी : दुई घर जलेर नष्ट

0
638

धनकुटा।

धनकुटाको महालक्ष्मी नगरपालिका २ सान्नेमा मङ्गलवार राती आगलागी हुँदा २ घर जलेर नष्ट भएको छ ।

दिल ब. रायमाझीको घरमा रातको १० बजेको समयमा बिधुत सर्ट भई आगो लाग्दा ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घर, घर भित्र रहेको सर सामान , सुनको गहना १ तोला,५ तोला चाँदी, खसी ८ वटा, बाख्रा ८ वटा, कुखुरा ५० वटा जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब साढे ९ लाख मूल्य बराबरको क्षति भएको हो ।

साथै सोही स्थानमा रहेका उनको भाइ नारायण रायमाझीको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घर, घरमा रहेको सम्पूर्ण सामान, नगद ५० हजार, सुनको गहना १ तोला,५ तोला चाँदी, कुखुरा २० वटा समेत जलेर पूर्ण रूपमा नष्ट हुँदा अन्दाजी ७ लाख १० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here