भारतीय कंग्रेसको अध्यक्षमा सोनिया गान्धी

0
506

एजेन्सी ।

भारतीय कंग्रेसको अध्यक्ष सोनिया गान्धी बनेकी छिन्। राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएका थिए।

शनिबार रातिसम्म चलेको कंग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको थियो। यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागि नहुने घोषणा गरेका थिए।

सोनियाले १९९८ देखि २०१७ सम्म कंग्रेसको नेतृत्व गरेकी थिइन्। त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो। तर सोनियाले नेतृत्व लिन अस्वीकार गरेकी थिइन्।

यस्तै कंग्रेसलाई जसैगरि पनि १५ तारिख अगाडी नयाँ अध्यक्ष घोषणा गर्नु पर्ने भएकाले पनि अहिलेलाई अन्तरिम अध्यक्षको रुपमा सोनियालाई राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

१५ अगस्टमा अध्यक्षका हैसियतले पार्टी कार्यालयमा झण्डोत्तलोन गर्ने चलन छ। शनिबार कार्यसमितिको दोस्रो बैठकमा राहुलले पुनः अध्यक्षको जिम्मेवारी सम्हालन अस्वीकार गरका थिए।

त्यसपछि प्रियंका गान्धीलाई अध्यक्ष बनाउने प्रस्ताव गरेपनि यसमा भने सहमति जुट्न सकेन्। नेताहरुले प्रियंका र राहुल मिलेर नयाँ अध्यक्ष चयन गर्न भन्दा पनि उनीहरुले त्यो प्रस्ताव पनि अस्वीकार गरेका थिए।

त्यसपछि कुनै पनि विकल्प नभएपछि सोनियालाई नै अन्तरिम अध्यक्षको रुपमा प्रस्ताव गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here