वक्तृत्वकलामा देबु च्याम्पियन

0
603

मेचीनगर।

नेपाल जेसीजको क्षेत्र क सम्मेलनमा आयोजित अन्तर जेसीज शाखा वक्तृत्वकला प्रतियोगितामा बाहुण्डाँगी जेसीजका महासचिव देबु बानियाँ प्रथम भएका छन् ।

‘नेतृत्वका लागि उदाउँछौँ, विकास र परिवर्तनका लागि विकास र नेतृत्व’ विषयक प्रतियोगितामा बानियाँले प्रथम स्थान हासिल गरेका हुन् । विजेता बनेसँगै बानियाँ नेपाल जेसीजको पुस महिनामा चितवनको रत्ननगरमा हुने ४६ औँ राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र क बाट छनोट भएका छन् ।

महाधिवशेनमा बानियाँले क्षेत्र क का ३९ वटा शाखाको प्रतिनिधित्व गर्दै अन्य क्षेत्रका प्रतियोगीहरुसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सुरुङ्गा जेसीजका रिसब सिंह चहर दोस्रो र जनकपुर जेसीजका विक्रम साह तेस्रो भएका थिए ।

दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा क्षेत्र क का ३९ वटा शाखाका ६ सय भन्दा बढी जेसीजहरुको सहभागिता रहेको थियो । सन २०२० को क्षेत्र क सम्मेलन उर्लावारी जेसीजमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here