अर्जुनधारा।
४०औँ राष्ट्रिय शिक्षा दिवस तथा ५३औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा अर्जुनधारा नगरपालिकाले पत्रकार रमेश समदर्शी राईलाई शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।
दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार समदर्शीलाई आइतवार शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नगदसहित सम्मान गरिएको हो ।
न्युज सञ्जाल डटकमका सम्पादक समदर्शीलाई शैक्षिक उन्नयन तथा सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको मूल्यांकन गर्दै शिक्षा पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको नगरपालिकाले जनाएको छ ।
पुरस्कृत तथा सम्मानित समदर्शीलाई संघीय सांसद पवित्रा निरौला खरेल, नगरपालिकाका प्रमुख हरिकुमार राना, प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेल, शिक्षा शाखा अधिकृत जानुका गुरागाईंले सम्मानपत्र, नगद, मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।