कोरोना भाइसरका कारण न्यूयोर्कमै २०० जनाको मृत्यु

0
596

काठमाण्डौं ।

कोरोना संक्रमणका कारण अमेरिकाको न्यूयोर्क शहरमा मात्रै २०० जनाको ज्यान गएको छ।

न्यूयोर्कका गभर्नर एन्ड्रयु कुआमोले अहिले त्यहाँ दु्रत गतिको रेल झैं कोरोना फैलिइरहेको बताएका छन्। न्युयोर्क अमेरिकाको सबैभन्दा बढी मानिस बसोबास रहेको शहर हो।

यो शहर अमेरिकामा कोरोना भाइरसको केन्द्र नै बनेको छ। न्युयोर्कमा अहिलेसम्म २५,००० भन्दा बढी कोरोना संक्रमणका मामिला भेटिएको छ। अमेरिकामा अहिलेसम्म कोराना संक्रमणका कारण ७५५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टामा मात्रै त्यहाँ थप २२२ जनाले ज्यान गुमाएका छन्। संक्रमित हुनेको संख्याका हिसाबले अमेरिका तेस्रो बढी प्रभावित मुलुक बनेको छ। त्यहाँ अहिलेसम्म ५४,८०८ जना संक्रमित भेटिएका छन्।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here