२०७७ असार १५ गते सोमबारको राशिफल

0
596

मेष– व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् ।

वृष– अकारण वादविवादमा फँस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनेछ । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ ।

मिथुन– रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । सभासमारोहमा सहभागी बन्ने मौका छ ।

कर्कट– आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । चिन्तन महत्त्वपूर्ण बन्न सक्छ । मन फुकाएर आफ्ना कुरा राख्नका लागि राम्रो छ ।

सिंह– घरमा माङ्गलिक कृत्य सम्पादन गर्ने समयसमेत छ । अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि हुनेछैन ।

कन्या– शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ ।

तुला– धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम बढी समय लगाएर गर्नुपर्ला । प्रतिकूल समयले घेरेको समय रहने छ ।

वृश्चिक– आजको दिनमा तुरुन्तै कार्य गरेको जाति हुन्छ । जुनसुकै काममा आफ्नो विवेकको प्रयोग गर्नु उपयोगी हुनेछ ।

धनु– आफ्नै जिद्दीपनाले गर्दा काम बिग्रने र छरछिमेकमा असमझदारी बढ्ने सम्भावना छ । तर दिन ढल्दै जाँदा समय अनुकूल रहने छ ।

मकर– लामो समयपछि रसरङ्गको चाहना पूर्ण हुने योग आएको छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ ।

कुम्भ– बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ ।

मीन– बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here