२०७७ असार ३१ गते बुधबारको राशिफल

0
553

मेष– बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ । लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला ।

वृष– खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । छर–छिमेकमा केही असमझदारी देखिने हुँदा सावधान रहनुहोला ।

मिथुन– साँझतिर रमाइलो भेटघाटमा मन रमाउनेछ । तर खानपानको असावधानीले पेटको समस्या आउन सक्छ ।

कर्कट– श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्नाले काममा पछि परिनेछ ।

सिंह– लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ । तापनि आयस्रोत बढ्नेछन् । विभिन्न भौतिक साधन जुट्नेछन् ।

कन्या– दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । साँझतिर खर्च बढे पनि प्रयत्न गर्दा अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ ।

तुला– प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ ।

व्ृाश्चिक– दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कीर्तिमानी काम गर्ने समय छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ ।

धनु– सामाजिक दायित्व बढ्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । साँझतिर भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ ।

मकर– सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । काम देखाएर अरूको मन जित्न सकिनेछ ।

कुम्भ– मिहिनेत गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ । विगतका कमजोरीमा सुधार आउनेछ । लगनशीलताले लाभ दिलाउनेछ ।

मीन– पहिलेको सफलताले हौसला जगाउनेछ । साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने शुभचिन्तकहरूले पनि साथ दिनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here