बन्दाबन्दीमा ११९ मानव अधिकार उल्लङ्घनका घटना

३१ असार २०७७, बुधबार मा प्रकाशित

काठमाडौँ,

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बन्दाबन्दीका अवधिका तीन महिनामा एक हजार ११९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएकोे जनाएको छ । इन्सेकद्वारा बन्दाबन्दीको तीन महिनाको सोमबार सार्वजनिक गरेको आवधिक प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा २०७६ चैत ११ देखि २०७७ असार १० गतेसम्म रहेका पनि इन्सेकले जनाएको छ । यस अवधिमा राज्य पक्षबाट तीनजना महिलासहित ६४ र अन्य पक्षबाट ८४१ महिलासहित १५५ गरी एक हजार ११९ जना पीडित भएका घटना इन्सेकले जनाएको छ ।

अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएका छन् । त्यसैगरी, यो अवधिमा अमानवीय व्यवहार ११, धम्की पाँच, घाइते ११२, कुटपिट१२, अपहरण छ, गिरफ्तार ३१, हत्या ७२, प्रहरी हिरासतमा यातना दुई र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेखमा उल्लेख छ ।

बन्दाबन्दीका तीन महिनामा २५ स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र सम्वद्र्धनमा राज्यको दायित्व हुने भएपनि यस अवधिमा राज्यको संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुव्र्यवहारका घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here