म्वाई खाने प्रचलन असहज लाग्दो

0
1075

एक वर्षअघि लगभग यिनै दिनका युरोप यात्राका रमाइला सम्झनाहरु गराइदियो फेसबुकले । छोराहरूको युरोप बसाइ केही सहज भएपछि बुवाआमालाई आफू बसेको ठाउँ देखाउने उत्कट चाहनाले हामी (श्रीमान्–श्रीमती) युरोपेली देश जर्मनको ह्याम्वर्ग शहर तानिएका थियौं । लगभग अढाई महिनाको भ्रमण अवधिमा ह्याम्वर्ग शहर बाहेक जर्मनीको राजधानी बर्लिन र त्यस वरपरका छ वटा युरोपेली राष्ट्र घुम्ने अवसर जुटाए छोराहरूले । हामी जहाँ–जहाँ घुम्यौं, हे¥यौं, तत्–तत् ठाउँको फोटो र यदाकदा संक्षिप्त भिडियो समेत छायांकन गरियो । छायांकन मात्र गरिएन प्रविधिलाई उपयोग गर्दै फेसबुकमा पोष्ट्याउने काम पनि भयो । वर्ष दिनको अन्तराल पछि तिनै छायाँ छविहरू जुन मोबाइलबाट पोष्टाइएको थियो, एकेक गरेर प्रकट हुन थालेका छन् र तिनले हाम्रो यात्रालाई ताजा बनाएका छन् । त्यसकारण पनि बिर्सिन थालेका ती ठाउँहरूका बारेमा लेख्ने प्रेरणा जागेको छ ।

गत वर्षको भाद्र ४ गते राजधानी काठमाडौंबाट हाम्रो यात्रा शुरू भएको थियो, ह्याम्वर्ग शहरका लागि । नितान्त नौलो यात्रा । प्लेनमा दुई–चार पटक भद्रपुर–काठमाडौँ–भद्रपुर र एकपटक मात्रै बागडोगरा–बैंगलोर (अलिक ठूलो जहाज चढेर) यात्रा गरेबाहेक जहाजबाटै यति लामो दूरीको यात्रा पहिलो थियो हाम्रो लागि । नौलो अनुभूतिसँगै दुइटै छोरासँग भेट हुने खुशी र उत्साहले मन प्रफुल्लित थियो । राजधानी छोड्ने बित्तिकैदेखि हामीलाई भाषिक समस्याले गाँजेको थियो । तर, हामीसँगै जेठो छोराकी साथी पूजा, काठमाडौँ आएर उतै फर्कंदै थिइन् । उनको साथ र सहयोगले हामीलाई कतै असहजको अनुभूतिसम्म पनि गर्न परेन । हवाईयात्राभरी र ट्रान्जिट स्थलमा हामी केवल लगेज रूँग्ने कामका लागि मात्र उपयोगी हुन सक्यौँ । प्लेनको लामो यात्रा नगरेका हामीलाई भाषाको कठिनाइ लगायत यावत समस्या पूजाबाट समाधान भएपछि हाम्रो यात्रा यति सहज भयो कि हामीले त्यसको कल्पनासम्म गरेका थिएनौँ । काठमाडौँबाट उडेको जहाज दुबई ट्रान्जिट भएर त्यसैदिन उज्यालोमै हामी ह्याम्वर्ग झरेका थियौं । घडीको काँटामा लगभग आठ बजेको संकेत गरे पनि घाम अस्ताउन बाँकी नै थियो । प्लेनबाट उत्रिएर अराइभल भिसा एप्रुभ गरिसकेपछि मात्र साँझ परेको जस्तो देखिएको थियो । झन्डै ८ बजेतिर मात्रै त्यहा“ घाम अस्ताउ“दो रहेछ । बिजुलीका चमक–दमक हेर्दा ह्याम्वर्ग एअरपोर्ट मलाई छुट्टै ढंगले सिंगारिएको शहरको महशुस भइराखेको थियो । जर्मनीको दोस्रो ठूलो शहर ह्याम्वर्ग हाम्रो देशको हिसाबले ठूलो शहर भए पनि युरोपेली देशका अन्य शहरको तुलनामा सानो तर चिटिक्क र व्यवस्थित शहर मानिँदोरहेछ ।

युरोपेली देशहरू जर्मन बाहेक चेक गणतन्त्र, हंगेरी, फ्रान्स, इटाली र बेल्जियमका राजधानी शहरको फन्को मारेको झल्को आज पनि तरोताजा छ । यात्रा त्यसै पनि सुखद् हुन्छ नै त्यसमाथि नौलो ठाउँ, विकासको विशिष्टीकृत गतिमा चलेका देशको राजधानीहरूको घुमाइ र त्यो भन्दा पनि बढी दुईवटा छोरा दुवैजनाको साथ, त्यो भन्दा निष्फिक्री घुमाई के हुन्थ्यो होला र ? आनन्द र प्रेमपूर्वक घुमियो । युरोपका प्रायः सबै शहरका अग्ला घर उस्तै देखिने । यातायात, बिजुली, पानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत कुराको लागि चिन्ता छैन । शहरमा सीमित चिनजानका मान्छे बाहेक अरूको मतलव र वास्ता पनि नहुने । हुन त मान्छेको बढी चाप र कामको बोझले पनि होला । हाम्रै राजधानी काठमाडौंमा त वल्लो–पल्लो कोठाका मान्छे चिनजान नगर्ने परिपाटी शुरू भएको छ भने त्यो त युरोप ! पूर्वीय सभ्यताको यो संस्कृति होइन तापनि ठूला शहरमा घरहरू नजिक नजिक र मनहरू टाढा हुँदै जान थालेका छन् । एकदमै नजिकको साथी वाहेक अरूको वास्ता छैन । एउटै छतमुनि बसेको मान्छे पनि के गर्छ, कहाँ काम गर्छ अर्कोले थाहा पाउन जरुरी ठान्दैनन् । सोधखोज ग¥यो भने पाखे कहलाइन्छ रे ! यस्तो धारणा बन्न थालेको छ । व्यस्त शहरियाको कुसंस्कारले नेपाली समाजलाई पनि नराम्ररी गाँज्दै लगेको छ । अल्पमतमा परेका नेपालीहरू भने विभिन्न संघ–संगठन खोलेर एकत्रित हुने र आफ्नो पहिचान जीवित बनाउने कोशिस गरेको प्रवासका अरु देशमा जस्तै त्यहाँ पनि देख्न नपाइएको होइन ।

समुद्रले नछोए पनि एल्वो नदीलाई व्यवस्थित बनाएर जर्मनीले पानीजहाज आवागमनलाई सहज बनाएकाले जर्मनकै चर्चित बन्दरगाह हेर्न त्यहाँ पाइएको थियो भने बडेमानका बेडा (पानीजहाज)हरु हेर्दा साना पानी जहाज चढेर गरेको निःशुल्क शयर झल्झली आ“खामा नाचिरहेको छ । एल्वो नदीमै साइकलसम्म आवतजावत गराउने अन्डरग्राउण्ड पाथ वे, हवाई जहाजका पार्ट्सहरू निर्माण गर्ने ठूला–ठूला कारखानाले विकासको झलक दिएको देखिन्छ । छिन्–छिनमा चल्ने मेट्रो ट्रेन, सुलभ र सहज बस सेवा, बस र रेल चढ्नुअघि टिकेटिङको प्रावधान, खरिदारीका लागि डिपार्टमेन्ट स्टोर, खाजा नास्ताका लागि अग्रीम भुक्तानी गर्नुपर्ने र आफैंले लाइन लागेर आफूले पैसा तिरेको खानेकुरा बोकेर खाली टेबल खोज्दै बसेर खाईसकेपछि जुठो प्लेटलाई फोहोरको ¥याक (हाम्रो जुठेल्नो जस्तोे )मा पु¥याइदिनुपर्ने काम चाहिँ सारै मज्जा लागेको हो मलाई । खाएर पैसा छैन भनी अर्घेल्याईं गर्ने हामी र खाएको जुठो थाल भाँडा जहाँ खायो, त्यहीँ छोड्नेहरूलाई यस्तो संस्कारको विकास गराउन सके प्रवृŒिा परिवर्तन भएर आनीबानीमा सुधार हुन्थ्यो होला भन्ने पनि लाग्छ । युरोपेली नागरिकमा अनुशासनको पालना पनि राम्रो रहेछ । बनाइएका नियम कानूनको परिपालना प्रभावकारी देखिन्छ । कुनै न कुनै जरिवाना नतिर्ने मान्छे युरोपमा पाइँदैन रे ! जरिवाना तिर्न नपरोस् भनेर नेता गुहार्ने र मेरो मान्छे एकपटकलाई छोडीदिऔं भनेर सोर्सफोर्स लगाउने, स्वार्थको लागि जस्तो पनि घिनलाग्दो चरित्र देखाउने अनैतिक नेताको त्यहाँ गुञ्जायस हुँदो रहेनछ, तब त नेताहरू गलतलाई सही भन्ने आ“ट गर्दैनन् । हामी कहाँ पनि यस्तै नैतिकता भएका नेताहरू भइदिन्थे भने !

आखिर आफू जहाँ पुगे पनि आफ्नै चिन्ता भने जस्तो मैले पनि यस यात्रा संस्मरणमा नेपाल र नेपालीको बारेमा चिन्ता ओकल्न थालेछु । विकासका लागि शान्ति र स्थायित्व अनिवार्य छ । युरोपियनहरुको कामप्रतिको लगाव महत्वपूर्ण पाटो हो । यो ठूलो, यो सानो काम भनिँदैन रहेछ । विशेषगरी जर्मनीमा जो पनि जेसुकै काम गर्न तत्पर छ । तर, आजकल त्यहाँ पनि वाह्य हावा लाग्ने थालेको छ रे ! ह्याम्बर्गबाट युरोपका अन्य देश जाने क्रममा हामीले पहिलो देश चेक गणतन्त्रलाई रोज्यौं । यात्राको मीठो अनुभव भनेको हाम्रा लागि अरबन्ब रह्यो । होटल र लजभन्दा पनि सहज आफ्नै घर जस्तो हुने सुविधायुक्त फ्लाट कोठाहरुको उपलब्धताले यात्रालाई रोमाञ्चक बनाएको थियो । अनलाइन बुकिङ, अनलाइन पेमेन्ट र मान्छे भेट नगरी चावीको जोहो नितान्त नौलो अभ्यास गरियो–इटाली बाहेकका सबै राजधानी शहरमा । यात्राको क्रममा चेक गणतन्त्रको राजधानी ऐतिहासिक शहर प्रागको भ्रमण हाम्रा लागि निकै महत्वपूर्ण रह्यो । युरोपेली इतिहासमा प्राग शहर उन्नत र विकसित मानिन्छ । पहिला चेकोस्लाभियाको नामले चिनिने यो देश अहिले विभाजित भएर चेक गणतन्त्र र स्लोभाकिया भएर अलग–अलग दुई राज्य भएका छन् । चेक गणराज्यबाट हंगेरीतर्फ हामी बस चढ्दा स्लोभाकियाको बाटो भएर हंगेरीको राजधानी बुढापेस्ट पुगेका थियौं । सुन्दर शहर बुढापेस्टले युरोपेलीको ध्यान खिच्न थालेको छ । त्यहाँको दुनावे नदीको किनारमा रहेको संसद भवनको कलायुक्त आकर्षकशैली लोभलाग्दो छ । विश्वकै तेस्रो ठूलो, फराकिलो र साजसज्जायुक्त संसद भवन, दुनावे नदीलाई केन्द्रीत गरी बनाइएका पर्यटक लोभ्याउने पार्क, बगैंचा, पुरातात्विक महत्वका स्थलहरूको संरक्षण हेरेर भ्याइनसकेकाले बुढापेस्ट घुम्ने धित मरेको छैन ।

हंगेरीपछिको हाम्रो यात्रा इटालीको राजधानी शहर रोम केन्द्रीत बन्यो । रोमका थुप्रै एयरपोर्टमध्ये हामी उत्रिने एयरपोर्टो जीबी पेटिनमा पुग्दा अ“धेरो भइसकेको थियो । बास बस्ने होटल कसरी जाने होला भनेर हल्का आŒिाएको मनलाई युबरले सहज मात्र बनाएनन् इटाली प्रवेशको शुरुवातमै भेटिएका इटालियन नागरिक डिएगोले सुखद् र सद्भावपूर्ण व्यवहार प्रदर्शन गरेर उदाहरणीय परिचय नै प्रस्तुत गरे । युबर अनलाइन ट्याक्सी सेवा आपैmं मालिक आफैं चालक बनेर दिने सेवा अहिले युरोपमा निकै प्रचलनमा छ । त्यसरी नै अनलाइन बुक गरी मगाइएको ट्याक्सीले सहजै होटल मात्र पुर्याएन, अनलाइन विलिङको छुट रकम अनलाइन मार्फत नै तत्काल फिर्ता दिएर त्यसका सञ्चालक डिएगोले बिर्सनै नसक्ने छाप छोडे । जुन हाम्रा लागि आज पनि स्मरणीय छ । युरोपको भ्रमणमा छुटाउनै नहुने रोम शहर ऐतिहासिक र पुरातात्विक महत्वकोे केन्द्र नै रहेछ । त्यहाँको इतिहास बारेमा राम्रो जानकारी नभएकोले घुमाइ केही खल्लो महशुस भयो नै । ऐतिहासिक स्थलहरू, इतिहास बोकेका भग्नावशेषहरू, युरोपको संस्कृतिसँग जोडिएका किम्वदन्तीहरूले इटालीलाई राम्रोसँग नबुझी पुगेकोमा पछुतो भने आज पनि छँदैछ । तर, इटाली पुगेर पनि छुटाउनै नहुने भेटिकन सिटीलाई आँखाले छोड्नै मानिरहेको छैन । इसाई धर्ममा पनि क्याथोलिक धर्मका पोपको राज्यको छुट्टै संसार । स्वर्गीय आनन्दको अनुभूति हुने भेटिकन सिटी अर्थात् स्थानीयहरूको बासिलिका सान पियट्रोले हाम्रो घुमाइलाई सार्थक बनाएको महशुस भयो । इटालीभित्रकै एउटा शहरजस्तो लाग्ने भेटिकनमा धार्मिक राज्य स्थापित छ । त्यहाँ छुट्टै रूपैयाँ प्रचलनमा छ भने सुरक्षाका लागि अलग्गै सुरक्षाकर्मी परिचालन गरिएको छ । सानो तर सुन्दर सजिसजाउलाई बाहिरबाटै नियाल्ने काम भयो । अझै घुम्ने र डुल्ने प्रबल इच्छाले फ्रान्सको राजधानी पेरिसतर्फ हामीलाई डोहोर्यायोे । व्यस्त जीवन, मानिसको दौडधूप, भव्य भवन एउटै स्टेशनमा माथि यात्रु बस, अर्को तलामा मेट्रो ट्रेन र अर्को तलामा ट्रेन आफ्नै तमासले गाको आको हेर्दाहेर्दै आँखा अघाए पनि मन नअघाउने । लिफ्टबाट जुन तलामा गयो उस्तै भिडभाड, उस्तै चहलपहल । पेरिस शहरको साइल नदीमा बनेको चेन पुल र त्यही नदीमा बनेका बिभिन्न ढा“चाका दर्जनभन्दा बढी आकर्षक पुलहरू, वारिपारि जता हेरे पनि उस्तै लाग्छ– त्यहीँ बसेर रमिता हेरिरहूँ जस्तो ।

फ्रान्स घुमेपछि आइफेल (इफेल) टावर कसले छुटाउला र ? जे कल्पना गर्दै इफेल टावर पुगियो, कल्पना गरेभन्दा एकदमै फरक भव्य र आकर्षणयुक्त । आहा ! मान्छेको उपस्थिति, क्यामेरामा फोटो कैद गर्नेहरूको झुत्ती हेरेपछि फोटो नखिची मन नै मानेन् । युरोपको पनि राजधानी भनेर चिनिने देश बेल्जियमको मज्जा बेग्लै । त्यो मज्जामा केही वर्षदेखि थातथलो नै बेल्जियमको राजधानी शहर ब्रसेल्सलाई बनाएर प्रवासबाटै नेपाली साहित्यको विकासमा योगदान दिनु हुने मेरा आदरणीय मामा विमल गिरीसंगको भेटले सुनमा सुगन्ध थपेको थियो । उहाँसहित माइजू उषा र बहिनी सन्ध्याको न्यानो आतिथ्यले युरोप घुमे जस्तै लागेन । साँधेको गुन्द्रुकको अचार, मासको दाल र मोही अनि रायोको सागसँगको नेपाली खाना त्यसमा फेरि खसीको मासु । साँच्चै मेजमान खान माबल गएको झैँ लाग्यो । ब्रसेल्समा पुगेर पनि नेपाल र नेपाली साहित्यको लागि अनवरत लागीरहनु हुने उहाँसँगै ब्रसेल्सको महत्वपूर्ण अटोमियम र कार्लमाक्सले क्यापिटा लेख्न बसेको घरसम्म हेर्न भ्याएका थियौं । ब्रसेल्स युरोपियन युनियनको मुख्यालय रहेको शहर पनि हो । युरोपकै लगभग मध्य भागमा पर्ने यो शहरलाई युरोपको राजधानी भनेर पनि चिनिन्छ । विमल मामासँगको भेटले ब्रसेल्स–बेल्जियमसँगै युरोपका बारेमा केही जानकारीहरु उपलब्ध भए । खुशी लाग्यो– सानो नै सही व्यापार–व्यवसाय गरेर अनेसासको माध्यमबाट युरोपमा नेपाली साहित्य र भाषा संस्कृतिको जगेर्नाका लागि गतिविधि गरिरहनु भएको छ– ब्रसेल्समा मामाले ।

त्यसो त युरोपमा घुम्दा हामीले पनि नेपाली रेष्टुरेन्ट र होटल नै चहा¥यौं, दिउ“सोको खानाका लागि । इन्टरनेट उपयोग गरेर गुगल सर्चबाट लोकेशन ट््याकिङ गर्दा सम्बन्धित ठाउ“मा प्रविधिले नै पुर्याउने । त्यसरी नै धेरै ठाउ“मा हामीले नेपाली होटलमै खाना खायौं । तर, माबलमा खाएको जस्तो स्वाद आतिथ्य र स्वच्छता होटल रेष्टुरेन्टमा कहाँ थियो र ? दिनभरि घुमेर सा“झ कोठामा पुग्न ट्रेन, बसको सुव्यवस्थित यात्रा र युबर तथा सा“झमा अरबन्बको सुविधासम्पन्न बासको व्यवस्था आदिका लागि नयाँ प्रविधिको भरपुर उपयोग गरेको थियो छोरा मुनेशले । ब्रसेल्सको न्यानो आतिथ्य रहँदा–रहँदै पनि छोडेर हामी जर्मनीको राजधानी शहर बर्लिनको रमाइलोमा रम्न पुग्यौँ । थुप्रै ऐतिहासिक स्थलसँगै बर्लिनको पर्खाल हामीले हेर्न चाहेको स्थल मध्येको एक थियो । त्यसलाई हेर्दै केही स्नाप फोटोहरू मोवाइल–क्यामेरामा कैद गरियो । पूर्व र पश्चिम जर्मनीलाई छुट्याउने पर्खालले जर्मन इतिहास पटाक्षेप गर्छ । यद्यपि हामीलाई इतिहासभन्दा पनि युरोपको हालको विकासका झलकहरु हेरेर आनन्द उठाउनु थियो । तसर्थ, हामी सुन्दर ठाउँहरू बर्लिन गेट, पार्लियामेन्ट हाउस र पार्कहरूमै बढी रमायौँ । युरोप भ्रमणको विशेष स्मरणीय पक्ष भनेको हामी जहाँ–जहाँ पुग्यौँ त्यहाँ नेपाली भेटिए । नेपाली मात्र होइन नेपाली होटल र रेष्टुरेन्ट पनि भेटियो । कुनै एक ठाउँमा त नाम चाहिँ होटल हिमालय एण्ड रेष्टुरेन्ट तर डिस्क चाहिँ युरोपेली कै अनुभव गर्न पनि विवश नभएका भने होइनौं । लामो यात्रामा यदाकदा यस्ता घटना हुनुलाई स्वभाविक मान्दै हामीले यात्रा जारी राख्यौंं ।

जर्मन बसेर त्यसकै सेरोफेरो घुमे पनि ह्याम्वर्गमा बैनी तुलसा, ज्वाइँ उपेन्द्र तथा भाइ गायत्रीको आतिथ्य र सामीप्यले परदेशमा दिइने अपनत्व उपमेयी छ । ठूलो परिवार, आफन्त र आफ्नाको स्वागत सम्मानले स्वदेशमा त अर्थ राख्छ भने झन् परदेशीका लागि कति प्रिय हुन्छ ! हामीलाई उहाँहरूसँगको भेटघाट र जमघटले आनन्दानुभूति भयो । जमेर बस्नुभएको छ– उहाँहरू गैरआवासीय नेपालीकारुपमा त्यहाँ । विकासका दृष्टिले अग्रगामी छलाङ मारेको भए पनि एकल परिवारको जीवनोवृत्तिले उब्जाएको बृद्धबृद्धा प्रतिको दुव्र्यवहारले भने पूर्वी सभ्यताका हामीलाई दुख्दो रहेछ । छोटो बसाइमा धेरै कुरा त बुझिएन नै । तर पनि स्याहार–चाकर पाउने बेलाका बृद्ध बावु–आमामाथि परिवारबाट हुने गैरजिम्मेदार हर्कत हाम्रो सभ्यतासँग अमिल्दो भएकाले होला पटक्कै पाच्य लाग्दो रहेनछ । १८ बर्ष उमेर पुगेपछि छोराछोरीले पाउने स्वतन्त्रता र त्यसले निम्त्याउने दुष्प्रभावका विषयमा चिन्ता देखिनु अस्वभाविक होइन । चुरोट र वियरको खुलेआम प्रयोग र १८ वर्ष उमेर पुगेपछिको स्वतन्त्रताको कानूनी प्रावधानले त्यहा“को नेपाली समुदाय पिरोलिएको मैले महशुस गरेँ । त्यहा“को म्वाई खाने संस्कृति पूर्वीय सभ्यताका हामीलाई असुहाउ“दो लाग्नु स्वभाविक पनि हो । साष्टाङ्ग दण्डवत र नमस्कारभन्दा विपरीत लिङ्गीबीच हात मिलाउ“दा अनौठो मान्ने संस्कारमा हुर्केका हामीलाई अंकमाल र त्यो भन्दा पनि म्वाई खाने प्रचलन असहज लाग्दो रहेछ । संसार विचित्रको छ ।

त्यसो त युरोपका केही ठाउ“मा ढोलक र झ्याम्टा बजाउ“दै हरे राम हरे कृष्णको भजन गाउ“दै, चन्दनको टीका लगाएको गेरु वस्त्रधारी जमात शहर बजारमा घुमेको त्यह“ा पनि नभेटिएको होइन । सँगसँगै पोखरी तलाउमा पस्दा, नुहाउ“दा लगाउने विकनी पहिरन समुद्र, तलाउ, पार्क र पोखरीमा निसंकोच उपयोगमा छ । सिनेमाका दृश्यमा देखाइने त्यस्ता तस्वीरलाई छाडा भन्दै एकआपसमा मुख छोप्ने संस्कारबाट हुर्केका हामीले कतै–कतै पार्क र बगरमा सर्वाङ्ग नाङ्गो शरीर सुतेका दृश्यलाई संस्कृतिका रुपमा नस्वीकारे पनि दृश्यावलोकनको एउटा बाध्यकारी अवस्था रहेछ युरोपमा । संस्कृति भन्ने कि विकृति मान्ने ती दृश्य देखिरह“दा धार्मिक र सांस्कृतिक पराभवले नेपाली अस्तित्व माथि नै धावा बोलिरहेको बेला हाम्रो संस्कृति माथिको संक्रमणप्रति सचेत हुन पनि त्यतिकै जरुरी छ । विदेशमा पुगेको युवा पुस्ता र आप्रवासनमा रहेका नेपालीका सन्तानले सांस्कृतिक संक्रमणलाई मलजल पुर्याउने सम्भावनाबाट होशियार बन्नै पर्दछ । कोरोना महामारीले विश्व नै आक्रान्त बनेको बेला कोरोना सार्नमा सहयोगी हुने त्यस्ता संस्कार कोरोनाका लागि पनि सुपाच्य रहेन । सभ्यताका नाममा हुने त्यस्ता परम्परामा सुधार गर्न नसके पनि सचेत भए राम्रै हुने सद्भावका साथ युरोप यात्राको सरसर्ती अनुभूतिलाई विश्राम दिन चाहन्छु । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here