भाइरल, भाइरस र महामारी

0
1019

मानव जीवनमा हुने सबै घटनाहरुको कहिले पनि पूर्व अनुमान हुँदैन । सबैखालका घटनाहरु अप्रत्यासित नै हुन्छन् । केही समय अगाडि म आफैंले पनि त्यो कुराको अनुभव गरेको छु । विगत चार–पाँच वर्षदेखि मैले एउट मोबाइल सेट बोकी रहेको थिएँ । गत फागुन महिनाको दोस्रो हप्तातिर अचानक मेरो मोबाइलले काम गर्न छाड्यो । मेरो मोबाइल एक हिसाबले मेरो एउटा असल सहयोगी थियो । हरबखत मोबाइल सेट म सँगै हुन्थ्यो । कुनै नयाँ कुरा बाटोमा देख्ने बित्तिकै म त्यो दृश्यलाई आफ्नो मोबाइलमा कैद गर्थें र ग्यालरीमा राख्ने गर्थेँ ।

त्यस्तै पत्रिकाहरुका उपयुक्त लेख र विचारहरुलाई पनि मोबाइलको सहायताले सुरक्षित गर्थें । विभिन्न व्यक्तिहरुसँगको भेटघाटका मिठा क्षणहरु मोबाइलमा थिए । एक हिसाबले भन्नुपर्दा मेरो मोबाइल सेट कम्प्युटर नै थियो । अचानक मोबाइल नखुलेपछि सोचे शायद मोबाइलमा भाइरसले सताएको होला, अब मर्मत केन्द्रमा लगेर बनाउनु प¥यो भनेर नजिकै रहेको मोबाइल हस्पिटलमा गएँ । मोबाइल देखाएँ र मोबाइलको समस्या पनि बताएँ । प्राविधिक भाइले ५÷१० मिनट पर्खनुहोला भन्नुभयो । केही समयपछि मलाई जानकारी गराइयो कि मोबाइलको सिस्टम नै फर्मेट गर्नुपर्ने भएको रहेछ । सेटको मर्मत गर्न कम्तिमा एकदिन लाग्ने रहेछ । एकछिन त म अक्क न बक्क भएँ ।

पहिलो पटक अचानक मैले मोबाइल छोड्नुपर्ने भएको थियो । केही क्षणपछि मलाई प्राविधिक भाइले फेरि भने मेरो मोबाइलका डाटाहरु सबै जान्छन् । त्यसको मतलब मेरो व्यक्तिगत र व्यावसायिक जीवनका महत्वपूर्ण डाटाहरु र सामग्री जुन मोबाइलमा सेभ थिए सबै मैले गुमाउनुपर्ने थियो । म आफूलाई ती डाटा तथा अन्य अमूल्य रेकर्डहरु गुमाउनुपर्दाको क्षणलाई काबुमा राख्न सकिरहेको थिइनँ । म बिक्षिप्त भएँ । तर, के गर्ने मैले आफूलाई सम्हाल्नुप¥यो र बिस्तारै समयसँगै सम्हाले पनि ।

यस्तै फेरि अर्को अचानक अपराधी भाइरस आयो र त्यो कोभिड– १९ थियो । यो खालको भाइरस पहिले कतै थिएन न त यसको बारेमा कतै सुनिएको नै थियो । हुन त यसले मेरो डाटाहरुलाई नोक्सान गर्दैन थियो । तर, मानव सभ्यताको डाटामाथि नै चुनौति दिइरहेको थियो र आज पनि दिइरहेको छ । हाम्रो देश त के विश्वका कयौं विकसित देशहरुलाई यसको सामना गर्न हम्मे–हम्मे परेको छ । कसैमाथि पक्षपात नगरी यसले संसार हल्लाइरहेको छ । देशहरु बीचका भौगोलिक सिमानाहरुमा खडा भएका आधुनिक हतियारधारी सेना तथा अन्तर्राष्ट्रिय विमानस्थलहरुमा जडान गरिएका आधुनिक प्रविधिहरु पनि यसको बेग रोक्न निकम्मा सावित हुँदैछन् । यसको गतिको तीव्रता कहीँ पनि रोकिएको छैन । त्यसैले विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा यसले निम्ताएको विपत्तीलाई महामारीको रुपमा घोषणा गरी सकेको छ । त्यो सँगै यो महामारीसँग जोडिएर आएका नयाँ तथा अनौठा शब्दावलीहरु आज हाम्रो जीवनमा सामान्य हुँदै गएका छन् । यो माहामारीले यस्तो संकट निम्त्याएको छ कि हाम्रो बहसमा भएका वस्तु, सेवा तथा अर्थको भूमिका साँघुुरिँदै गएको भान भइरहेको छ ।

आधुनिक विज्ञान पनि आज कतै जोकर त भएको छैन भन्ने आभाष हामी सबैमा छ । हाम्रा सामाजिक, सांस्कृतिक तथा राजनीतिक समाधानहरु कमजोर हुँदै गएको र महत्वहीन हुँदै गइरहेको हामी सबैले अनुमान गर्न सक्छौं । हामी धेरैलाई लाग्न थालेको छ कि अब हामीलाई कुनै दैवीशक्तिको अनुकम्पाले मात्रै यो बिपत्तीबाट उन्मुक्ती दिन सक्ला । यो डरलाग्दो अनिष्ठ निकै लामो समयसम्म हामी माझ रहने त लगभग सुनिश्चित नै देखिन्छ । यो भाइरसले मानव सभ्यताको अस्तित्वमाथि धावा बोलिरहेको कुरा हामी सजिलै अनुमान गर्न सक्छौं । हिजो जसरी बिभिन्न कालखण्डमा मानव जातिमाथी यस्तै भाइरसहरुले (इबोला, प्लेग्, औलो आदि) युद्धको बिगुल फुकेका थिए, त्यसरी नै आज पनि यो भाइरसले युद्धको बिगुल फुकी सकेको छ ।

यो माहामारीको चपेटामा पनि केही मानवशास्त्रका विद्वानहरु तथा विश्वबिख्यात लेखकहरुले यो संकटसँग धेरै कुरा सिक्न सकिने भनेर वकालत गर्दै आइरहेका छन् । भारतीय मूलकी विश्वबिख्यात लेखक अरुनधाती रोयले उनको पछिल्लो निबन्ध ‘त्जभ एबलमझष्अ ष्क एयचतब’ि ‘यो भाइरस एउटा भाइरस मात्र होइन, यसले धेरै कुराहरुको अर्थ बोक्छ ।’ भन्ने तर्क दिएकी छिन् । उनको यो तर्कलाई मानबको बिकासक्रमको इतिहाससँग जोडेर हेर्न सकिन्छ । मानव सभ्यताको बिकास क्रमलाई हेर्ने हो भने बिभिन्न कालखण्डमा यस्ता महामारीहरुको सामना गर्दै आजको मानव सभ्यता विकसित भएको हो ।
यस्तै संकटहरुको द्वन्द्वबाट हामी मानव जातिले पुरानो तथा एकखालको जीवनशैलीबाट अर्को अर्थात् नयाँ जीवन पद्धतीको बिकास गर्ने गर्छौं । विगतमा भएका यस्तै संकट तथा असहज प्राकृतिक अवस्था साथै ती सँग जोडिएका घटना तथा परीघटनालाई देखाउँदै रोय उक्त निबन्धमा लेख्छिन्– ‘हामी मानव जातिलाई यस्तै महामारीहरुले विगतसँग अलग हुन र नयाँ संसार साथै नयाँ मानवीय सिद्धान्तहरु अपनाउन बाध्य हिजो पनि पारेको थियो, आज पनि पारिँदैछ र भोलि पनि पारिनेछ ।’ त्यसो भए यहाँ प्रश्न उठ्छ किन हामी अहिलेको अवस्था सुहाउने नयाँ जीवनशैली नअपनाउने त ? अवश्य हामीले अपनाउनु पर्छ, यो इतिहासले प्रमाणित गरेको तथ्य हो ।

आज हामी जुन अवस्थामा छांै, हिजो बिभिन्न समय र कालखण्डमा रहेका असहज चुनौतिहरुको सामना गर्दै र नयाँ जीवन पद्धतीको विकास गर्दै यहाँसम्म आइपुगेका हौं । यस्ता महामारिहरुलाई कसैले पनि भविष्यवाणी गरेर रोक्न सक्दैन । यदि सक्ने, हुन्थे भने कुनै प्रसंगमा सन् २०१५ मा विश्वकै धनी व्यक्ति बिल गेट्सले टेड टक्समा एउटा ठूलो स्वास्थ्य समस्या आउने भनेर चेतावनी दिएका थिए । हामीले रोक्नुपर्ने थियो । तर, यी र यस्ता विपत्तीहरु अचानक हुने घटनाहरु हुन् र अप्रत्यासित हुन्छन् । लेखिका रोय सोही निबन्धमा लेख्छिन्– महामारी भनेको एउटा माध्यम हो जसले पुरानो र नयाँ दुनियाँबीच प्रवेशद्वार बनाइदिन्छ ।

रोयका तर्कलाई मद्दत पुग्ने गरी र सोही तर्कसँग सहमत राख्दै याले विश्वबिद्यालयका प्रोफेसर फ्यांक स्नोडाउन उनको पुस्तक भ्उष्मझष्अक बलम क्यअष्भतथ स् ँचयm तजभ द्यबिअप म्भबतज तय तजभ एचभकभलत मा लेख्छन्– बिभिन्न रोग तथा यस्ता महामारीहरुले इतिहासको बिभिन्न कालखण्डमा राजनीति तथा क्रान्ति लगायत जातीय तथा आर्थिक विभेदहरुमा ठूलो परिवर्तन गराएको छ । साथै कला, साहित्य, विद्वानहरुको तर्क गर्ने शैली लगायत विविध मानवीय पक्षहरुमा आमूल परिवर्तन भएको छ । फ्यांक अझ यो पनि भन्छन्– कि यस्ताखालका विपत्तीहरुमा मानिस स्वयम् जिम्मेवार छ । इतिहासका तथ्यहरुलाई अध्यान गर्दा यो स्पष्ट हुन्छ कि आजसम्मका जति पनि संकटहरु छन्, त्यसका पछाडि मानवको प्रत्यक्ष÷अप्रत्यक्ष संलग्नता छ ।

हामी आफैं पनि सामान्यरुपले अनुमान गर्न सक्छौं । आज जङ्गलमा बस्ने जीव–जनावरहरु जहाँ हुनुपर्ने हो त्यहाँ छैनन् । ती वन्यजन्तुहरुलाई उनीहरुको रैथाने बासस्थानबाट जबरजस्ती खेदाइएको छ । नेपालमा मात्रै होइन पुरै विश्वमा वन फडानी तीव्र भइरहेको छ र मानिस र जनावरबीचको पवित्र प्राकृतिक सम्बन्धमाथि दरार पैदा गरिँदैछ । बिभिन्न बहानामा वन्यजन्तुलाई खोजी–खोजी मार्ने र खाने काम बढिरहेको छ । पक्कै पनि यो सबैको नतिजा हो अहिलेको महामारी । आज यो यसरी तीव्र रुपले फैलिँदैछ कि हामीसँग रहेका स्वास्थ्य संरचनाहरु लगायत वैज्ञानिक प्रविधिहरु निकम्मा हुँदै जादैछन् ।
हामीले माने या नमाने पनि यो सत्य हो– मानव अस्तित्व आज खतरामा छ र हामी भयभित बनेका छौं । व्यस्त हुने शहरका गल्लीहरु तथा गगनचुम्बी महलहरु आज एकैसाथ संसारभरी नै उजाड बनेका छन् । सबैतिर सन्नाटा छाएको छ । मानिसहरु घरभित्रै बस्नु परेको छ । घडीको काँटा जस्तो मानिसहरुको व्यस्त जीवन आज अचानक रोकिएको छ । लाग्छ कतै यो नर्क त होइन ? यो भाइरसले हाम्रो मानव जीवनलाई भत्याङभुतुङ पारेको छ । यस्तो आभाष हुँदैछ कि मृत्यु मानिस हिँड्ने बाटोहरुमा खुल्ला रुपले हिँडिरहेको छ । जतिबेला जे पनि हुन सक्ने अवस्था छ । हामीसँग त्यस्तो कुनै हतियार वा प्रविधि छैन जसले यो भाइरसलाई पराजीत गर्न सकोस् ।

यद्यपि हामीसँग एउटा विश्वास छ जसले हामीलाई आशावादी बनाउँछ र त्यो यो हो कि यसले मानव जातिलाई ठूलो क्षति पु¥याउन सक्छ । तर, मानव सभ्यतालाई सिध्याउन सक्दैन । यो इतिहासले प्रमाणित गरेको सत्य हो । जसरी हिजो यस्ता महामारीहरुले समाज, मनोविज्ञान तथा अर्थ व्यवस्थालाई परिवर्तन गरायो, त्यो गर्न सक्छ र गर्छ पनि । तर, कदापि मानव अस्तित्व समाप्त हुँदैन । यही वास्तविकतालाई बेलायतका प्रख्यात वातावरणण वैज्ञानिक जेम्स लभलक उनको पुस्तक त्जभ ख्बलष्कजष्लन ँबअभ ा न्बष्ब स् ब् ँष्लब िध्बचलष्लन मा लेख्छन्– पृथ्वी आफैंले मानव सभ्यतालाई जोगाउँछ र यो ब्रम्हाण्डको बाध्यता पनि हो किनभने मानव बिना पृथ्वीको पनि अस्तित्व सम्भव छैन । मानव जाति यो ब्रह्माण्डको अभिन्न अङ्ग हो र मानव जाति बिना यसको कुनै अर्थ हुँदैन र आफैं समाप्त पनि हुन्छ । त्यसैले स्वस्थ रहन खानपानमा ध्यान दिऊ र प्राकृतिक विधि र प्रविधिको प्रयोग गरौं । सकारात्मक सोचका साथ यो खाली समयलाई कुनै सृजनात्मक काममा उपयोग गरौं । यो भाइरल भाइरस हो यसले हाम्रो जीवनको अन्तिम गन्तब्य तय गर्दैन र गर्न पनि सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here