२०७७ कात्तिक १६ गते आइतबारको राशिफल

0
869

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

नियमित काममा जुट्दाजुट्दै पनि केही कमजोरी देखा पर्नेछन् । आलोचकहरूबाट केही सजग रहनुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

मौकामा प्रयत्न गर्दा काम बन्नेछ । सोखले खर्च बढाए पनि मालमत्ता जोड्ने समय छ । आफन्तको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

आर्थिक कारोबारतर्फ लिन मिले पनि आज बाहिरिएको धन फिर्ता आउन मुस्किल पर्नेछ । विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी बहन गर्नुपर्ने हुन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

विशेष अवसर अथवा रमाइलो परिस्थितिकाबीच पनि सानो चिन्ताले पिरोल्न सक्छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

स्वास्थ्यका लागि सजग रहनुहोला । विवादास्पद जिम्मेवारी बहन गर्नुपरे पनि कामले प्रतिष्ठा दिलाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

अध्ययनमा समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

केही खर्च लागे पनि नयाँ काममा लगानी गर्ने समय छ । मेहनतले प्रतिस्पर्धीहरू पछि पर्नेछन् । प्रयत्न गर्दा देश– विदेशको यात्रा गर्ने अवसर प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अरूको करकापमा गरिएको काम समेत लाभदायी बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्ला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

आफन्तबाट टाढिनुपर्ने परिस्थिति आउन सक्छ । सरसापटमा गएको रकमले समेत फाइदा दिनेछ । मायामा धोका हुन सक्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

पहिलेको श्रम र लगानीबाट फाइदा उठाउने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने पछिका लागि रकम सञ्चय गर्ने मौका छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

व्यापार–व्यवसाय फस्टाउने समय छ । प्रयत्न गर्दा जिन्सीलाई नगदमा रूपान्तरण गर्न सकिनेछ । सोख पूरा गर्न सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

समाजसेवा र नोकरीतर्फ गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आम्दानी बढ्नाले आवश्यकता थपिन सक्ला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here