चोरले बेरियर पनि छोडेन

0
457

logo-of-purwanchal
लक्ष्मीपुर, माघ ४ । दुर्घटना न्यूनिकरण गर्ने उद्धेश्यले पूर्व पश्चिम राजमार्गको लक्ष्मीपुर सडक खण्डमा स्थापना गरिएको बेरियर चोरी भएको छ ।
सवारी साधनको चाप बढेसंगै ट्राफिक जाम बढेर दिनहँुजसो दुर्घटना हुन थालेपछि स्थानीय युवा समुह, नागरिक समाज र ट्राफिक प्रहरीको अगुवाईका व्यवस्थापन गरिएको बेरियर साता बित्न नपाउँदै गए राति चोरी भएको हो । पुस पहिना यता चोकवजार र आसपासका क्षेत्रबाट साइकल लगायतका घरायसी सामान चोरी हुने गरेको स्थानीयले गुनासो गरेका छन् । माइमेलको समयमा राती आवत जावत गर्ने जड्याहा र बदमासले आपराधिक क्रियाकलापल गर्ने गरको अनुमान प्रहरीले गरेको छ । पछिल्लो समयमा प्रहरीले सुरक्षाको स्थितिलाई मजबुत बनाउँदै लगेको र छिटै नै चोर र बदमास पहिचान गरि समात्न प्रयास भईरहेको इलाका प्रहरी कार्यालय घैलाडुवाका प्रमुख कुलप्रसाद खत्रीले बताए । केहीदिन अघिदेखि लक्ष्मीपुरमा मापसे जाँच पनि शुरु गरिएको उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here