आर्थिक कारोबार र प्रशासन सञ्चालन कार्यविधि स्वीकृत

0
804

मकवानपुर,

वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्व. मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको छ ।

आज यहाँ बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको राजधानी हेटौँडामा स्थापना गरिएको सो प्रतिष्ठानको आर्थिक कारोबार एवम् प्रशासन सञ्चालन कार्यविधिलाई स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।

यसैगरी बैठकले प्रदेशमा स्थायी बसोबास गरेकामध्ये गम्भीर प्रकृतिको क्यान्सर रोगका बिरामीलाई थप उपचारका लागि प्रदेश सरकारका तर्फबाट रु ५० हजार अनुदान रकम उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।

उहाँका अनुसार बैठकले प्रदेशमा यातायात व्यवस्थाअन्तर्गत विद्युतीय बस सञ्चालनलगायत अन्य सवारीसाधन सञ्चालन कार्यविधि, २०७७ लाई पनि स्वीकृति प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here