गोलधापमा महायज्ञ जारी

0
449

गोलधाप,माघ १४ ।  जिल्लाको मध्य दक्षिणी गाविस गोलधापस्थित जागृति क्याम्पसको स्तरोन्नति र विस्तारका लागि आयोजना गरिएको सप्ताहव्यापी महायज्ञको दोस्रो दिन सम्ममा विभिन्न क्षेत्रका समाजसेवीहरले सहयोग गर्ने क्रम चलिरहेको छ ।
महायज्ञको पहिलो दिन शिक्षासेवी जयनारायण ढुङ्गानाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुराण लाई सहयोग गर्दै सुरुभएको सहयोग कार्यक्रममा कमला राईले १ लाख १ हजार, त्रिलोचन मैनालीले  २० हजार १, युवराज प्रसाँईले २० हजार १ सय, सिपी कडररियाले ५ हजार १ सय ५१, मानप्रसाद लिङदेनले २० हजार १,  खोदनाथ चापागाँईले ५ हजार, धु्रव शिवाकोटीले (विश्व हिन्दुमाहासंघ उपाध्यक्ष) १० हजार, चन्द् निरौलाले २० हजार १ सय ५१, ज्ञानी उप्रतीले २० हजार १ सय ५, अशोक सुब्बाले २१ हजार १ सय ५१, मनकुमारी राईले ५ हजार १ सय गोलधाप गाविसले भौतिक पूर्वधारको लागी २ लाख,  गरि जम्मा ५ लाख ५८ हजार ८ सय ७१ रुपैँया र ३५ मन धान सहयोग जुटेको थियो ।
यसै गरि दोस्रो दिन रोशिका कन्ट्रकसनका प्रोपाइटर शम्भु कार्कीले २० हजार २ सय २२, शिवाकोटि ओवरसिजका प्रवन्ध निर्देश भुपाल शिवाकोटिका पिता मेधनी शिवाकोटीले १० हजार १ सय ११, प्रसाँई बन्धु कन्ट्रकसनका कृष्ण प्रसाँईले ५ हजार ५ सय ५५, जलेश्वर निर्माण सेवाका तुलसी भट्टराईले ५ हजार ५ सय ५५, ओमनाथ ओलीले े ५ हजार ५ सय ५५, सहयोग गरेको प्रचार संयोजक शिव कट्टवाले जानकारी दिनुभयो ।
महायज्ञमा मेची–काली पदयात्री तथा अठारै पुराणका कुशल प्रवक्ता आचार्य लक्ष्मीप्रसाद खतिवडाको प्रमुख वाचन तथा सोही क्याम्पसका प्राध्यापक खगेन्द्र निरौलाले पुराणको सहवाचन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here