नुवाकोटमा नेकपा दुई गुटबीच झडप, उपप्रधानमन्त्रीको गाडी तोडफोड

0
663

काठमाडौं,

नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई समूहबीच नुवाकोटमा झडप भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री इश्वर पोखरेल र उर्जा मन्त्री टोपबहादुर रायमाझी नुवाकोट गएका छन्।

आफ्नो समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न नुवाकोट पुगेको उपप्रधानमन्त्री पोखरेलको प्रचण्ड माधव समूहका कार्यकर्ताले गाडीमा तोडफोड भएको छ।

दुई समूहबीच केही विवाद भएको भएपनि अहिले अवस्था सामान्य भइसकेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले जानकारी दिए। नेकपा प्रचण्ड माधव पक्षको कार्यकर्ताले कालो झण्डा देखाउन थालेपछि दुई समूहबीच झडप भएको हो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here