पुरानो बोर्ड संगै पुरानो सोच पनि फेरियोस

0
910

प्रदिप धमला ।

सम्मानित सर्वोच्च अदालतले गत फागुन २३ गते मुलुकको राजनैतिक इतिहासमा एउटा अविस्मरणीय फैसला सुनाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको भएको फैसला सर्वोच्चले सुनाउदै पूर्व एमाले र माओवादी केन्द्रलाई ब्युँउताईदिएको छ । अहिले नेता तथा कार्यकर्ताहरु आफुलाई मन परेको पार्टीमा जाने होडबाजी चलेको छ । पार्टीका पूर्व एमाले र माओवादी केन्द्र बीचका नेताहरु पनि आमने सामने हुन पुगेका छन् । केन्द्रदेखि स्थानिय तहसम्म पार्टी कार्यालयमा पार्टीको बोर्ड परिवर्तन गर्न थालिएको छ ।

हाल केन्द्रबाट पार्टी कार्यालयमा बोर्ड परिवर्तन गर्नु भनि निर्देशन आइसकेको छ । मुलुकका सबै पार्टी कार्यालयमा नयाँ बोर्ड त राखियो तर अब हरेक नेता तथा कार्यकर्तामा नयाँ सोच र बिचार राखियो राखिएन त्यस तर्फ समग्र नेता कार्यकताले ध्यान दिनु पर्ने भएको छ । मुलुक अब नयाँ तरिकाबाट अघि बढ्नु पर्ने खाँचो छ । जनतामा धेरै निरासा उत्पन्न भैसकेको अबस्थामा अबको पार्टीले गर्ने नेतृत्व तथा काम बाट नेपाली जनताको निरासामा परेको मन लाई अब आसाको किरणमा परिवर्तन गर्नुपर्ने छ ।

मुलुकमा धेरै राजनैतिक परिवर्तन भईसकेका छन् , राजनैतिक अस्थिरताले लामो समय मुलुक धरासाही बनाएको छ । अब उठ्नु छ , हिंड्नु छ र दौडिनु आवश्यक छ । सबै नेता तथा कार्यकताले आफुले गरेको गल्ती महसुश गरी खराब प्रवृति लाई छोडेर नयाँ शैलिबाट अघि बढ्नु पर्ने अबको प्रमुख उद्देश्य बनेको छ । जसरी हतार गरेर पाटी कार्यलयमा बोर्ड परिवर्तन गर्न थालियो त्यसरी नै हरेक नेता तथा पाटी कार्यकर्ताले पुरानो खराब सोच बिचार कार्यशैली दम्भ स्वार्थीपना छोड्नु पर्ने अपरीहार्य रहेको छ, तब मात्र यो मुलुकको उन्नति र प्रगति को ग्यारेन्टी हुन सक्छ ,अनि माात्र यो मुलुकको भाग्य र भविष्य सुध्रिन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here