
वेणुप्रसाद अधिकारी ।
नेपालको सैनिक इतिहासमा सैनिक–नागरिक सम्बन्धको विकास कहिलेबाट आरम्भ भएको हो भन्ने खासै एक्किन नभएता पनि अन्तर्राष्ट्रिय गतिविधिलाई निहाल्दा यसको इतिहास पुरानो नै देखिन्छ । नेपालको सन्दर्भमा ऐतिहासिक कालखण्डलाई केलाउँदा नागरिक– सैनिक सम्बन्ध बढाउने प्रयास नौलो होइन ्रबाइसी–चौविसी राज्यकालदेखी गोरखामा स्थापित शाह वंशीय शासनकालमा समेत जनताको सेनाको अवधारणा थियो । ्रराजदरवारहरुमा केहि काजीहरू र मुकाम–मुकाममा केहि अधिकृत बाहेक अरु सैनिकहरु घरघरबाट ‘घरलौरी’युद्धको काममा आउथे र युद्ध सकिएपछी आ–आफ्नो घर फर्कन्थे ्र यसले स्पष्ट पारेको छ कि सैनिक–नागरिक सम्बन्ध प्राचिन कालदेखि नै रहदै आएको हो्रहाल आएर पनि सैनिक–नागरिक सम्बन्धको टड्कारो आवश्यकता सबैलेमहसुस गरेका छन् ।
हरेक युद्धका मोर्चा र लोककल्याणकारी कार्यमा नागरिकले सेनालाई साथ दिएका छन् ्रत्यसैगरी सैनिकको पनि नागरिकलाई सहयोग रहदै आएको छ्रसुरक्षा र विकासको आधारभूत मूल्य र मान्यताहरु सफल नभएका राज्यहरुमा नागरिक र आफूमाथि गर्ने बैधानिक अधिकार हस्तान्तरण गर्दछ ्रसैनिक–नागरिक सम्बन्धका विषयमासैनिकद्वारा संचालन गरिएका कार्यक्रमहरु स्वास्थ्य शिविर,सरसफाई,प्राकृतिक प्रकोप र विकास निर्माण आदि कार्यमा पुर्याएको सेवा नागरिक–सैनिक सम्बन्धको अतुलनीय उदाहरण बनेको छ ्रनेपालको ऐतिहासिक कालखण्डलाई अध्ययन गर्दा सैनिक–नागरिक सम्बन्ध नङ र मासुको झैँ छ ्रयसै सन्दर्भमा यहाँ टिप्पणीकारले सैनिक–नागरिक सम्बन्धको विविध पक्षलाई केलाउदै यसको औचित्य र विकासका विषयमा तथ्य र प्रमाणका आधारमा प्रस्ट्याउने प्रयास भएको छ ।
शव्दकुन्जीः
सैनिक–नागरिक सम्बन्ध,संचार,विकास,सेनाकोव्यवसायिकता,औचित्य,सेनाको सुधार,सैनिक,नागरिक
१.परिचयः–
सैनिक–नागरिक सम्बधका विषयमा वेला–वेला वहस र चर्चा हुनथालेको छ ्रयसको मुख्य अवधारणाको सम्बन्धमा सरकार,नागरिक समाज,जनप्रतिनिधि तथा सैनिक वृतमा मात्र नभएर कतिपय वौद्धिक समुदायमा समेत द्वओविधा र अन्योल रहने गरेको छ ्र यहि अस्पष्टतालाई सामान्यीकरण गर्न हाल आएर खोजिएको छ ्र दुई पक्षविच सैनिक–नागरिक संबन्धका विषयमा नेपालमा वहस थालिएको धेरै भएको छैन ्र खासगरी माओवादी सशस्त्र द्वन्द पश्चात यस विषयमा बढी चर्चा र वहस हुन थालेको छ ्रनेपाली शव्दकोषका अनुसार सैनिक भन्नाले सेनामा भर्ना भएको व्यक्ति,पल्टनिया जवान,सिपाही,योद्धालाई जनाउदछ ्र त्यस्तै नागरिक भन्नाले कुनै देश वा राष्ट्रको विधान अनुसार सामाजिक,राजनीतिक आदि अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा रहनु पर्ने व्यक्तिलाई बुझाउदछ ्र(नागरिक जन्मशिद्ध र अंगिकृत गरि दुई प्रकारका हुन्छन)्र(नेपाली वृहत शव्दकोष )
सैनिक–नागरिक सम्बन्ध शव्दावली आयतित भएकाले हाम्रो सन्दर्भमा शाव्दिकरुपमा बुझ्न खोज्दा गलत अर्थ लाग्न सक्ने संभावना बढी रहन्छ ्र उक्त शव्दावालिमा प्रयोग भएका नागरिक शव्दको अर्थ नागरिकद्वारा चुनिएका जनप्रतिनिधी भन्न द्वोविधा हुनु पर्ने कुनै कारण छैन ्रजव सैनिक–नागरिक सम्बन्धको कुरा आउदछ तव लोकतान्त्रिक सरकार तथा जनप्रतिनिधिको नियन्त्रणमा सैनिक छ छैन भन्ने कसीबाट हेरिनु पर्दछ ्रमुख्य कुरा भनेको राज्य संचालनको लागि व्यवस्था गरिएको भनेको राजनीति शक्ति र सैनिक–नागरिक सम्बन्धको वर्णपट कहाँ नेर छ भन्ने नै हो ।
सैनिक–नागरिकको सम्बन्ध वहुआयमिक छ ्र नागरिक शव्दले समाजको विविध गैर सैनिक समूहलाई जनाउदछ ्र तात्त्विक रुपमा सैनिक–नागरिक सम्बन्ध सरकार र सैनिकविचको सम्बन्ध हो ्र सरकारमा पुग्ने जनप्रतिनिधिहरु सबै जनताद्वारा नै निर्वाचित भएर गएका हुन्छन ्र राज्य संचालनको सन्दर्भमा सैनिक–नागरिक सम्बन्धको विश्वमा धेरै चर्चा हुने र महत्वपूर्ण विषयमध्येको एक विषय पनि हो ्र यद्धपि सैनिक–नागरिक विचको सम्बन्धका विषयमा हाम्रा फरक–फरक बुझाईका कारण यो विषय गहन बन्दै आएको छ ्र विगतमा सैनिक–नागरिक सम्बन्धलाई नागरिक सर्वोच्चताका रुपमा व्यख्या गरिदै आएकोमा हाल यसलाई नागरिक नियन्त्रणका रुपमा लिने गरिएको छ ।
नागरिक अर्थात नागरिकको चाहना वा नियन्त्रणमा सैनिक रहनु पर्छ भन्ने बुझाइमा नागरिक नियन्त्रणलाई लिईनु पर्दछ ्रलोकतान्त्रिक मुलुकमा नागरिक–सैनिक नियन्त्रण भन्नाले जनप्रतिनिधिहरु तथा लोकतान्त्रिक सरकारको नियन्त्रणमा रहेको सैनिकलाई बुझाउदछ ्र सैनिक सुरक्षा नीति समग्र राष्ट्रिय सुरक्षा नीतिको महत्वपूर्ण हिस्सा भएकाले सैनिक–नागरिक सम्बन्ध राष्ट्रिय सुरक्षा नीतिसँग अन्योन्याश्रित रुपमा रहेको हुन्छ ।
कुनै पनि देशको विधान अनुसार सामाजिक, राजनीति लगायतका अधिकार पाएको र तदनुसार निश्चित कर्तव्यमा पर्ने व्यक्ति नागरिक हो ्र(पोख्रेल र अरु ,वि.सं. २०४०,पृ.७१५)्र सुरक्षा ऐन–२०६३ ले नेपालमा सबै साँस्कृति,धार्मिक तथा भौगोलिक समुदायविचमा सह–अस्तित्व,सहिष्णुता र सद्भावको सम्बर्धन र पर्बधनगर्नु सैनिकको दायित्व र कर्तव्य हो भने उल्लेख भएको छ ।
नेपालको अन्तरिम संविधान –२०६३ ले नेपाली सैनिकलाई मुलत ३ प्रकारका संस्थासंग सम्बन्धित रहनेगरी नागरिक नियन्त्रणको प्रावधान गरेको पाइन्छ ्र जस अनुसार राजाप्रति उत्तरदायी सैनिक प्रधानमन्त्री एवं मन्त्रिपरिषद तथा संसद र संसदीय समितिप्रति उत्तरदायी रहनु पर्ने अवस्थाको सिर्जना गरेको छ ्र राष्ट्रपतिलाई नेपाली सैनिकको सर्वोंच्च परमाधिपति बनाएको छ ्र (नेपालको अन्तरिम संविधान–२०६३)
नेपाली सैनिकलाई नागरिकप्रति उत्तरदायी बनाउन समयानुकुल संसोधन तथा एकीकरण गर्न वान्छनीय भएको दर्साउदै सैनिक ऐन–२०६३ जारि भएको छ ्रत्यस्तै नेपालको अन्तरिम संविधान २०६३ को धारा १४४ का प्रावधानहरु सैनिक–नागरिक सम्बन्धमा वहसको विषय बन्न पुगेको छ ्र डेढ दशक अघिदेखि मात्र यस दिशातर्फ काम भए गरेको देखिएको छ ्र यसले सैनिक–नागरिक सम्बन्धमा एक सुखद परिणाम ल्याउने आशा गरिएको छ ्र
अन्तर्राष्ट्रिय स्तरमा सैनिक–नागरिक सम्बन्धलाई प्रगाढ बनाउन विद्ध्यालय स्तरमा नै सैनिक–नागरिकका विषयमा पठन–पाठन गराउने व्यावस्था गरेको छ ्।
खासगरीभारत,अमेरिका,इजरायल,जर्मनी,पाकिस्तान,अष्ट्रेलिया,न्युजिल्याण्ड,रुस,इङल्याण्ड,चीन्,फ्रान्स,कनाडा,जापान,सिंगापुर,मलेसियाआदि राष्ट्रहरुमा सैनिक विज्ञान र युद्ध एवं सशस्त्र सम्बन्धि मनोविज्ञान एवं कार्यविधि आदिको पठन–पाठन गरिन्छ ।

ऐतिहासिक रुपमा हेर्दा नेपालमा सैनिक–नागरिक सम्बन्ध सुमधुर र उदाहरणनिय बन्दै आएको छ ्र राज्य निर्माणदेखि वर्तमान अवस्थासम्म आइपुग्दा राष्ट्रिय सुरक्षामा अहम योगदान,नेपाल र नेपालीको अस्तित्व रक्षा,सुरक्षा र पहिचाहन स्थापित गर्न खेलिएको भूमिकाले गर्दा अहिले आम नागरिकसंग नेपाली सैनिकको सम्बन्ध सदैव न्यानो र आत्मीय बन्दै आएको छ ्रत्यसैले सैनिक–नागरिक सर्वोच्चता भन्दा कहिल्यै बाहिर गएको छैन पनि ्र अतः सैनिक–नागरिक सम्बन्धको लागी यसका सांस्कृतिक,अवधारणागत तथा संरचनागत पक्षमा थप अध्ययन अनुसन्धान गरि सैनिक–नागरिक सम्बन्धलाई दिगो बनाउनु पर्ने टड्कारो आवश्यकता देखिन्छ ।
विभिन्न विद्वावानहरुले सैनिक–नागरिक सम्बन्धका बारे फरक–फरक अवधारणाहरु दिएको पाइन्छ ्र यी परिभाषाहरुको आधारमा हेर्दा सैनिक एउटा त्यस्तो संगठन हो, जुन संगठनले तुलनात्मक रुपमा अन्य संगठनको दाँजोमा भन्दा बढी व्यवसायिक हुनु पर्ने,सजिलै परिवर्तित हुन् नसक्ने,आदेशको शृंखलाअनुसार कार्य सम्पादन गर्ने, नेतृत्वको अगाध विश्वास गर्ने र तोकिएको कार्य जुनसुकै अवस्थामा फत्ते गर्ने संगठनको रुपमा खडा भएको संगठन हो,सैनिक संगठन ्र सैनिक–नागरिक सम्बन्धको परम्परागत धारणाले माथि उल्लेख गरिएका परिभाषालाई अङ्गीकार गरेको पाइन्छ ्र यसको मुख्य कारण के हो भने त्यस बखत सैनिक संगठन खडा गर्नुको मुख्य उदेश्य राज्यलाई वाह्य मुलुकको आक्रमणबाट जोगाउनु रहेको थियो ्र राज्यको सम्पन्न स्रोत साधनमध्ये अधिकांश स्रोत साधन सैनिक संगठनमा खनाइनु र यस संगठनमा आवद्ध व्यक्ति पनि आफूलाई राज्यले अग्रपंतिमा राखेकोमा आत्मरतिमा रमाएर नागरिकलाई हेयको दृष्टिकोणले हेरिने गरेको पाइन्थ्यो ।
सैनिक–नागरिक सम्बन्धलाई उजागर गर्दै नागरिकका हक र अधिकार दिलाउने उदेश्यले राजनीतिक नेतृत्व लिएका महामानव विसेश्वरप्रसाद कोइरालाले सैनिक नागरिक मैत्री बनाउनु पर्छ भन्दै दिएको अभिव्यक्तिले सैनिक–नागरिकको सम्बन्ध कस्तो हुनु पर्दछ भन्ने प्रष्ट पारेको छ ्रउनका अनुसार–यो शाही हैन राष्ट्रिय सैनिक हुनु पर्दछ ्र दरवारको पल्टन खारेज हुनु पर्दछ ्र सैनिक वफादारी व्यक्तिप्रति नभई राष्ट्रप्रति हुनु पर्दछ ्र उसले के भुझ्नु पर्दछ भने उसले खाएको नुन राजाको होइन नागरिकको हो ्र सैनिकले ऐन,कानुन र न्याय भन्दा वाहिरको हुकुम पालना गर्नु हुदैन ्र(वि.पी. कोइराला )
समाजशास्त्री मोरिस जेनोविज का अनुसार मनोवृति र मूल्यमान्यताका आधारमा नागरिक नेतृत्व र सैनिकलाई दुइ भिन्न समाजमा बाँड्न खोज्नु वस्तुपरक र यथार्थवादी होइन भन्ने तर्क पेस गरेका छन् ्र सैनिक भनेको पनि समाजको नै हिस्सा हो र यसले समग्र समाजकै प्रतिनिधित्व गर्छ भन्ने मत मोरिसको रहेको छ ्र(जोनोविज ,१९६०)
२.नागरिक समाज ः–
नागरिक समाज भन्नाले एकातिर राज्यसंस्था र अर्कोतिर व्यक्तिको निजी जीवन र समुदायविचका स्वायत संगठनलाई बुझाउदछ ्रनागरिक समाजभित्र वृहत तथा विविध किसिमका स्वेच्छिक संगठन र सामाजिक अभियानका आन्दोलनहरु पर्दछन ्र नागरिक समाज लोकतन्त्रको आधारभूत आवश्यकता हो ्रकुनै पनि देशको विधान अनुसार सामाजिक,राजनीति लगायतका अधिकार पाएको र तदानुसार निश्चित कर्तव्यमा रहनु पर्ने व्यक्ति नागरिक हो ्र (पोखरेल र अरु वि.सं. २०४०,पृ.७१५ )यो अवधारणा नेपाली प्राज्ञिक र गैर प्राज्ञिक प्रयोगमा छिरेको खासै लामो समय नभए पनि अहिले अध्येतादेखी पत्रकार,सामाजिक अभियन्ता र सामान्य जनसम्मले सहजतासँग यो शव्दावलीको उच्चारण गरेको पाइन्छ ्र सामान्यतया गैर सरकारी संस्थाको पर्यायवाचीको रुपमा नागरिक समाजलाई प्रयोग गरेको देखिन्छ ्रजुन सहि थिएन र होइन पनि ्रनागरिक समाजको परिभाषा र यसका चौघेराबारे प्राज्ञिक माझ पनि मत मतान्तर देखिन्छन् ्रलोकतन्त्रमा नागरिक समाजको २५ वर्षको समीक्षाले नागरिक समाजको अवधारणा,यसको अभ्युदय र २०४६ सालपछि नेपालमा नागरिक समाजले खेलेको भूमिकालाई अभिलेखीकरण गरेको छ ्र यसले नागरिक समाजको संगठनको सकारात्मक योगदानलाई अघि सारेर सफलताका साथ पस्कदैन ,वरु तिनले गरेका कामको समालोचना गर्दछ ।
३.सैनिक–नागरिक सम्बधको अन्तर्राष्ट्रिय अवधारणा ः–
सैनिक–नागरिक सम्बन्धका बारेमा अन्तराष्ट्रिय स्तरमा केहि फरक सैद्धान्तिक परिभाषा गरेको पाइन्छ ्रयहाँ केहि देशहरुको नमुनाहरु प्रस्तुत गरिएको छ ।
अमेरिकी राष्ट्रपति वाराक ओवामाको भनाइ अनुसार–‘न त म सैनिकसंग डराउछु,न त मलाई लाग्छ सैनिकले मेरो प्रमुख कमाण्डरको भूमिकालाई नै कमजोर बनाईरहेको छ ्र मलाई विश्वास के छ भने नीति–नियम बनाउने काम नागरिक नेतृत्वकोहो र सैनिकले यिनै नीति–नियमको कार्यन्वयन गर्ने हो ्र’(ध्ययमधबचम,२०१०,पृष्ट.३७७)
सैनिक–नागरिक सम्बन्धलाई सरकारमा रहेको नागरिक नेतृत्व र सैनिक पदाधिकारीविचको सम्बन्ध हो भन्ने बुझाउदछ ्रप्रमाणिक धारणा अनुसार परिभाषित गर्दा सैनिक–नागरिक सम्बन्धलाई सैनिकमाथिको नागरिक नेतृत्वको नियन्त्रण भनेर बुझिन्छ ्र(द्यचगलभष्बलबलमऋचष्कतष्बलब,२०१३,उ.१७)
सैनिक–नागरिक सम्बन्धबारे प्रतिपादित सिद्धान्तलाई केलाउँदा चर्चित राजनीति शास्त्री स्यामुयल इन्टिङटनको सन् १९५७ मा लेखिएको ‘तजभकयमिष्भचबलमतजभकतबतभ’ भन्ने पुस्तक चर्चामा छ ्र(ज्गलतष्लनतयल,१९५७)
यसमा उनले सैनिक पुरातनवादी र नागरिक नेतृत्व उदारवादी हुन्छ मात्र भनेनन् विश्व युद्धको अनुभव संहालेर आएको सैनिकमाथि नागरिक नेतृत्वले धेरै नियन्त्रण गरे युद्धमा सैनिक कमजोर हुने र ‘कु’ गर्न सक्छ भन्ने धारणा पनि राखेका थिए ्र अतः सैनिकमाथि नागरिक नेतृत्वले आत्मपरक नियन्त्रण हैन वस्तुपरक नियन्त्रण हुनु पर्दछ भन्ने अवधारणालाईउनले अघि सारेको पाइन्छ ।
सहकार्यका हिसावले अमिरिकामा सैनिक नेतृत्व र नागरिक नेतृत्वविचको सम्बन्धलाई हेर्दा एकार्कासंग घाटि जोडिएको जस्तो देखिन्छ् ्र सैनिक र सुरक्षा सम्बन्धि पत्रकार सम्मेलन गर्दा रक्षामन्त्री र सैनिक नेतृत्व प्रायः सगै उभिएर जवाफ दिने गरेका हुन्छन ्रनीति र समग्र मामिलामा मन्त्रीले जवाफ दिने र प्राविधिक एवं संगठन सम्बन्धिको कुरामा सैनिकको नेतृत्वले जवाफ दिने प्रचलन छ ्र समग्रमा नागरिकमा सैनिकप्रति ठूलो आदर र सम्मान छ ्र(ग्यालोप सर्वेक्षण ,सं. २०१८)
अमेरिका,वेलायत लगायतका अन्य विकसित देशहरुमा सुरक्षाका मामिलामा सैनिकले आफ्नो अनुभव र सुझबुझकाआधारमा सल्लाह र सुझाव दिने प्रचलन रही आएको छ ्र कुन नीतिगत निर्णय गर्ने भन्ने कुरा नागरिक नेतृत्वको विवेकमा भर परेको हुन्छ ।
४.सैनिक–नागरिक सम्बन्ध विस्तारको प्रयासः–
नेपालको संविधान –२०७२ को धारा २६७ को उपधारा ४ मा नेपाली सैनिकलाई विकास निर्माण र पिपद व्यवस्थापनमा पनि लगाउन सक्ने भन्ने उल्लेख भएको छ्र(नेपालको संविधान–२०७२)यसै मान्यताको आधारमा सैनिक–नागरिक सम्बधलाई सुमधुर बनाउन नेपाली सैनिकलाई विकास निर्माणमा लगाइएको हो ्र नेपाली सैनिकले पछिल्ला दिनहरुमा आएर सैनिक–नागरिक सम्बन्धलाई जति सक्दो न्यानो र लोकप्रिय बनाउदै लैजाने उदेश्यले कम खर्चमा बाक्लै विकास निर्माणका कार्यहरु संचालन गर्दै आएको छ ्र सैनिक–नागरिक सम्बन्धलाई टिप्पणीकारले केहि उदाहरणद्वारा यहाँ प्रस्ट्याउने प्रयास गरेको छ ्र सैनिक–नागरिक सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले गरिएका यी कार्यले सैनिक–नागरिक सम्बन्धलाई न्यानो र प्रशंसिय बनाएको छ ्र उदाहरणार्थ–मोरङ जिल्लाको धनापालथान गाउँ पालिकाको दानावती चोकमा ट्रस घर सहितको हाँटबजार निर्माण गरि स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ ्रयसैगरी रसुवामा तैनाथ कालीजंग गणले गोसाइकुण्ड गाउँ पालिकाको २७ दसमलव ५८ किलोमिटर रेलिङ सहितको पद मार्ग निर्माण गरेको छ ्रत्यस्तै जुम्लामा तैनाथ नन्दावस बक्स गणले चंदननाथ नगर पालिकाको बहिरा मा.वि. भवन,वास्केट वल कोर्ट तथा शौचालय निर्माणको काम सम्पन्न गरेको छ ्रयसरि नै गोरखामा तैनाथ रणसिंह दलले नेपाल राष्ट्रिय भूतपूर्वक सैनिक आवाशीय विद्धालयको ४ कोठे भवन र पर्खाल निर्माणको काम सम्पन्न गरेको छ ्र
नेपाली सैनिकले पछिल्लो समयमा आएर सैनिक–नागरिक सम्बन्ध विकास गर्ने उदेश्यले जनहितमा जारि कार्यक्रमहरु जस्तै औषधि वितरण,सडक निर्माण तथा मर्मत,स्कूल बनाउने कार्यहरु गर्दै आएको छ ्र यी काम गरेको देख्दा सैनिकको मूल्य र मान्यताहरुको महत्व नागरिकले बुझ्न थालेकाछन ्र सैनिक–नागरिक सम्बन्धको विकासका लागि सर्वप्रथम त सैनिकले वालवालिका,युवा तथा प्रौढको मष्तिस्कमा सैनिकको देशप्रतिको महत्व,सुरक्षाको देशलाई खाँचो र देशको राष्ट्रिय सैनिकको इतिहासको महत्वलाई भर्ने र बुझाउने काम गर्नु पर्दछ ्रततः पश्चात मात्र नागरिकले सैनिकको मूल्य र मान्यता बुझ्ने छन् ।
यसैविच सैनिक–नागरिक सम्बन्धलाई दिगो स्थायी र भरपर्दो बनाउन नेपाली सैनिकले विकास निर्माणका कार्यहरुमा अग्रसरता देखाएको छ ्रजसको परिणाम स्वरूप कर्णाली कोरिडोर ७६.२किलो मीटर, हुम्ला–सिमिकोट सडकखण्डको १९६ किलो मीटर,जाजरकोट–डोल्पा–दुनै ११८ किलो मीटर र विनिघाट आरुघाट–लार्के भन्झ्यांग ११८ किलो मीटर, सडक निर्माणको काम सम्पन्न गरेको छ ्ररास्ट्रीय गौरवका आयोजनाको काम पनि सम्पन्न गरेको छ ्र काठमाण्डौ–तराइ निजगढ़ द्रुत मार्ग ७६.२ किलो मीटर सडक निर्माणको काम सम्पन्न गरेको छ ्र मुलुकका २८ वटा सडक निर्माणको काम पूरा गरि सरकारलाई हस्तान्तरण गरि सकेको छ ्र जसको कुल लम्वाई १ हजार १ सय किलो मीटर छ ्र यसैगरी २८ वटा बेली व्रिजको काम पनि सम्पन्न गरेको छ ्रनेपाल सरकारले संविधान अनुसार कानुन निर्माण गरि पेसागत दक्षतामा कुनै असर नपर्ने गरि सैनिकलाई विकास निर्माणको काममा लगाइएको हो ्रसेनाको भूमिकालाई वहुआयमिक कोणबाट हेर्ने गरिएको छ्रनेपाली सैनिकले राष्ट्रिय निकुन्ज बन्यजन्तु आरक्षण क्षेत्रको संरक्षण तथा व्यवस्थापन,राष्ट्र संघिय शान्ति स्थापना,प्राकृतिक स्रोतको संरक्षण,भौतिक पूर्वाधार विकास अन्तर्गत राजमार्ग तथा सडक निर्माणको कार्य,प्राकृतिक प्रकोप व्यवस्थापन,प्रकोपको समयमा तत्काल उद्धार तथा राहत वितरण कार्य र विभिन्न मानवीय तथा सामाजिक कार्यहरु गर्दै आएको छ ्र यी सबै कार्यहरुले सैनिक–नागरिक सम्बन्धको विकास र विस्तार गर्न सैनिकलाई सहज हुनुका साथै दुई पक्षविच न्यानो सम्बन्ध कायम गर्न सजिलो भएको छ ्रयी कार्यहरुले सैनिक–नागरिक सम्बन्ध विकास र सुधार गर्न कोशे ढुंगा सावित भएको छ ।
५.सैनिक–नागरिक सम्बन्धको आयामः–
सैनिक,आम नागरिक र सरकारविचको आत्मियता नै सैनिक–नागरिकविचको सम्बन्ध हो ्र अर्को शव्दमा भन्नु पर्दा सैन्य सत्ता र नागरिक सत्ता माझको सम्बन्ध नै सैनिक–नागरिकविचको सम्बन्ध हो ्र नेपालको ऐतिहासिक कालखण्डमा सैनिक–नागरिक सम्बन्धको विकास गराउन भए गरेका प्रयासहरु नौला भने होइनन ्र वाइसि–चौविसी राज्य कालदेखी गोरखामा स्थापित शाह वंशीय शासन कालमा समेत सैनिक–नागरिकको उचित अवधारणा रहेको पाइन्छ ्र राजदरवारमा केहि काजि,मुकाम–मुकाममा अधिकृत वाहेक अन्य सैनिक घर–घरबाट ‘घरलौरी’ रुपमा युद्ध कार्यमा आउने र युद्ध समाप्त भए पश्चात आ–आफ्ना घर फर्कने गर्दथ्ये ्रयुद्धमा आएकालाई युद्ध कला सिकाइन्थ्यो ्र यसरि विकसित हुदै आएको सैनिक संरचना पछी आएर सैनिकलाई तलव बापत जग्गा र सो भन्दा पछी आएर रुपैया पैसा दिने प्रावधान सुरु भए पश्चात सैनिक–नागरिकविच सैनिक र गैर सैनिकको रुपमा भिन्नता देखा पर्न थालेको हो ्र यसले केहि हदसम्म सैनिक–नागरिक सम्बन्धमा दरार पैदा गरेको थियो ्रतथापि इतिहास कालदेखि हालसम्म आइपुग्दा पनि नेपालमा नागरिकको सैनिकप्रति आस्था,सदभाव,आत्मियता र विश्वास उच्चकोटिको रहेको पाइन्छ ्र राजनीति कारणले कहिँ कतै क्षणिक कालका लागि अपवादका रुपमा शंका,उपशंकास्पद धारणा रहेता पनि त्यसमा शंका निवारण भई अनन्त कालसम्म नेपाली सैनिकले उसको निष्ठामा कुनै आंच आउँन दिएको छैन ्र यसको मुख्य कारण भनेको नेपाली सैनिकले संबैधानिक आदेश,सैनिक ऐन–२०६३ को परिधिलाई नाग्न दिएको छैन ्र सैनिक–नागरिक सम्बन्ध स्थापित रहिरहन यो पक्ष सवल बनि चट्टान झैँ खडा भएको छ ।
वास्तवमै प्रजातन्त्र र सैनिक अनि सैनिक र नागरिकविचको कस्तो भूमिका हुनु पदर्छ र हालविद्ध्यमान पनि छदै छ भन्ने कुरा सबैमा सर्वविधित नै छ ्रयो सम्बन्ध महाशक्तिशाली राष्ट्रहरुदेखी लिएर गरिव राष्ट्रहरुमा पनि एउटेसिद्धान्त र मर्यादामा रहेको पाइन्छ ्र यसैलाई सैनिक–नागरिक सम्बन्धले चिनिन्छ ्रनागरिकले नेपाली सैनिकलाई देश बचाउने अन्तिम शस्त्रका रुपमा बुझेका छन् ्र अतःसैनिक–नागरिकको सम्बन्ध भनेकै माछा र पानीको जस्तो छ ्र वारफेयरको थप महत्वपूर्ण आयामको रुपमा विकसित साइवर तथा सूचना प्रविधि क्षेत्रमा विद्ध्यमान तथा आइपर्न सक्ने सूरक्षा चुनौतीलाई मध्य नजर राख्दै थप क्षमता विकास गर्नु आजको टड्कारो आवश्यकता भएको प्रष्ट पारेका छन् ।
सुचना प्रविधिको क्षेत्रमा भएको विकास र आविष्कारको कारण उत्पन्न विविध आक्रमणलाई निस्तेज पार्न सैनिक संगठनबाट मात्र गैर परम्परागत चुनौतीहरुको समाधान हुन नसक्ने भएकाले आजका दिनमा नागरिकको साथ सहयोग नलिइ राज्यको सैनिक शक्ति बलियो बन्न नसक्ने अवस्था छ ्र नागरिकसंग हातेमालो नगरी अव कुनै पनि सैनिक संगठन अस्तित्वमा रहन सक्ने अवस्था छैन ्र शासन व्यवस्था परिवर्तन भएकाले सैनिक संगठन नागरिक शासन अन्तर्गत रहनु पर्ने भएको छ ्रसूचनाको हक सम्बन्धि ऐन,२०६४ को दफा ५(३)र नियमावलीको नियम ३ वमोजिम सार्वजनिक गरिएको विवरणमा २ ख को वुँदा नं. ७ मा नागरिक,सरकार र सैनिकविचको सम्बन्धलाई सुमधुर तथा सुदृढ बनाउने र सुरक्षा चेतना अभिवृद्धीमा योगदान गर्ने कुरा उल्लेख गरिएको छ ।
६.सैनिक–नागरिक सम्बन्धको चुनौतीः–
सैनिक– नागरिक सम्बन्ध बिस्तार र विकास गर्न केहि व्यावधान र चुनौतीहरु देखा पर्ने गरेका छन् ्रयी चुनौती र व्यवधानका कारण सैनिक–नागरिक सम्बन्ध दिनानुदिन कमजोर बन्ने गरेको छ ्र यी पक्षमा सुधारको खाचो छ ्रयी व्यावधन र चुनौतीहरुलाई समयमा नै सोच विचार गरि समाधान खोजिनु पर्छ्र अतः संक्षेपमा यिनै चुनौती र व्यवधानलाई तल प्रस्ट्याने प्रयास गरिएको छ ।
ड्ड राष्ट्रिय सुरक्षाका हिसावले नेपाल अहिले अवसर र चुनौती सहित ज्यादै गम्भीर मोडमा छ ्रएकातर्फ अन्तर्राष्ट्रिय रुपमै बढेको विश्व व्यापिकरणको लहर र यसले पार्ने प्रभाव,सूचना र प्रविधिमा आएको तिब्र विकास,अन्तरार्ष्टिट्रय खुल्ला बजारले सिर्जना गरेको बजार प्रतिश्पर्धा,वाताबरणीय चुनौतिहरु,उर्जा र उपभोग्य बस्तुको मूल्यमा आएको वृद्धि तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनमा समेत देखिन थालेको परिवर्तनका संकेत आदि कारणले नेपालमाथि थप दवाव थपिरहेको छ भने अर्को तर्फ संविधान निर्माणसंगै स्थिरता नभईसकेको अवस्थामा थप चुनौतिहरु सिर्जना भईरहेको देखिन्छ ्रस्थिरताको कारण सैनिक–नागरिक सम्बन्ध विकास र विस्तार गर्न चुनौतीपूर्ण हुने छ ।
ड्ड ऐतिहासिक कालखण्डमा नेपाली सैनिकले गरेका राम्रा तथा उल्लेखनीय कार्यहरुको जसले मात्र कुनै पनि संगठन वा संस्था अनन्त कालसम्म स्थापित भई रहन सक्तैन ्र समय वलवान र परिवर्तित हुने हुँदा चुनौती र आवश्यकताहरु पनि त्यतिकै थपिदै जान्छन ्र अतः वदलिदो सुरक्षा वातावरणमा नेपालको महत्वपूर्ण राष्ट्रिय हितहरुको संरक्षण.संवर्द्धन र प्रवर्द्धन गर्न नेपाली सैनिकको भूमिका भविष्यमा गएर आम नेपाली नागरिकले गर्व गर्न सक्ने पक्ष र आधार बन्न नसक्नु सैनिकको लागि चुनौतीपूर्ण हुने छ ।
ड्ड सैनिकले विद्यमानपरिस्थितिमा चुनौतिपूर्ण अस्थिर वातावरणमा राष्ट्रका अन्य संयन्त्रको सहकार्यमा स्थिरता राख्ने प्रयासमा आफूलाई अव्वल दर्जाको साबित गर्दै नागरिकसंग हातेमालो गर्न एक चुनौतिपूर्ण कार्य हुने छ ्र
ड्ड राष्ट्रिय सैनिकका रुपमा नेपाली सैनिकको ऐतिहासिक तथा संवैधानिक भूमिका र जिम्मेवारी स्पष्ट नै छन् ्र यसको अतिरिक्त आम नेपाली नागरिकको चाहना,सदभाव,र अपेक्षालाई नेपाली सैनिक सदैव अडिक रही रहन महत्वपूर्ण आधारहरु हुन् ्रराज्यका आवश्यकता र चुनौतिहरु बहुआयामिक र जटिल छन् ्र यस स्थितिमा नेपाली सैनिकले आफ्नो क्षमताको निरन्तर रुपमा आवधिक विकास र आफू सहभागी हुने काम कारवाहीमा देखिने प्रभावकारिता नै सैनिकको कार्य र भूमिका मूल्यांकन गर्ने एक कसी भएकाले यसलाई अक्ष्क्षुण जोगाई राख्नु र नागरिक मैत्री बन्नलाई एक चुनौती थपभएर जाने छ ।
ड्ड नेपाली सैनिकको रुपान्तरण र आधुनिकरणका लागी वर्तमान चुनौतिपूर्ण स्थितिको मुख्य नजर राख्दै नेपाली सैनिकको विद्ध्यमानशत्तिको आधार ‘हाम्रो अमूल्य मानव स्रोत’ सैनिकको विकासमा केन्द्रित हुन् जरुरि छ ्र मानव स्रोतको छनौट,भरपर्दो तालिम,उचित शिक्षा,आधारभूत सैनिक संस्कार र आचरण,उचित वातावरण,प्रभावकारी नेतृत्व,आवश्यक खरखजना तथा सामाग्रीको उपलव्धता सहितको मानव स्रोत र सिपको उचित उपयोगद्वारानिर्दिष्ट लक्ष्यहरु हासिल गर्न सैनिक–नागरिक सम्बन्धको अहम भूमिका रहन्छ ्र यसको परिपूर्ति र कार्यन्वयन गर्न चुनौतिपूर्ण हुन जान्छ ।
ड्ड सैनिक इतिहास केवल सैनिक व्यारेकभित्र मात्र पढाउने र नगन्य रुपमा छापिएका इतिहासका पुस्तकहरु पनि व्यारेकभित्र नै सिमित गर्ने हो भने समयको माग अनुसार पूर्ति नगरी नागरिकका हात–हातमा पुगी अध्ययन गर्न नपाउदा सैनिक–नागरिक सम्बन्धलाई प्रगाढ बनाउन सकिरहेको छैन ्र यसलाई वाह्य रुपमा नल्याउदा सैनिक–नागरिक सम्बन्धमा दरार बन्न पुगेको छ ्र यो पनि सैनिक–नागरिक सम्बन्धमा देखिएको चुनौती हो ्र
ड्ड हरेक नागरिकले आफ्नो देशको सैनिक,धार्मिक,सामाजिक इतिहास बुझे मात्र सैनिक– नागरिकको विश्वास बढ्ने छ ्र यो नहुनु पनि सैनिक–नागरिक सम्बन्धविचको चुनौती सम्झनु पर्दछ ।
ड्ड नेपालमा पछिल्लो समयमा आएर राष्ट्रिय स्वार्थ भन्दा जातीय र क्षेत्रीय स्वार्थलाई प्रदान मान्ने प्रवृतिले नेपालको भौगोलिक अखण्डता,सामाजिक सद्भाव र सहिष्णुता तथा रास्ट्रीय एकतामा आंच पुर्याई अतिवादी तथा अवान्छ्निक तत्वहरुले परिस्थितिको नाजायज फाइदा लिन सक्ने तर्फ रचेत रहनु पर्ने अवस्था आएको छ ्रयी विषयमा आंच आउने त होइन भन्ने आशंका आम देशभक्त नागरिकले व्यक्त गर्नुलाई गम्भीरसंग लिनु पर्दछ ।
सैनिक–नागरिक सम्बन्धको विस्तार र विकासलाई र सैनिकले गरेका राम्रा कामहरु संचार माध्यममा प्रसारण सामाग्री न्यून हुँदा नागरिकले सैनिकलाई पढ्ने अवसर कम मिलेको छ ्र सैनिक गतिविधिका सूचनाहरु वाह्य रुपमा ल्याउन कठिनाइ हुनु सैनिक–नागरिक संबन्धको एक चुनौती सम्झनु पर्दछ ।
७.सैनिक– नागरिक सम्बन्धको औचित्य –
सैनिक–नागरिकविचको सम्बन्ध भनेको नङ र मासुको सम्बन्ध छ ्र नारि र पुरुष गैर नागरिक भएता पनि युद्ध र देशभक्तिका क्षेत्रमा राष्ट्र रक्षाका निम्ति बलिबेदीमा चढेका छन् ्रसैनिक–नागरिक सम्बन्धका विषयमा देखा परेका समस्या र तिनका समाधानको पक्षमा सोच,विचार र मनन गरि आम नागरिकको हितका पक्षमा काम गर्नु सैनिक–नागरिक संबन्धको औचित्य हो ्रप्रधान सेनापतिको कमाण्डमा निर्देशन– २०७२ को वुँदा ६ मा उल्लेख गरिएको पक्षमा संवेदनशील बनि विषेश ध्यान दिएमा सैनिक–नागरिक सम्बन्धको औचित्यलाई पुष्ट्याई गर्न सहयोग पुग्दछ ।
नागरिक सर्वोच्चतालाई सम्मान गर्दै राष्ट्रिय लक्षहरु हासिल गर्न दिगो सैनिक–नागरिक सम्बन्ध विकासमा जोड दिन आवश्यक छ ्र आजको बदलिदो परिवेशमा सैनिक अपरेसन गर्ने वातावरण,कार्य संचालन गर्ने क्षेत्र स्वभावले विभिन्न संघ संस्था तथा निकायहरुसंगको समन्वय,साझा लक्ष्य प्राप्तिका लागि एकता र सहकार्यमा कार्य गर्ने प्रवृतिको हुन्छ ्र तसर्थ हरेक तह तप्काका कमाण्डरहरुले सैनिक अपरेसन संचालन गर्दा अप्रेसन संचालन गर्ने वातावरणलाई राम्रोसंग मूल्यांकन गरि सोहि अनुसार नागरिकसंग समन्वय,सन्तुलन र सहकार्यमा अगाडी बढ्न आवश्यक छ ्र यसका साथै संगठनका हरेक तहमा सांगठानिक वातावरण स्वास्थ्य र सुहाउदो बनाउन हरेक कमाण्डरले विशेष ध्यान दिन जरुरि छ ्रयसले अनुशासन साथै सकल दर्जा तथा परिवारका आश्रित सदस्यहरुको कल्याण तथा भलाइमा समेत ध्यान केन्द्रित गर्दछ ्र (प्रधान सेनापतिको कमाण्डमा निर्देशन–२०७२)
यी माथि उल्लेखित निर्देशनले सैनिक–नागरिक संबन्धको औचित्य बारे पुष्टि गरिदिएको छ ्रवास्तवमै सैनिक–नागरिक सम्बन्धमा सैनिक–नागरिकविच तालमेल र अन्योन्याश्रित सम्बन्ध हुन् जरुरि छ ्रजसले गर्दा सैनिक–नागरिक संबन्धलाई झनै प्रगाढ बनाउदै लैजान सक्ने अवसरको खोजि गर्दै जान सहज हुन्छ ्रसैनिक–नागरिकविच सदियौदेखि रहदै आएको सम्बन्धलाई अवका दिनमा पनि स्थायित्व दिदै पछिसम्म कायम राख्न सबै भन्दा बढी चुनौतीपूर्ण छ ्र अतः यहि औचित्यमा रहेर सैनिक–नागरिक सम्बन्धमा विकास र विस्तार हुन् अति आवश्यक देखिन्छ ्र यसको लागि भावी कार्य योजनाको खाका निर्माण गरि कार्यन्वयन पक्षमा ध्यान दिन जरुरी छ ।
८.सैनिक–नागरिक सम्बन्धको विकास –
नेपालको ऐतिहासिक कालखण्डलाई मध्ये नजर गर्दै जादा यस अघि पनि यस विषयमा सोच तथा विचार भने नगरिएको हैन ्रतर शासन सत्तामा पुग्नेहरुले आफ्नो स्वार्थका लागि सैनिकको प्रयोग गरिनु र सैनिकले पनि सत्ताको लागि काम गरे स्तर वृद्धि र पदोन्नतीको प्रलोभनमा पर्दा सैनिक–नागरिक सम्बन्धको विकास क्रम केहि हदसम्म पछी पर्न गएको आभाष हुन्छ ्रतर पछिल्ला दिनहरुमा आईपुग्दा सैनिक–नागरिक सम्बन्धको महत्व र भूमिका दिनानु दिन बढ्दै गएको छ ्रसम्वृद्धिको पूर्वसर्त विकास र विकासको आधार सुरक्षा हो ्र सुरक्षा र विकास एकअर्काको अन्तर निर्भरताले मात्र राष्ट्रिय लक्ष प्राप्त गर्न सकिन्छ ्र विकासमा सुरक्षा संयन्त्र अपेक्षाकृत व्यवस्थापन,नेतृत्व व्यवस्थापन अगुवाइमा गरिने कार्य विकास हो ्र सुरक्षा र विकासका आधारभूत मान्यताहरु सफल भएको राज्यमा नागरिक र आफूमाथि शासन गर्ने वैधानिक अधिकार हस्तान्तरण गर्दछन ।
सुरक्षाको परम्परागत अवधारणामा राज्यको पुरातन परिभाषा,वेलायती संसदीय नमुनाको लोकतान्त्रिक परिधिले निर्धारण गरेको राजनीति मान्यताका आधारमा अघि सार्ने गरिएको थियो ्र राज्य र समाजविचको संबन्धलाई अझ विशिष्ट शव्दमा भन्ने हो भनेराज्य र नागरिक सम्बन्धमा नागरिकलाई राज्यका नियम अधिनस्त कायम राख्नका लागि राज्यको वललाई वैधानिकता प्रदान गर्न बनाइएको थियो ्र यस अवधारणाले राज्य र समाजविचको सम्बन्धमा बढी जोड दिने गरेको पाइन्थ्यो ।
सैनिक–नागरिक सम्बन्धको विकासका लागि विशेष गरेर सैनिक र नागरिक,समाजका अगुवा,वुद्धिजीवीर सैनिक , प्रजा र सैनिक , पत्रकार र सैनिक र सरकारको नीति निर्माताहरु तथा सैनिक र कुटनीतिज्ञ तथा गैर सैनिक संघ संस्थाविच समुन्वय गरि अन्तरक्रिया हुनु पर्दछ ्र यसले सैनिक–नागरिक सम्बन्धमा भरपुर टेवा पुर्याउदछ ्र
सैनिक र सुरक्षाका गोप्य योजनाका विषयदेखी बाहेक अन्य विषयहरुमा उनीहरुको विद्ध्यमान परिस्थितिमा कसरि अघि बढ्ने र विगतका सैनिक इतिहास र भविष्यका दिनहरुमा सैनिक–नागरिक मिलि पहल कदमी गर्नु पर्ने विषयहरुमा उनीहरुलाई बोल्न लगाउने र बोल्न आकर्षण गर्ने जस्ता क्रियाकलापमा नागरिकलाई सहभागी गराउदै जादा सैनिक–नागरिक सम्बन्ध सुमधुर बन्नुका साथै विकसित अवस्थामा पुग्दछ ्र यसले सैनिक–नागरिक सम्बन्धमा भाइचाराको भावना जगौदछ ।
सैनिक–नागरिक सम्बन्धलाई संस्थागत र विकसित गराउदै लैजानका लागि नीतिगत प्याकेज निर्माणमा गैर सैनिक विज्ञ र मनोविज्ञको सहयोगबाट प्याकेज तयार गरि संचालनमा ल्याएमा राम्रो हुनेछ ्रसैनिक आँखाले मात्र निर्माण गरिएका प्याकेजहरुले गैर सैनिकको मन जित्न सकिदैन ्र अतः समाज शास्त्र सम्बन्धि मनोविज्ञहरुकोयोजना अनुसार सैनिकले नागरिकको मन जित्न सक्ने किसिमका कार्यक्रमहरु बनाउनु पर्दछ ्र सैनिकले आफूलाई समयसापेक्षित परिमार्जन र परिवर्तन गर्दै सैनिक–नागरिक सम्बन्धमा टेवा पुग्ने गतिविधि र क्रियाकलाप निर्माणमा ध्यान दिनु पर्दछ ्र यसले सैनिक–नागरिक सम्बन्धको विकास गर्न टेवा पुग्दछ ्र यसलाई संस्थागत बनाउदै लानु पर्दछ ्र हरेक युद्ध मोर्चा र लोककल्याणकारी कार्यमा नागरिकले सैनिकलाई साथ दिएका छन् ्र त्यसैगरि सैनिकले पनि नागरिकको रक्षा गर्दै सम्मान गरेका छन् ।
९.अभिप्राय –
सैनिकको क्षमतामा थप विकास गर्दै अपरेसन तयारि र प्रभावकारितालाई अभिव्रिद्धी गरि नेपालको भौगोलिक अखंड़ता,राष्ट्रिय स्वाधिनतास्वतत्रता,सार्वभौमसत्ता र राष्ट्रिय एकता लगायतका राष्ट्रिय हितमाथि आइपर्न सक्ने सुरक्षा खतरा तथा चुनौतीबाट राष्ट्रलाई अक्ष्क्षुण राख्न प्राप्त जिम्मेवारीलाई सैनिक–नागरिक सम्बन्ध विस्तारसगै सधै उत्कृष्ट ढंगबाट सम्पन्न गर्नु पर्ने देखिन्छ ्र यसको अलवा नेपालीसैनिकलाई प्राप्त हुने युद्ध वाहेकका अप्रेसनहरुलाई सैनिक–नागरिक सम्बन्धका माध्यमबाट प्रभावकारी ढंगबाट सम्पन्न गर्दै राष्ट्रको दिगो विकास र राष्ट्र निर्माणमा समेत उल्लेखीय योगदान पुर्याउन सहयोग पुग्दछ ्र जसले गर्दा राष्ट्रप्रति गौरव भावना जागृत हुनुका साथै हरेक नागरिक आफैमा विनावर्दिका देशका रक्षक हुन् भन्ने भावनाको विकास हुन्छ ्र यसले सैनिक–नागरीक सम्बन्धको औचित्य र विकासमा टेवा पुग्दछ ।
१०.भावी योजना –
अवका दिनमा सैनिक–नागरिकविचको सम्बन्ध सुधार गर्न नितान्त छ ्रविगतमा पनि यस विषयमा विभिन्न सरकार र सैनिक आफैले पनि यस पक्षमा मनोवैज्ञानिक ढंगले प्रभावकारी कार्य नगरेकै भने होइन ्र हाल नेपाली सैनिकबाट राम्रो सोचका साथ यो पहल कदमी भएको छ ्र तर यो प्रयास मात्र हो ्र सैनिक–नागरिक सम्बन्ध प्रगाढ बनाउन दशकौको प्रयास चाहिन्छ ्र सैनिक सम्बन्धिका आवश्यकता,महत्व र इतिहासका विषयमा राष्ट्रले नै स्कूल,कलेज तथा विश्व विद्ध्यालयहरुमा पठन–पाठनको व्यवस्था मिलाउनु पर्दछ ्र सैनिक स्तरबाट पनि यस विषयमा कदम चाल्नु पर्दछ ्र यस अभियानले सैनिक–नागरिक सम्बन्ध सुदृढ बन्ने छ ्र बन्दुक र गोलीका साथ आम संचार जगतलाई प्रयोग गर्न सके सैनिक कारवाहीमा ५०% थप शक्ति बढ्ने छ ्रयो थालनी पश्चात विश्वका विभिन्न देशले सन् १९९१ को इरान विरुद्धको पहिलो हमलाबाट संचारको प्रयोगगरिसकेकाछन् ्र यसले गुणात्मक फाइदा दिनुका साथै सैनिक संचार सम्बन्धले सैनिक–नागरिक सम्बन्धमा फाइदा पुग्ने छ ्र हरेक सैनिक गतिविधिलाई नागरिक समक्ष सजिलै पुर्याउन मद्धत गर्दछ ।
११.दृष्टिकोण –
राष्ट्रको वैभव,गौरव र साहस नेपाली सैनिकको मौलिक पहिचाहन हो ्र नेपाल राष्ट्रको अखण्डता,स्वाधिनता,र सार्वभौम नेपाली जनताको आस्थाको परिचाहन र धरोहरको रुपमा नेपाली सैनिकले कायम राख्ने दिशामा सैनिक–नागरिक सम्बन्धलाई दिगो र स्थायी बनाउदै अघि बढ्नु पर्दछ ्र नेपाली सैनिकलाई खास वर्ग वा समुदायको मात्र हालीमुहाली हुने अवस्थाबाटबहुसांस्कृतिक नेपालकै लघु स्वरुपको संगठन बनाइनु पर्दछ ्र संविधान बमोजिम नागरिक नियन्त्रणमा रही राजनैतिक प्रभावबाट टाढा रहनु पर्दछ ।
नेपाली सैनिकमा विद्ध्यमान एक ढिक्कापनलाई थप अभिवृद्धि गर्न समूहमा काम गर्ने प्रविधिलाई प्रभावकारी बनाउदै पति,सेनामुख,गुल्मलाई सकेसम्म संगै तैनाथ तथा प्रयोग गर्न विशेषत माथिल्लो दर्जामा रहनेहरुले ध्यान पुर्याउन आवश्यक छ ।
निष्कर्ष –
सैनिक सेवासंग सम्बन्धित गतिविधि बाहेक सैनिकमा कार्यरत सबैका मानव अधिकार हनन लगायत हत्या,हिँसा,पैठारी,चोरी आदि गैरकानुनी कार्यहरु सैनिक अदालत मातहत नभएर नागरिक मातहत हेरिनु पर्दछ भन्ने संयुक्त राष्ट्रसंघको विश्वव्यापी मान्यतालाई नेपालको सर्वोच्च अदालतले स्थापित गरि सकेको अवस्थामा सैनिक अपराधका वाहेक अन्य जघन्य अपराधलाई नागरिक अदालत मातहत हेर्न सहयोग पुर्याएर सैनिकले उन्मुक्ति खोज्छ भन्ने धारणा बदलिनेछ ्र नेपालमा सैनिक–नागरिक सम्बन्ध सुमधुर र उदाहरणीय बन्दै आएको छ ्र सैनिकले राष्ट्र निर्माणदेखी वर्तमान अवस्थामा आइपुग्दासम्म राष्ट्रिय सुरक्षामा पुर्याएको अहम योगदान र खेलेको भूमिकाको उच्च मूल्यांकनगर्दै आम नागरिकसंग नेपाली सैनिकको सम्बन्ध सदैव न्यानो,आत्मीय र अन्योन्याश्रित राख्न टेवा पुग्दछ ।

























