रोङकप फूटबल प्रतियोगिता सञ्चालन हुदै

0
950

गणेश अर्याल/इलाम,

इलामको रोङ गाउपालिकामा सोमबारबाट रोङ कप फुटबल प्रतियोगिता सुरु हुदै छ ।

लिक कम नकाउटको आधारमा सञ्चालन हुने पुरुष टिमको प्रतियोगितामा गाउपालिकाका ६ वटै वडा बाट १/१ वटा टिमको सहभागिता रहने प्रतियोगिता रोङ गाउपालिका ५ को नाखोपा स्थीत उमामहेश्वर माध्यमिक बिद्यालयको खेल मैलानमा सञ्चालन हुने छ ।

खेल तालिका अनुसार ए पोलमा वडा नम्बर १, ३ र ५ तथा बि पोलमा २, ४ र ६ नम्बर वडा रहने छन् । सोमबार अथवा चैत्र २ बाट सुरु हुने प्रतियोगिता ११ गते सम्म सञ्चालन हुने छ । महिला टिमको लागि भने नकाउट प्रतियोगिता सञ्चालन हुने आयोजक रोङ गाउपालिका शिक्षा युवा तथा खेलकुद बिकास समितिका सम्योजक एव वडा नम्बर ५ का वडा अध्यक्ष युवराज खाप्तुवा राईले बताए ।

पुरुष प्रतियोगिताका बिजेताले नगद २० हजार तथा उपबिजेताले नगद १५ हजार तथा महिला फूटबल प्रतियोगिताको बिजेताले नगद १५ हजार र उपबिजेताले नगद १० हजार रुपैया नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । यस अघि भलिबलको रोङ स्तरीय प्रतियोगिता सम्पन्न भइसकेको छ ।

३ वटा वडाको सहभागिता रहेको भलिबलमा वडा नम्बर ५ बिजेता र वडा नम्बर ४ उपबिजेता भएको थियो । भलिबलको बिजेता र उपबिजेता टिमले क्रमश नगद १२ हजार र ९ हजार पुरस्कार प्रदान गरिने सम्योजक खाप्तुवा राईले बताए ।

यो प्रतियोगिता सम्पन्न भएपछि गाउपालिका स्तरीय टिम तयार हुने र आगामी प्रतियोगिताहरुमा गाउपालिकाको प्रतिनिधित्व गरेर अन्य क्षेत्रको प्रतियोगितामा सहभागी हुन सक्ने बताइएको छ । फूटबल र भलिबल बाहेकका अन्य खेलमा पनि रोङ स्तरीय प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here