स्वच्छ र मर्यादित पत्रकारिताका लागि आचारसंहिता

0
858

विराटनगर,

‘स्वच्छ र मर्यादित पत्रकारिता’का लागि पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्ने सहभागीले जोड दिएका छन् ।

पत्रकारितालाई थप विश्वसनीयता बनाउन आचारसंहिता नै यस क्षेत्रको धन हो भन्ने कुरामा सबैले ध्यान दिन समेत आग्रह गरेका छन् ।

प्रेस काउन्सिल नेपालद्वारा आज यहाँ आयोजित ‘पत्रकार आचार संहिता र कोभिड–१९ ले मिडियामा परेको प्रभाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष लिलाबल्भ घिमिरे, महासङ्घ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनाल, पत्रकार महेन्द्र विष्ट, विजय खतिवडा, देवनारायण साह, अर्जुन आचार्य, ध्रुव भट्टराई, सत्यनारायण शर्मा, कुमोद अधिकारीलगायतले पत्रकार आचारसंहितालाई समयानुकूल बनाउनुपर्ने सुझाव दिनुभयो ।

काउन्सिलमन सञ्चालक समितिका सदस्य दीपक पाण्डे र ठाकुर बेलबाँसेले कार्यक्रममा आएको सुझावलाई काउन्सिलले गम्भीररुपमा लिने र स्वच्छ र मर्यादित पत्रकारिता नै अनन्तकालसम्म टिकिरहने विचार व्यक्त गर्नुभयो ।

उहाँहरुले काउन्सिलले आचारसंहिता अभिमुखीकरण तालीम सञ्चालन गरेको जानकारी दिँदै चालू आर्थिक वर्षमा अहिलेसम्ममा आचार संहिता उल्लङ्घन गरेको १३५ उजुरी परेको बताउनुभयो । पत्रकारितामा आचार संहिताको पालना भएमा पाठक, जनता र श्रोतामा विश्वास बढ्ने भएकाले यसतर्फ सबैको ध्यान जानु जरुरी छ उहाँहरुको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here