कोरोनाबाट झापामा सुत्केरीसहित दुई महिलाको मृत्यु

0
996

 

युबराज रेग्मी,

झापा । कोरोना भाइरसको महामारीबाट झापामा एक सुत्केरीसहित दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमक नगरपालिकामा एक जना कोरोना संक्रमितको महिलाको मृत्यु भएको हो ।दमककी ३१ बर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ । उनी सुत्केरी रहेकी थिइन्् । कोभिड अस्पताल विराटनगरमा उपचारत रहेको अवस्थामा शुक्रबार बिहान उनको मृत्यु भएको हो ।

पछिल्लो समयमा झापाको दमक नगरमा कोरोना संक्रमणदर तीव्र रुपमा बढ्दै गएको छ । बिहीबार दमकनगरमा ६४ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी झापाको गौरादह नगरपालिका वडा नं ४ खाङटामा एक संक्रमितको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा न ४ खाङटाकी महिला संक्रमितको दमकको एडभान्स अस्पतालमा उपचारको क्रममा मृत्युु भएको हो ।

बिहीबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको शुक्रबार बिहान मृत्यु भएको हो । उनका परिवारका अन्य ४ जनामा समेत संक्रमण देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here