‘सम’को झापामा एकीकरण

0
481

 

भद्रपुर, साउन २६ । सघीय समाजबादी पार्टी नेपाल र मञ्च सम्बद्ध लिम्बुवान राज्य परिषदवीच एकीकरण भएलगतै अहिले स्थानीय स्थरमा रहेका दुवै पार्टीका कार्यकर्ताबीच एकीकरण हुने अभियान सुरु भएको छ ।
सोही क्रममा सघीय समाजबादी पार्टी नेपाल र मञ्च सम्बद्ध लिम्बुमान राज्य परिषद पृथ्वीनगरका कार्यकर्ताबीच एकीकरण भएको छ । झापाको पथ्वीनगर स्थित याक्थुम चुमचुङ भवनमा आयोजित एक कार्यक्रमको आयोजना गरी दुवै पार्टीमा आवद्ध भएका गाविस स्तरीय नेता र कार्यक्रतावीच एकीकरण भएको हो । सघीय समाजबादी पार्टी नेपालका क्षेत्रीय अध्यक्ष विजय केरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषदमा आवद्ध भएका पथ्वीनगरका अध्यक्ष विकास लङवा, उपाध्यक्ष सान बहादुर लिम्वू, एल बी कमाण्डर गोपाल लिम्वू, गाउ समिति सदस्यहरु रुपेश लिम्वूु, सिह लिम्वू, किरण लिम्वू, प्रेम लिम्वू, भिम राई, अजित राई लगायत ३० जना कार्यक्रताहरु एकीकरण भएकोमा स्वागत गर्दै संघीय समाजबादी पार्टी नेपालमा प्रवेश गरेको पार्टीको क्षेत्रीय इन्चार्ज काजिमान लिम्वूुले जानकारी दिए । साथै नेपाली कांग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी एक दर्जन भन्दा बढी कार्यक्रर्ताहरु समेत यस पार्टीमा प्रवेश गरेको लिम्वूले जानकारी दिए ।