झापा, कोरोना मामारी नियन्त्रणका लागि झापामा निषेधाज्ञा छ । तर, निषेधाज्ञाका बीच भारतबाट दैनिक ट्रकका ट्रक तरकारी सहजै आयात भइरहेको छ । जसका कारण नेपाली किसानले उत्पादन गरेको तरकारी ढुवानी गर्न पाएका छैनन् । बिक्री नभएपछि अधिकांश किसानको तरकारी बारीमा छिप्पिँदै तथा कुहिँदै गएको छ ।

यी गाई भौसीको खानकी केही दिन यता परिवर्तन भएको छ । दैनिक घाास र दाना पानी खानेकुरामा हुन्थ्यो । अहिले थरिथरिका तरकारी खान पाइरहेका छन् । निषेधाज्ञाका कारण तरकारी बिक्री नभएपछि रुपन्देहीका किसानले गाई भौसीलाई खुवाउन थालेका हुन् ।
सामान्य अवस्थामा हाटबजार तथा बुटवल र भैरहवामा रहेका थोक बजारमा तरकारी ब्रि हुन्थ्यो । अहिले बजार बिक्री बन्द छ । उपभोक्ता र केही व्यापारीले खेतबारीमै गएर तरकारी लाने गरेका छन् । तर, त्यो पर्याप्त छैन् । बिक्री नभएपछि केहीले खेतीनै मासेका छन् त कोहीको बारीमै छिप्पिदै र कुहिदै गएको छ ।
किसानहरुले लागत मूल्य भन्दा सस्तोमा तरकारी बिक्री गरिरहेका छन् । तर बजारमा खरिद बिक्रीको अन्तर धेरै छ । किसानले बजारीकरण र व्यवस्थापनमा सहज हुनुपर्ने माग गरेका छन् ।
रुपन्देही हरियो तरकारीमा आत्मनिर्भर छ । यहाा उत्पादन भएको तरकारी अन्य जिल्लामा पनि जाने गरेको थियो । अहिलेको असहज परिस्थितिले जिल्लामै खपत हुन सकेको छैन । यस्तो अवस्थामा बेलहिया नाका भएर दैनिक करिब ४० गाडी तरकारी नेपाल आयात भैरहेको छ । ढुवानीमा रोक नलगाउादा स्वदेशी तरकारी बारीमै कुहिने तर भारतीय तरकारी हरेक उपभोक्ताको भान्सामा पुगेको छ । स्थानीय प्रशासनले आयातितभन्दा स्वदेशमै उत्पादित तरकारीलाई बिक्रीको अनुमति दिन आवश्यक छ ।
देख्ता सामान्य लागेपनि किसानका लागि यो समस्या ठूलो समस्या हो । कालोवजारी रोक्न स्थानीय प्रशासनले वजार अनुगमन गरेपनि किसानले उत्पादन गरेको अनाज र तरकारी वजार पु¥याउन समस्या भइरहेको बेला भारतबाट आइरहेको तरकारीले प्राथमिकता पाएको छ ।






























