नैतिक समाज निर्माण कसको जिम्मेवारी ?

0
1318

रविना मैनाली ।

देश वा समाजले बनाएको कानुनको दायरामा हरेर दैनिक क्रियाकलाप गर्नु नै एक नैतिकवान नागरिक हो। तर,यहाँ जसले जे गरेनी भएको छ। देशको नियम कानुनको परिधिलाई उलंघन गरि आफ्नो दुनो सोझ्याउनमा रमाईरहेको छ सरकार अनि संगसंगै नागरिक, आज समाज र मुलुकलाई त्यो कालो ओढार तिर आफै धकेल्दै छ। नैतिक समाज निर्माणका निमित्त सरकार मात्र जिम्मेवार हुदैन यहाँ सरकार र नागरिक दुबैको बराबर भुमिका रहेको हुन्छ। एकले सुसास्न र सुनिती ल्याउदछ भने अर्कोले उक्त निति नियमको पालना गर्दछ। सरकारले नैतिक समाज निर्माण गर्नका निमित्त सु शासन तथा सु व्यवस्था निति ल्याउनु पर्दछ, जनताका बदलिँदा आवश्यकताहरु,राजनैतिक प्रतिबद्धता, र सरकारका निकायहरुले दिईने सेवा सुबिधामा ध्यानाकर्षण गर्नु पर्दछ र नागरिकले देशको नियम कानुनको दायरामा बस्नु नै उसको नैतिक समाज निर्माण प्रतिको जिम्मेवारी हो तर यहाँ के सरकार के नागरिक हर कोहि आफ्नो स्वार्थ परिपुर्तिमा लागी परेको छ।

नैतिकताको अभावमा रोहिरहेको हाम्रो समाज अनि हाम्रो देश आज विभिन्न प्रकारका समस्याहरु भोग्दै आईरहेको छ र समस्याहरु हल हुने त होईन उल्टै समस्याहरु झन झन जटिल बन्दै गहिरहेका छन। हजुरबाउ बाट बाउले अनि बाउ बाट छोराले सिक्दै आएको सस्कार र नैतिकताको आज दमन भएको हामी देखी रहेका र भोगिरहेका छौ। समाज र देशलाई अगुवा गरेर लैजाने बौद्धिक ,शिक्षित र सक्षम मार्गदर्शकहरु कै नैतिकतामा आज प्रश्न चिन्न खडा भएको छ र सिङ्गो मुलुक नै एउटा धरापिलो मोडमा आएको छ। आफ्नो स्वार्थ परिपुर्ति गर्नमा ब्यस्त रहेका समाज निर्माणका अगुवाहरुले समाज र देशको आवस्यकता र समस्यालाई जबसम्म प्राथमिकतामा दिदैनन तब सम्म हाम्रो समाजले नदेखेका र नसोचेका विभिन्न समस्यहरु भोगिनै रहनु पर्ने हुन्छ र नैैतिक समाजको निर्माण एक सपनै रहने छ।

हरेक समुदाय र समाजको हकहित र रक्षाको लागी नियम कानुन सरकारले बनाउनु पर्दछ र उक्त कानुनको रक्षा हरेक नागरिकले गर्नु पर्दछ। तर हाम्रो देशमा न कुनै नागरिक न कुनै कानुन निर्माता होस यहाँ कोहि कसैलाई नैतिक समाजको निर्माण गर्नु नै छैन। हर कोहि कानुनलाई कुल्चिरहेछ। दुस्ख पाउनेले दुस्ख पाइरहेको छ अनि दुस्ख दिनेले दुस्ख दिई रहेको छ। यहाँ खुले आम छोरी चेली बलत्कृत हुदा पनि सरकार र कानुन चुपचाप बसिदिन्छ। अपराधी खुलेआम हिंड्न् सक्छ तर एउटा असल परिवार यहीँ निर्धक्क भएर बच्न सक्ने वातावरण छैन। कुरिति, कुसस्कारले पराकाष्ठा नागी सक्यो तर पनि सरकार मौन रहिदिन्छ। देशको नेता र राजनीति भनेको समाज र्क देशको सबैभन्दा ठुलो मार्गदर्शक हुन तर उहीँ मार्गदर्शकले बाटो बिराए के नैतिक समाजको परिकल्पना गर्न सकिएला त ?

तसर्थ, हामीले नैतिक समाज निर्माण गर्न नसक्नु कारणहरु के होलान तरु बलात्कार, भ्रष्टाचार, घुस्कोरी, सुराकीको जालोलाई फ्याँक्न जतिसुकै चुनौती रहे पनि कुनै पनि हिंसामा र यस्ता अपराधमा सम्लग्न अपराधीलाईलाई कडा भन्दा कडा करवाही हुनै पर्दछ सकभर यस्ता अपराधीहरुलाई फासीको सजाय हुन जरुरी छ तर हामी कहाँ यस्ता अपराधीहरुलाई करवाही गर्न नसक्नु एक अनि राज्यको मुल प्रवाहमा आउन नसकेका सिमान्तकृत उत्पीडित बर्ग, पिछडिएका बर्ग अझै पनि बहिस्कृत हुँदै जनु, अख्तियर गर्ने नितिहरु व्यवहारीक नरहनु, निजामती सेवामा हुने राजनीति, हरेक क्षेत्रका नागरिकलेको लापरबाही रहनु, पत्रकार, व्यवसायी, विभिन्न क्षेत्रमा पेशगर्ने हरेक नागरिकको समाज प्रतिको कम्जोर भुमिका हुनु, लागू भएका ऐन कानुनको प्रभावकारी कार्यन्वयन नहुनु, जनताका गुनासाहरुको उचित सम्बोधन नहुनु, सरोकारवालाहरु कानुनी शासन प्रति पूर्ण प्रतिबद्धता नरहनु आदि नैतिक समाज निर्माणका वाधाक हुन्।

यद्धपी एक पटक हरेक समुदायका हरेक नागरिकले आफुलाई प्रश्न गर्नै पर्ने भएको छ कि मैले नैतिक समाज निर्माण गर्नका लागी मुलुकलाई के कति सहयोग पुर्याइ रहेको छु ? किन कि नैतिक समाज निर्माण गर्न न यो एक को पहलले हुने छ न यो एक ले कानुनको परिधिमा रहेर हुनेछ तसर्थ हरेक नागरिकले एक पटक आफुलाई प्रश्न गरौं र सरकारले नैतिक समाज निर्माणका लागी प्रभावकारी कानुन बनाहोस र कार्यान्वयन पनि होस्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here