नेपालको श्रम क्षेत्रको समस्या र समाधानका उपायहरु

0
821

वर्तमान वस्तुस्थिति :

गरिखाने वर्ग र श्रमजीवी मजदुर झन्–झन् गरीब हुँदै जाने वर्तमान परिपाटी र अभ्यास नेपाली कांग्रेसका लागि घातक छ । समाजवादी अवधारणाभित्र यस्तो दृष्य र व्यवहार कहिल्यै देखिँदैन । जुन–जुन देशमा श्रमजीवीले सम्मानजनक जीवन जिउन पाएका छन् त्यो देशहरुले नै समाजवादी अवधारणा र सिद्धान्तको सही प्रयोग गरेका छन् । श्रमिकहरु परजीवी होइनन् उनीहरु आफ्नो श्रम उपयोग गर्न चाहन्छन् । प्रशस्त श्रम अभ्यासको अवसर पाए आफ्नो पाखुरा बजार्न कहिल्यै पछि नपर्ने श्रमजीवी वर्ग साह्रो–गाह्रोमा सामाजिक सुरक्षा मार्फत राज्यबाट राहत र सहयोग पाउन सकुन । आफ्नै ज्यालाबाट केही योगदान गरेर भए पनि निवृत्ति भरण पश्चात जीवनयापनका लागि पेन्सन पाउन सकुन ।

प्रशस्त श्रम अभ्यासको अवसर भएको देशमा अशान्ति र हिंसाका घटनामा उल्लेख्य कमी आएको देखिन्छ । उद्योग र व्यवसाय सञ्चालनमा असहज र जटिल श्रम सम्बन्धलाई कारक मानिँदै आएको नेपालको श्रमबजार वास्तवमा अन्य कारणले रहेछ भन्ने कुरा स्वतः प्रमाणित भएको छ । नेपाली कांगे्रसले आफूलाई श्रमिकको कित्तामा नपुर्याए अविभावको रुपमा उभ्याएर व्यवहार पनि सोही अनुसार नगर्ने हो भने कांग्रेसपार्टीको पनि भविष्य निश्चय नै धमिलो छ ।

नेपाली कांग्रेसले विश्व परिवेशलाई पनि वाह्य पक्ष र बाह्य राष्ट्रहरुको नीतिलाई गहनरुपमा विश्लेषण गर्न र निकै चलाखीपूर्ण रुपले बुझ्न र त्यसको रणनीतिक जवाफी तयारीमा बस्नु पनि आजको अर्को अति महत्वपूर्ण आवश्यकता हो । आजको मुख्य उत्पादक शक्ति विज्ञान प्रविधिलाई उपयोग गरेर विश्वव्यापी राज गरिरहेको भूमण्डलीकृत पुँजीवादले विश्वव्यापी रूपमा उत्पादनको क्षेत्रबाट श्रमिकहरूलाई विस्थापित गर्ने क्रम तीव्ररूपमा अघि बढाइरहेको छ ।

यस क्रमले श्रमिकहरू उत्पादनको क्षेत्रमा केन्द्रीकृत हुनुको साटो त्यहाँबाट विस्थापित भएर बेरोजगार वा सेवा क्षेत्रमा असङ्गठित अवस्थामा छरपस्ट हुन पुगेका छन् । साम्राज्यवादी देशहरूले उत्पादन प्रक्रिया र तिनले उत्पीडित राष्ट्रबारे लिएको नीतिका कारण नेपाल जस्तो देशमा प्रत्यक्ष वा छद्म श्रमशक्ति विस्थापन तीव्र हुन पुगेको छ । आज नेपालबाट (हाल ६० लाख) चाँडै करोड पुग्ने दिशातिर लम्किरहेको श्रमशक्तिको बाध्यात्मक विदेश पलायन भनेको देशभित्र उद्योगधन्दा, व्यवसाय नहुनुले हो भन्ने सबैले बुझेकै कुरा हो, तर त्यसको मुख्य कारण भने उत्पीडित राष्ट्रहरूलाई उत्पादन गर्नै नदिने, केवल उपभोक्ता बनाउने आजको साम्राज्यवादी नीति हो ।

नेपाल जस्ता उत्पीडित देशका जनतालाई आवश्यक उपभोग्य वस्तु साम्राज्यवादी देशले उत्पादन गरी बेच्ने, तर नेपाल जस्ता उत्पीडित राष्ट्रहरू मै उत्पादन गर्ने प्रक्रियालाई अन्त्य गर्ने नीति नै आजको साम्राज्यवादको मूल नीति हो, जसलाई लागू गर्न उत्पीडित राष्ट्रहरूमा दलाल पुँजीवादी व्यवस्थालाई प्रवद्र्धन गरिरहेको छ । यस्तो नीतिले नेपाल जस्ता उत्पीडित राष्ट्रहरूमा वेरोजगारीको समस्या विकराल बनेकाले ज्यालादारी श्रमिकका रूपमा जहाँ पनि जस्तो काम गर्न पनि भौंतारिनुपर्ने अवस्था सिर्जना भएको छ । यसको सवालमा नेपाली कांग्रेसले आफूलाई उत्पादनमुखी अर्थतन्त्रको र श्रमिकको पक्षमा रुपष्टरुपमा दह्रो गरी उभ्याउनु पर्दछ । पुँजी र श्रमको समान व्यहावहार नै समानताको व्यवहार हो । श्रमिकको नारामा आफ्नो सत्ताको रोटिसेक्नेहरुबाट साच्चैका श्रमजीवी मर्माहित बनेका छन् । तसर्थ, नेपाली कांग्रेसले नै अब श्रमजीवीको सच्चा मित्रको रुपमा उभिएर व्यवहार गर्न ढिला गर्नुहुँदैन ।

उद्योग सञ्चालनका लागि राजनीतिक अस्थीरता, औद्योगिक असुरक्षा, ऊर्जाको न्यून उपलब्धता, कमजोर औद्योगिक पूर्वाधार सुविधा, दक्ष जनशक्तिको अभाव, प्रविधि ग्रहण गर्ने क्षमताको कमी, न्यून उत्पादकत्व, निर्यातयोग्य वस्तुहरूको विविधिकरणमा कमी, कमजोर आपूर्ति व्यवस्थापन स्थिति जस्ता पक्ष नेपालको औद्योगिक विकासमा मुख्य समस्याका रूपमा रहेका छन् । जसले श्रम बजारलाई चलायमान र गतिशील बनाउन सकेनन् । त्यस्तै जनमानसमा उद्योग, व्यवसायलाई जीविकोपार्जनको माध्यम बनाउने मनस्थिति र वातावरण नदेखिनु यतिखेरको मूल समस्या हो । स्वदेशमै लगानी गर्ने, आफ्नो पूँजीगत तथा बौद्धिक सम्पत्तिको अधिकतम् उपयोग उत्पादनमूलक क्षेत्रमा गर्ने र मुलुकमै स्वरोजगारका अवसरहरू बढाउने तथा विश्वासिलो औद्योगिक वातावरण सिर्जना गर्नु हामी सबैको साझा राष्ट्रिय चुनौतिका रूपमा रहेका बिषयहरु हुन् ।

फलस्वरूप नेपाली श्रम विदेशी बजारमा आकर्षित हुनु, नीतिगत अर्कमण्र्यताले नेपालमा व्यवस्थापनदेखि मजदुर तहसम्म दक्ष जनशक्तिको अभाव बढ्दै जानु र नेपालमा भएका महत्वपूर्ण स्रोतहरू त्यत्तिकै उपयोगविहीन अवस्थामा रहनुका कारणले अहिले पनि नेपाली उद्योग क्षेत्रको चुनौति भनेको उद्योग क्षेत्रमा ढुक्क भएर लगानी गर्न सकिने वातावरण बनाउनु नै रहेको छ । यी समस्याहरूका अतिरिक्त नेपालको भौगोलिक अवस्थिति, भू–धरातलीय बनौट, विश्वभर बढ्दो तीव्र प्रतिस्पर्धात्मक वातावरण, आर्थिक उदारीकरण, विश्वव्यापीकरणको प्रभाव, सूचना तथा सञ्चार प्रविधिको बढ्दो एवम् बदलिँदो भूमिका, वातावरणीय चुनौति जस्ता विषयहरूलाई मध्यनजर गर्दै औद्योगिक र व्यवसायिक प्रक्रियाहरू सरल, सहज र पारदर्शी एवम् वैज्ञानिक बनाउनु र देशको बृहत्तर विकासमा औद्योगिक क्षेत्रको भूमिका वृद्धि गर्नु आजको आवश्यकता रहेको छ । साथै, निर्यातयोग्य वस्तुहरूको प्रतिस्पर्धात्मक क्षमता विविधिकरण, उत्पादकत्व अभिवृद्धि गर्नु पनि उद्योग क्षेत्रको चुनौतिका रूपमा विद्यमान छन् ।

नेपाली श्रमिक र श्रम बजारलाई उत्थान गर्न नेपाली कांग्रेसले निम्न बुँदाहरुमा ध्यान दिन जरुरी देखिन्छ ।
– श्रम प्रशासन (श्रम ऐन, सामाजिक सुरक्षा ऐन लगायतका श्रम सम्बन्धी नियम कानूनहरु) चुस्त र दुरुस्त राख्नु पर्दछ ।
– राज्यका कुनै पनि अङ्ग र निकायमा श्रम शोषण हुने कुनै पनि प्रकारको अभ्यासलाई निरुत्साहित गरिनु पर्दछ ।
– ध्बनभ तजभात हुने, ल्भध ायचm यच क्बिखभचथ, ऋजष्मि ीबदयगच ७ द्ययगलमभम ीबदयगच, ँयचअभम बिदयगच को पूर्ण अन्त्य हुनु पर्दछ । यसलाई नै स्वतन्त्रताको साँचो अर्थको रुपमा बुझिनु पर्दछ ।
– अनौपचारिक क्षेत्रलाई पहिचान पत्र र सामाजिक सुरक्षाको ग्यारेन्टी राज्यबाट गरिनु पर्दछ ।
– उधमशिलताभित्र रोजगारदाता पहिचान प्रणाली लागू गरिनु पर्दछ । रोजगारदातालाई सम्मान र न्यून ब्याजदरमा ऋण र आवश्यकतामा सरकारले राहत समेत उपलब्ध गराउनु पर्दछ ।
– युनियन आफै समाजवादी अवधारणा हो । जसले श्रमिकको हितका लागि आवश्यक कार्य र रोजगारदातासँग सामुहिक सौदाबाजी गर्दछ । तसर्थ, युनियन निर्माण, गठन र प्रभावकारी सञ्चालनमा पूर्ण साथ र सहयोग गरिनु पर्दछ ।
– ट्रेड युनियन ऐन संशोधन, श्रम ऐन संशोधन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन संशोधन गरिनु पर्दछ ।
– ग्लोबल युनियनको काउन्सिल निर्माण गरी विश्व स्तरको श्रम सचेतना कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिनु पर्दछ । सचेत श्रमिक नै प्रजातन्त्रको पहरेदार हो ।
– श्रमिकको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा पनि नेपाली कांग्रेसको प्रमुख सरोकारको बिषय हुनु पर्दछ ।

(पौडेल श्रम तथा रोजगार समिति, नेपाली काग्रेसका सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here