यश कुमारको २० वर्ष पुरानो गीत ‘तिम्रो मन बद्लिएछ’ नयाँ स्वरुपमा

0
561

काठमाडौं,

गायक यश कुमार र गायिका सपनाश्रीले २० वर्ष अघि एक गीत निकालेका थिए। गीतको बोल थियो ‘तिम्रो मन बद्लिएछ’। यही गीतलाई नै यश कुमारले नयाँ स्वरुपमा आज सार्वजनिक गरेका छन्।

नयाँ गीतमा यशलाई गायिका मिलन नेवारले स्वरमा साथ दिएकी छन्। गीतमा यशकै शब्द र संगीत रहेको छ।

गीतको भिडियोमा सागर लम्साल, प्रिज्मा-प्रिन्सी खतिवडा लगायत आकाश कार्की, जीवन नेपाल र रेशम बुढाथोकी कलाकारहरूको अभिनय देख्न सकिन्छ। यशले गीतले सबैको आ-आफ्नो भोगाइलाई छुने दाबी गरेका छन्।

भिडियोमा बुद्ध थापा र उनको समूहको छायांकन, विकास धमलाको सम्पादन र रंग संयोजन, सरोज कुँवरको प्रोडक्सन र निकेश खड्काको कथा तथा निर्देशन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here