पोषण पुनस्र्थापना गृहलाई खेल सामग्री

१८ श्रावण २०७८, सोमबार मा प्रकाशित

भद्रपुर।

मंगल् सेवा समिति भद्रपुरले मेची अस्पतालको पोषण पुनस्र्थापना गृहलाई मनोरञ्जनात्मक खेल सामग्री प्रदान गरेको छ ।

सन्त गुरुजी श्री १०८ सदानन्दजी माहाराजको शुभ जन्मदिनको अवसरमा समितिले पोषण पुनस्र्थापना गृहको बालबालिकाका लागि २५ हजार मूल्य बराबरको खेल सामग्री वितरण गरेको हो । सो सामग्री आइतबार एक कार्यक्रमकाबीच अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेललाई हस्तान्तरण गरिएको कार्यक्रमका संयोजक गोपाल दास खनालले जानकारी दिए ।

सो कार्यक्रममा भद्रपुर–८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा (मनोज), ५ नम्बर वडा अध्यक्ष बन्धु कार्की, अस्पतालका मेसु डा. टङ्कप्रसाद बाह्रकोटी, पोषण शाखाकी सञ्चालिका गङ्गा लिम्बू, स्वास्थ्यकर्मी यशोदा कोइराला, भद्रसिवा मंगल् टोलका अध्यक्ष पूर्ण विष्ट र लायन्स क्लब भद्रपुरका कोषाध्यक्ष उत्तम राजवंशी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here