बिजयको ललितकला ओझेलमा

१८ श्रावण २०७८, सोमबार मा प्रकाशित

विमल दहाल, इलाम ।

 

ललितकलामा दुई दशकदेखि सक्रिय इलामको माई नगरपालिकाका विजय श्रेष्ठ ओझेलमा पर्दै आएका छन् ।

माई–४ को तल्लो बस्तिमा बस्दै आएका विजय ललितकलाको सघर्ष भने निरन्तर चलि रहेको छ । काठमाडौंमा ललितकला बिषयमा स्नातक गरेका श्रेष्ठ विगत एक दशक देखि दानाबारीमै बसेर आफ्नो कला प्रस्तुत गरी रहेका छन् ।

उनी सोचे अनुसारका सबै प्रकारका मुर्ति, तस्बिर र सालिक निर्माण गर्न सक्दछन्। उनले बनाएका मुर्ति तथा सालिकहरु ५ देखि ६ लाख सम्ममा बिक्री गर्ने गरेका भएपनि स्थानीयहरुले प्रतिभाको सम्मान गर्न नसकेको उनको गुनासो छ ।

हुन त श्रेष्ठ अहिले ललितकलामा मात्र केन्द्रित छैनन्। उनी ललितकला सीप जोगाउन कहिले नीजि विद्यालय सञ्चालन, कहिले पाउरोटी उधोग त कहिले माछापालन लगायतको उन्नत कृषि ब्यवसायलाई अँगाल्दै आएका छन् । श्रेष्ठ भन्छन्– ललितकला मेरो सिप अनि पेशा हो, यसलाई संरक्षण गर्न अन्य पेशाको सहायता लिएको हो ।

श्रेष्ठ भन्छन्– मैले बनाएको एउटा सालिक माई–८ कलकत्तेमा बिक्री गरे तर सबै आफन्त र साथि भाई भएकाले लगानीको मात्र मूल्य लिए, श्रेष्ठले अहिले शिवको मुर्ति बनाउदै छन्। उनी शिवको मूर्तिलाई भने ६ लाख रुपैयाँ लिने सोचमा रहेको बताए।

विजयले बनाएका बिभिन्न महत्वपूर्ण ब्यक्तिहरुको तस्विर (आर्ट) बिभिन्न मुलुक पुगेका छन् तर, स्थानीय क्षेत्रमा भने उनी ओझेलमा पर्दै आएका छन् । इलाम–७ का अजीत योञ्जनले आफुले बुद्धको तस्बिर बनाउन लगाएको भन्दै बिजयको ललितकलाको प्रशंसा गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here