झापामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय, दुई चरणमा पसल खुल्ने

0
955

झापा ।

 

झापामा भोली भदौ १ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको छ । कोरोाना सक्रमण रोकथामका लागि निरन्तर रुपमा निषेधाज्ञा लाग्दै आएका कारण जनजिवन प्रभावित भइरहेको अवस्थामा सोमबार बसेको डीसीसीएमसीको बैठकले निषेधाज्ञा परिमार्जित रुपमा गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञालाई हटाउन र ब्यापार ब्यवसाय गर्ने अवस्था सिर्जना गर्न जिल्लाका ब्यवसायीहरुको तिब्र माग रहदै आएका थिए । साउन १६ गतेदेखि झापाभर लागू गरिएको निषेधाज्ञा सोमबार रातिदेखि सकिदैछ ।

कोरोना संक्रमणदर नघटेका कारणले गर्दा पूर्ण रुपमा निषेधाज्ञा हटाउन नसकिने बताइएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको बैठकले भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो ।

निषेधाज्ञा लम्बाइए पनि जिल्लाका सबै पसल तथा बजार दुई चरणमा खुलाउने निर्णय गरेको छ । पहिलो चरणमा बिहान ६ बजेदेखि बिहान १० बजेसम्म खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने र दोस्रो चरणमा कपडा, हार्डवेयर, होटल लगायतका अन्य सबै प्रकारका पसलहरू बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म खुला गर्न पाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए ।

पसलहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मात्र पसल खोल्नु पर्ने हुन्छ । अनुगमनमा जाँदा मापदण्ड फेला नपरेको खण्डमा कारबाही गरिने उनले बताए । त्यस्तै सवारीसाधनको हकमा सबै यातायात खुलाउने निर्णय गरिएको जनाइएको छ ।

झापामा कोरोना संक्रमणदर र मृत्युदरमा अझै कमी नआएपनि निषेधाज्ञा खुकुलो बनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here