बिथोलिएको मन र मिगकी केटी

0
458

Ujjwal votemig33pt2

कानमा एयरफोन खाँदेको छु आमाको भाषामा भन्ने हो भने ठेडी खाँदेको हो यो । फेरी सोच्दै छु शीर्षक के दिऊ ? खै…..केही फुर्दैन त दिमागमा । मलाई आफैदेखि रिस उठ्न थालिसकेको थियो । रिसले मोबाइल एयरफोन पनि भितामा नफुट्ने गरी झटारो हानेछु, केही भइहाल्छ कि भनेर । अहँ केही भएन । अभैm हा हा हा …..मोबाइल त बिचरा झुलमा अड्केछ । मेरो रिसले डराए जस्तो छ । बिचरा सानो स्वरमा पर भन्दै थियो । सासों मे सासोंको ढल्ने दो, जरा…..अनि उसलाई सम्झेर मिठो हासेँ ।

साँच्चै नै समय कति परिवर्तन छ । हिजो अस्ति भर्खर आफू भन्दा भारी ब्याग बोकेर स्कुलमा र कलेजमा चै एउटा कापी बोकेर गए जस्तो लाग्छ । बेलाबेला बुबाको हातबाट झिल्का उड्ने गरी थप्पड खाएको त झन् कसरी बिर्सनु ? एकछिन् आखाँका दुवै ढोका बन्द गरी ती दिन सम्झिएँ ।समय संगै कति धेरै कुराहरु परिवर्तन भइसकेछ । मेरो कक्षा, सोचाई, जिउडाल आदि । अब बिश्वभरि यो टेक्नोलोजीमा यति छिटो बिकास भएको भनांै कि परिवर्तन भएको भनौं ? देख्दा छक्क पर्छु । हुन त यो परिवर्तन मानिसहरुको बुद्धि बिबेकले गर्दा नै भएको हो । तसर्थ मानिसको विवेक परिवर्तनशील छ भन्दा फरक नपर्ला । 

तपाईहरु सोच्नु हुन्छ, हुँदैन मलाई केही थाहा छैन । म चाहिँ बिशेषगरी लोडसेडिङ भएको समयमा केही न केही सोच्छु । हेर …. पहिला जगंलमा जताततै बस्ने, काँचै खाने, नाङ्गै डुल्ने मानिस आज सायद उसैको नातेदार कोही बि.ए. तेस्रो बर्षको अन्तिम परीक्षाको तयारी गर्दैछ । सम्झिन्छु, यो गाडी, घर, मोबाइल, कम्प्युटर अझ नेट रे अनि स्कूल जानु, पढ्नु, कलेज, हे बाबा ठाकुरे सम्झिँदै केहो यो सब ? जस्तो लाग्छ । यता आकाश, धर्ती, तारा , घाम, जुन यो संसार सम्झिन, बुझ्न खोज्यो भने त जो कोही नि बौलाउँछन् ।

हुन चाहिँ कुन सद्दे होस् र ? पागल त होस् नि भन्नु हुन्छ होला । म आफूलाई पागल हैन, मेरो पागलपन चाहिँ पागल हो भन्न रुचाउँछु । उहिले हाम्रा हजुरबुबाहरु हिडेंर कहाँ–कहाँ पुग्थे रे !
अहिले त साइकल हाम्रो बाउको पालामा र हाम्रो पालामा भटभटे । भटभटे भन्नुनै उपयुक्त ठाने मैले । अझै के के चाहिने हो कुन्नि ? हेर्दै जाउँ , यो परिवर्तनले कहाँसम्म लैजाने हो ? अझ के के देख्न पाइने हो ? पक्कै पाइएला । केही नयाँ बनाउने त त्यति ठूलो परिवर्तन हामी नेपालीमा आइहालेको जस्तो लाग्दैन मलाई । हामी बनाउन भन्दा पनि कताबाट कसको बिगारौं र त्यो उभो नलागोस् भन्ने सोचाइ पहिला आउने गर्छ ।
एक ठूला साहित्यकारले भनेका छन् कि यो पृथ्वीका सबभन्दा ठूला मानिसनै हुन् । मानिसमा पनि उ भन्दा ठूलो उसको बुद्धि हो भनेर । यो भनाई लाई धु्रवसत्य मान्न सकिन्छ । किनकि आज मान्छेको जस्तो दिमाग त्यो डाइनोसरहरुको भएको भए तिनीहरु आज लोप हुदैन थिए होला । तिनीहरुले पनि घर बनाउने थिए होला । भट्भटे कुदाउने थिए होला । पढ्थे र परीक्षा दिन्थे होला आदि आदि । कहीँ जाँदा पनि पानी लिएर जान्थे होला । जति परिवर्तन आए पनि हाम्रो देशका नेताहरुको बुद्धिमा भने कहिल्यै परिवर्तन आएन । परिवर्तन आयो त मात्र माननीयज्यूहरुको लवाई खुवाई, रगं रुपमा । उहाँहरुको ज्यान र पहिलाको फोटो हेर्दा म पनि नेतागिरी गरौं कि जस्तो लाग्छ । मेरो तौल पनि ह्वात्तै ४५ केजीदेखि बढ्थ्यो कि ? म पनि उहाँहरु जस्तै वा साँढे गोरुजस्तो बलवान तथा गोरु जस्तै बुद्धिवाला हुन्थेँ कि ?
हैन, अहिलेको मेरो पेशा नि ठीक छ । दिनभर घण्टीको इशारामा बित्दछ । हिउँद महिनामा धानको दाइँ गरे जस्तो ओल्लो र पल्लो कोठामा भुक्दै हिंड्नुको रमाइलोपन भिन्दै हुन्छ । कमसेकम पेशामा तीन सय ६५ दिन मध्ये १२ दिन त साह्रै खुसीसाथ बित्छन् । समयमै नपाएपनि कुनै बेला त पाइन्छ नि तलब । त्यो १२ दिन त खल्तीमा पैसा हँुदा बाटोमा राखेको चप, छोला, ढुङ्ग्रे पनि खान मन लाग्छ ।फेरी बाचेंको दुई ५३ दिन यताउति टाल्दै जान्छु । जे होस् , नेताज्यूहरु जस्तो देशको सम्पतिमा आँखा त गाड्नु पर्दैन । उल्टो त्यति थोरै तलबबाट कति प्रतिशत त उहाँहरुको पेट भर्न बुझाउनुपर्छ । यसमा म खुशी छु । बोर्डिङ स्कूल पढाएर तलब धेर खान नपाएपनि भाइ बहिनीले मन नलागि नलागि भनेको गुडमर्निङ र गुड आफ्टरनुन चाँही अघाउँजी खान पाइन्छ । भन्दाभन्दै गौशाला जाने बेला भएछ । भित्रबाट कराएर भाउजु भात पस्किँदै गर्नु अनायसै भन्न पुग्छु । टीँ ….. टीँ …. मोबाइलको घण्टी बज्यो फेरि । बल्ल म भित्रका लक्ष्मीप्रसाद, सिद्धीचरण, लेखनाथ जुर्मुराउन थालेका हुन्छन् । यि अक्षरहरुमा आफूलाई पोख्दै थिए । मन मानेन, पक्कै उसैको म्यासेज हुनुपर्छ । हो त रहेछ ‘गुडमर्निङ चुलबुल पाण्डे’ खित्का छोडेर हाँसे फेरि  ।
म्यासेज पठाउने बुधबारेमा बस्छे । हाम्रो भेट त भएको छैन । मिग च्याट हुन्छ । उसले मलाई देखेकी पनि छैन । मैले पनि उसलाई देखेको छैन । हाम्रो सम्बन्ध भने साथी भन्दा केहीमाथि चुलिइसकेको छ । सामाजिक सञ्जालको फाइदा भनौँ या बेफाइदा हो, यो । थाहै नपाई उसले मलाई चोरीसकेकी छ । मैले उसलाई पाएदेखि यस्तो लाग्छ कि, मेरा लागि बन्द भएका ढोकाहरु आफैँ खुल्दैछन् ।मेरा पाइला सफलतातर्फ लम्किँदैछन । उसको मायाले मेरो जीवनको अन्तरकुन्तर खोतल्न थालेको छ । अँध्यारा पाटाहरुमा उज्यालो दिइरहेको छ जस्तो लाग्छ । कहिलेकाहीं फोनमा बोल्छु, बोली यति मीठो छ कि मलाई उसलाई कहिले फोटोमा हेरौँ भन्ने लागिसकेको छ ।
मैले धेरैपटक डेटिङको प्रस्ताव राखेँ । उ जस्तो पनि होस्, म उसलाई स्वीकार्ने छु होला ! किनकि म उसलाई माया गर्छु, चोखो माया, पवित्र माया । मैले फेरि म्यासेज दोहोर्याएर पढेँ,अलिक सन्चो रहेनछ । कता–कता आफै बिरामी भए जस्तो लाग्यो । अन्तयमा ‘टेक केयर, मेरो बादँर ! दबाई समयमा खाने नि, लभ यु’ लेखेकी रहिछ । मोरी साह्र्रै माया गर्छे, मलाई । मन फुरुङ्ग भो, म त उसलाई सम्झेर माथि आकाशमा चराहरु सँंग सार मिलाउँदै उड्न के थालेको थिएँ, एकैचोटी तल बजारिएछु । ‘भाइ छिटो आइज भात खान, सेलाएर हिउँ भइसको’ आमा झर्किनु भयो । सासू बुहारीले मेरो भाग पनि खाइदिए कि क्या हो ? भन्दै भित्र पसेँ । हतारमा दुई तीन गाँस टिपेर उठेँ । ओहो दबाई खान भुसुक्कै बिर्सेछु । के गर्नु ? म पनि नेपाली न हुँ । ग्याष्ट्रिक मलाई पनि छ । मलाई त लाग्छ हामी नेपालीहरुको राष्ट्रिय पहिचानमा यो ग्यास्टिक पनि समावेश गर्नुपर्ने । यही बिमारले होला, कहिल्यै फस्टाइएन जहिल्यै ४५ केजी ।
सधैँ झैँ शिक्षकको पोशाक लगाएर चप्पल घुसार्दै आमालाई ‘म हिंडे है’ भन्छु । बाटोभरि भैँसी आहाल बस्ने गरी पानी जमेको छ । जुत्ता लगाउनु पर्दैन भन्ने सम्झिँदै मिग खोले । जमपार्ड लगिन, देखाएर अड्कियो । एन.टि .सी को नेट न पर्यो, घरिघरि त । एन.टि.सी. को टि झिकेर आङ्कुश लगाएर तान्नुजस्तो लाग्छ । अलिक छिटो चल्थ्यो कि ? थुइक्क…… मरेर खुल्यो, तर कोही चन्द्रीहरु अनलाइन रहेनछन् । यी डाँगाहरुसँग त के बोल्नु गफै त छ्रैन । दश पनि बज्न लागेछ । मार्छ बूढोले स्कूलमा ढिला भो । क्लासमा जान भने पक्कै ढिलो हुन्छ । खै क्लासमा गएर नि के पढाउनु केटाकेटीलाई ? नेपालको शिक्षा प्रणालीले गधा बनाएको छ, भनेर रिसले मुर्मुरिँदै साइकलको पाइडल छिटो मार्न थालेँ । बाटो हिड्ने मान्छेहरु पनि म जस्तै दश बजे पक्डन हतारमा देखिन्छन् । कसैलाई कसैको मतलब छैन् । यहाँ मतलब छ त मात्र पैसाको । यो दौडधुप यही पैसाको त हो नि । धत् लाटा, म पनि कति न आफू चाहिँ समाजसेवा गर्न हिडेँ जस्तो । म पनि पैसाकै पछाडि त कुदिरहेको छु नि । जे होस् अचम्मको छ यो पैसा पनि, कागजको हो तर कहिल्यै डस्टबिन देख्दैन ।
चनमतीलाई म्यासेज पो गर्नु प¥यो भन्दै मोबाइल झिकेँ । रामराम…..मारी अब, आज १२ मिसकल । अब जात्रा शुरु हुने भो, ब्रेकअप भन्दै म्यासेज आउन कुन आइतबार ? सके आज आइतबार नै हो यार । प्रिन्सिपल सरको पनि म्यासेज आको रहेछ । स्कुल छिट्टै पुग्नुपर्ने रे । बाबैको जि.शि.का जाने काम परेछ । स्कूलमा जनस्वास्थबाट कोही स्वास्थ्यकर्मी आउने रहेछन् । क्षयरोगको बारेमा सचेत गराउन । के सचेत गराउँथे ? भत्ता पकाउन हिंडेका भन्दै थिच्दै यन्त्र खल्तीमा हाले । स्कूलको साइकल स्टेण्डमा मेरो कवाडी थन्क्याएँ । अफिसभित्र प्रबेश के गरेको थिए । गुड मर्निङ सरको आवाज आयो यो आवाजले म धेरैपछि खुशी भए किनकि त्यो कुनै बिद्यार्थीको थिएन । एक कल्कलाउँदी युवती नीलो जिन्सको पेन्ट र हरियो टिसर्टमा मेरो अगाडि थिई । दाहिने पट्टि कुममा व्याग भिरेकी बायाँ पट्टिको हातमा मोबाइल थियो । कपाल बाट अलि अलि तप तप पानी बग्दै थियो । भर्खर नुहाएर आएको हुनपर्छ मैले अनुमान लगाए तिम्रो जिन्स पेन्टको फिटिङ राम्रो छ भन्दिउकी ? ‘गुड मर्नीङ सर ’ उसले फेरी भनी ।
हँ ए मर्निङ बस्नुस्न भन्दै मैले पश्चिमपट्टिको कुर्सी देखाएँ, ताकि मलाई अझ नियालेर हेर्न सजिलो होस् । उसले म भनेर के त्यो ओठ खोलेकी थिई मैलबीचमै कुरा काटँे र जान्ने हुँदै मलाई प्रिन्सिपल सरले सबै भनि सक्नुभएको छ तपाई तयारी गर्दै गर्नुहोस् म केटा केटीलाई ठुलो हलमा राखेर आउँछु भनेर उठँे उसले थपि ‘सर चाँडै गर्नुहोस है मेरो अरु स्कूलमा जानुछ ’म मुन्टो हल्लाउँदै हुन्छ भन्ने संकेत गरेर निस्किए । तर यसपटक भने मलाई त्यो आवाज सुनिरहेको जस्तो लाग्यो । म पनि कस्तो हुस्सु मान्छे, परिचय पनि गरिन् कमसेकम हात मिलाएर नाम सोधेको भए हात कमलो रहेछन् कि नरम, त्यो त थाहा हुन्थ्यो । धत् फटाहा …….. म पनि केटी त देख्नै नहुने त्यतीकैमा बाबैको फोन आयो म पनि जिशिका जानु पर्ने भयो । कार्यक्रम सञ्चालन गर्न मिलन सरलाई जिम्मा दिए अनी तुरुन्त जिशिकातर्फ लागे, मोबाइल साइलेन्समा राखेर बाटो हिंड्दा फोन आयो भने वाक्क लाग्छ । त्यसमाथि मैँयाको रिस कतिखेर सेलाउने हो तर आज मैयाको भन्दा त्यो केटीको झझल्को आइरहेछ । त्यो आवाज काँहा सुनेको हो मैले किन त्यसैको अनुहार अगाडि आउँदैछ सायद राम्री देखेर होला, मेरा आँखाहरु लोभिएका भन्ने सोच्दै बाबैको पुरानो भटभटेको गति बढाएँ ।
जिशिकाको काम सिध्याएर अबेला घर फर्किए आज बाबैले स्कूल दशसम्म दर्ता भएको खुशीमा अलिकति पैसा दिएका थिए । पैसा पाएको त्यो पनि मैले, बजारमा अलि अलि मलिलो पानी चढाएर गएको थिएँ । भात खान मन लागेन आमा ‘काँहा जान्छ ? के गर्छ यतिञ्जेल सम्म ’? भनेर सँधैजस्तो गनगन गर्दै हुनुहुन्थ्यो ।
च्याटमा पो बस्नु प¥यो भन्ने सोची मिग खोलेँ, ल्यापटपबाट रिसले पुलिएर मलाई पर्खेर बसिरहेकी रैछे । शुरुमै ‘बाँदर काँ मरेको थिइस् अनि फोन किन रिसिभ नगरेको म्यासेजको रिप्लाई किन नगरेको’ आदि आदि प्रश्नहरुको बाढी आयो । मैले म्यासेज भन्दै मोबाइल झिकेर हेरें ।‘ म आज एउटा काममा गएको थिएँ, अब एक महिना जति भद्रपुर बस्छु होला, के काम अब भेटेको दिन भन्छु है , तर हेर न, आज पहिलो दिन नै मेरो किताब हरायो ’…..लेखेकी रहिछे । मैले च्याटमा कुन किताब भनेर सोधें ‘ द लोटस अफ इम्टिनेश ’ भन्ने किताब हो, त्यो किताबमा अरु भन्दा पनि अन्तिम पानामा तेरो र मेरो चित्र कति मेहनतले कोरेको थिएँ, अनि मेरो साथीहरुले त्यसमा तेरो मेरो नाम लेख्देका छन्’ उसले फर्काइ । मैले काम चाहिँ के हो त ? भन्दा चाडैँ हाम्रो भेट हुने र त्यही दिन बताउने लिडेँढिपी कसी । मलिलो पानीले गर्दा कतिखेर निदाएँ, थाहै पाएनछु । बिहान उठेर आखाँ मिच्दै ल्यापटप हेरें, च्याटमा त यति लामो लेखेर मलाई गाली गरेकी रहिछे । मुसुमुसु हाँस्दै बाथरुमतिर लागेँ ।
सिसिफसको ढुङ्गा ठेलेर टुप्पोमा पु¥याउने कथा जस्तै म पनि त्यही ढुङ्गो अर्थात् मेरो दैनिक काम गर्न थालेँ । स्कूल जादाँ बाटोमा साह्रै पिसाबले च्याप्यो, बाटोको कुनाकानी हेरेँ, निक्कै भीड थियो । सर मान्छे, जताततै बिसाइहाल्न नि नमिल्ने । भद्रपुर नगरपालिकाको सार्वजनिक शौचालयतर्फ लागें, यहाँ त पिसाब फेरेको नि पैसा लाग्छ भन्दै एउटी बुढी आइमाइ कुर्सीमा बसिरहेकी थिइ । काली भएपनि छि…. छि…. भन्नु जस्ती थिइन । त्यस आइमाईलाई सोधें ‘पिसाब फेरेको कति ’ ? ५ रुपैयाँ भन्ने जवाफ आयो । यसो सम्झिँए हिजो बेलुका चुरोट किन्दा तीन रुपैयाँ उभ्रेको थियो, खल्ती छामेको भारु २ निस्क्यो । ‘मसंग ३ रुपैयाँ मात्र रहेछ, हाफ प्लेट पिसाब गर्छु नि ल’ भन्दै ३ रुपैयाँ हातमा थमाइदिएँ । त्यो आइमाई पागल भन्दै भुत्भुताउँदै थिइ, म भने आधा केजी जति घटेर निस्कएँ र स्कूल पुगेँ ।‘
स्कूल पुगेको के थिएँ, प्रिन्सिपल सर त एउटा केटो लाई लौरोले बजाउन लाग्या रहेछन् । त्यहाँ पुगेर सरलाई ‘सर ! यो लौरो त आफैँ एउटा सम्स्या हो, यसले समस्याको समाधान गर्दैन भन्दै थुम्थुम्याएर सरको रिस शान्त पारेर त्यो केटोलाई म सम्झाउँछु’ भनें ।
कुरो बुझ्दै जादाँ त फुच्चेले हिजो आउने जनस्वास्थको मिसको व्यागबाट एउटा किताब चोरेको रहेछ । केटाकेटी मोरो गल्ती त गरी हालेछ, अब उपरान्त त्यस्तो काम नर्गन वाचा गराएर त्यो चोरेको किताब लिई क्लासमा जान आदेश दिएँ । कसो कसो गर्दा त्यो किताबमा मेरो आखाँ पुगे । म झसङ्ग भए , त्यो किताबमा त हिजो एलिसाले च्याटमा भनेको किताबको पो नाम रहेछ ‘ द लोटस अफ इम्टिनेश ’ । हतार–हतार त्यस किताबको अन्तिम पाना पल्टाएर आफूले आफैँ लाई गाली गरें र कता कता मेरा दुबै आखाँ रसाएर आए । त्यस किताबमा उसैले भने जस्तो चित्र रहेछ र त्यसको ठीक तल उसैको कोही छट्टु साथीले लेखेको हुनुपर्छ, ठूला अक्षरमा लेखिएको थियो (उज्जवलेको बुढी एलिसा ….., उत्ती नै बेला मोबाइलमा उसैको फोन आइरहेको थियो ।)
महेशपुर १ झापा ९शगmउबचम२नmबष्।िअयm०

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here