न्यूनतम् साझा समझदारी बनाउन सभामुखको आग्रह, प्रतिनिधिसभा बैठक २९ गतेसम्म स्थगित

२७ भाद्र २०७८, आईतवार मा प्रकाशित

काठमाडौँ, 

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको थियो । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो ।

उहाँले वादविवाद छाडेर संवादका लागि वातावरण बनाउन सबैलाई आग्रह गर्नुभएको थियो । बैठकअघि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गर्नुभएको थियो ।

छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here