मगरको निधनमा सोमबार शोक बिदा

0
761

गणेश अर्याल /इलाम,

इलामको रोङ गाउँपालिकाले सोमबार गाउपालिका क्षेत्र भित्र शोक बिदा दिने भएको छ ।

गाउँपालिकाका वडा सदस्य तथा जिल्ला समन्वय समिति इलामका सदस्य चन्द्र बहादुर मगरको निधनमा सार्बजनिक रुपमा शोक बिदा दिने निर्णय भएको हो । आइतबार एक सूचना प्रकाशित गर्दै गाउँपालिका मातहतमा रहेका वडा कार्यालय, स्वास्थ्य सस्थाहरु र शैक्षिक सस्थामा सार्बजनिक बिदा दिने जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत प्रयास भटराईद्वारा हस्ताक्षरित सुचनामा शोकाकुल परिवार जन प्रति समबेदना ब्यक्त गर्दै दिवगत आत्मा प्रति श्रध्दाञ्जलि ब्यक्त गरिएको छ ।

रोङ गाउँपालिका ५ बहुबनका बासिन्दा मगरको गत २६ गते शनिबार उपचारको क्रममा निधन भएको थियो । कोभिडको कारण बिरामी परेपछि झापाको बिर्तामोड स्थीत बी एण्ड सी अस्पताल भर्ना गरिएकोमा मगरको अस्पतालमा नै निधन भएको थियो ।

२०७४ सालको स्थानीय निर्बाचनमा नेकपा एमालेको तर्फबाट उम्मेद्वार भएका मगर वडा सदस्य पदमा बिजयी भएका थिए ।

निर्बाचनको केही समय पछि जिल्ला समन्वय समिति इलामको सदस्य पदमा निर्बाचित भएका मगरको निधनमा बिभिन्न राजनितिक दल तथा सघसस्थाले दुख ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here