झापाका १९ स्थानमा यात्रु सहायता कक्ष स्थापना

0
578

झापा,  जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोडस्थित नयाँ वसपार्क सहित जिल्लाका १९ स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चार्डवार्डलाई लक्षित गर्दै ट्राफिक प्रहरीले सवै मातहतमा रहेर यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

ट्राफिक व्यवस्थापन चुस्त राख्दै सडक दुर्घटना न्यूनीकरण गर्नु ट्राफिक प्रहरीको प्रमुख दायित्व हो । तर, चार्डवाडको समयमा सर्वाजनिक यातायातमा यात्रा गर्ने यात्रु ठगिएलान् कि भन्ने चिन्ताले ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको बताइएको छ ।
चार्डवार्ड नजिकिएसंगै सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु ठगिने गरेका गुनासा हरेक वर्ष आउने गरेका छन् । यो वर्ष पनि यस्ता गुनासा नआउलान् भन्न सक्ने अवस्था छैन । त्यसैलाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले टेकवहादुर गिरी नयाँ वसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले बताए । चापागाईका अनुसार ६६ औं प्रहरी दिवसको अवसरमा नयाँ वसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
यो अर्जुनधारा नगरपालिका ११ मा अवस्थित टेकवहादुर गिरी वसपार्क हो । यो वसपार्क अर्जुनधारा नगरपालिकामा रहेपनि यसलाई बिर्तामोडस्थित नयाँ वस पार्कका नामले चिनिन्छ । भारतीय राजदुतावासको सहयोगमा वि.सं. २०६७ सालमा स्थानीय जग्गादाताले २ विगाहा ८ कठ्ठा क्षेत्रफलमा बसपार्कका नाममा उपलब्ध गराएपछि यसको स्थापना भएको हो । यो वसपार्कबाट पूर्वी पहाडी जिल्ला सहित नेपालका विभिन्न ठाउँमा दिनहुँ सयै सवारी साधान यात्रु लिएर आवत – जावत गर्छन् ।
मेची अञ्चलकै प्रमुख व्यापारिक केन्द्रका रुपमा विकास भएको झापाको विर्तामोडलाई व्यवस्थित गर्न झण्डै तीन करोड रुपैयाँको लागतमा यो वसपार्क निर्माण गरिएको हो । तर यो वसपार्क अझैं व्यवस्थित भने हुन सकेको छैन । जसका कारण सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रु ठगिएलानन् भन्ने चिन्ता हरेक वर्ष हुने गरेको छ । जसका कारण हरेक वर्ष यो समयमा वसपार्क क्षेत्रमा यात्रु सहायाता कक्ष स्थापना हुँदै आएका छन् । ट्राफिक प्रहरीको अगुवाइमा यात्रु सहायता कक्ष स्थापना भएपनि वसपार्क क्षेत्रमा यातायात व्यवसायीको उपस्थिति नहुँदा कमिसनका कारण यात्रुहरु ठगिने गरेको टेकवहादुर गिरी नयाँ वसपार्कका संयोजक धनराज गुरुङ बताउछन् ।


सार्वजनिक यातायातमा यात्रा गर्ने कुनै पनि यात्रुले ठगिनु नपरोस् भन्ने अभिभारा स्थानीय सरकारको पनि हो । तर,यो वर्सपार्कमा स्थानीय सरकारको उपस्थिति नहुँदा यातायात व्यवसायीमा हानथापको अवस्था छ । जसका कारण यो वसपार्कले चोहेजति विकास गर्न सकेको छैन । अर्जुनधारा र बिर्तामोड नगरपालिकाको स्वामित्व विवादका कारण यो वर्सपार्क लामो समयदेखि व्यवस्थित हुन नसक्दा यात्रु ठगिने निश्चित छ । तर, चार्डवार्डलाई लक्षित गर्दै प्रहरीले देश भर नै शुरु गरेको अभियान अन्तरगत बिर्तामोडमा ट्राफिक प्रहरीले स्थापना गरेको यात्रु सहायता कक्ष स्थापनाका काराण यो वसपार्कबाट सार्वजनिक यातायातमा आवत जावत गर्ने यात्रु ठगिनबाट जोगिन सहयोग पुग्छ भन्ने विश्वास गर्न सकिन्छ । किनकि यो अभियानमा ट्राफिक प्रहरीले यातायात व्यवसायी, यातायात क्षेत्रमा काम गर्ने मजदुर , सरोकारवाला निकाय सबैसंग हातेमालो सचेतना अभियानका कार्यक्रमलाई अघि बढाएको छ ।

प्रहरी दिवसमा तपाइको मास्क खोइ अभियानसंगै वृक्ष रोपण

झापा, ६६ औं प्रहरी दिवसको अवसरमा प्रहरीले तपाइको मास्क ओई अभियान सञ्चालन गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा सहित झापामा रहेका सबै प्रहरी युनिटले यो अभियानसंगै एक प्रहरी एक विरुवा अभियान समेत सञ्चालन गरेका छन् । अभियान अन्तरगत इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडस्थित नयाँ वसपार्कमा तपाइको मास्क खोइ अभियान सञ्चानल गरेको थियो भने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले एक प्रहरी एक विरुवा अभियान सञ्चालन गरेको छ ।
अभियान अन्तरगत बिर्तामोडस्थित निर्माणाधीन ट्राफिक प्रहरी भवन परिसरमा आज वृक्ष रोपण गरिएको छ । वृक्षरोपण अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक निशेष चापागाईले फलफूलका विरुवा रोपेर अभियानको उद्घाटन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here