विमल दहाल, इलाम ।

व्यवसायिक तालिम प्राप्त गरी ब्यवसाय सञ्चालन गर्दै रहेका माई नगरपालिका भित्रका ६४ जना युवा युबाहरुलाई शुक्रबार प्रविधि हस्तान्तरण गरिएको छ।
गरिबी निवारणका लागि लघु उधम बिकास कार्यक्रम अन्तरगत माई नगरपालिका र उधोग बाणिज्य तथा आपुर्ति मन्त्रालय सिंहदरबार काठमाडौको सहयोग र पिरामिड टेक्निकल ईन्स्टिच्युट प्रालि इलामको आयोजनामा आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम अन्तर्गत सहयोग गरिएको हो ।
सिलाई कटाई, कृषि, हाउस बाईरिङ्ग, बंगुर र बाख्रा पालनमा रहेका युबा ब्यबसायीलाई माईका मेयर दिपक कुमार थेवेले सामाग्री वितरण गर्नुभयो । मेयर थेबेले प्रबिधि हस्तान्तरण गर्दै सम्बृद्ध माई निर्माणका लागि ब्यवसायमा सफलता प्राप्त गर्न शुभकामना दिनुभयो।

मेयर थेबेले ७ बटा सिलाई कटाई मेसिन प्रति मेसिन १६ हजार ३ सय ८५ बराबरका दरले, कृषि प्रविधि अन्तर्गत १४ जनालाई प्रति ब्याक्ति ग्रिननेट, प्लाष्टिक टनेल, स्प्रे ट्याक्की, मलचिङ प्लाष्टिक, नर्सरी ट्रे १/१ थान गरि प्रति ब्यबसायी १९ हजार २ सय ८५ बराबरको, बाईरिङ्ग सामाग्री १० जनालाई जम्मा १५ हजार बराबरको, बंगुर पालनका लागि प्रबिधि १० जनालाई जम्मा २२ हजार बराबरको, बाख्रा पालन प्रबिधि २७ सयका दरले २३ जनालाई मेयर दिपक कुमार थेवेले सामाग्री वितरण गर्नुभयो ।
प्रबिधि हस्तान्तरणमा कुल जम्मा ४ लाख ८३ हजार मुल्य बराबरको सामग्री वितरण गरिएको प्रशासन शाखा प्रमुख नविन कुमार पौड्यालले जानकारी दिनुभयो। प्रबिधि हस्तान्तरण कार्यक्रममा माई नगरपालिका प्रशासन शाखा प्रमुख पौड्याल, पिरामिडका कार्यक्रम संयोजक हेमन्त गौतम, मेडपा कार्यक्रम माई नगरपालिका सहजकर्ता निरुता थापा र दिपेन्द्र सुब्बा लगायतको सहभागीता रहेको थियो ।































