रोटरी नै किन ?

0
2534

जितेन्द्र बस्नेत
अध्यक्ष
रोटरी क्लव अफ बिर्तामोड
समाजमा केही गरौं भन्ने चाहना हुादा रोटरी क्लबको आदर्श मूल्य र मान्यता हेर्दा यसबाट केही गर्न सकिन्छ जस्तो लागेर म रोटरी क्लबमा प्रवेश गरें । आफ्नो २०/३० हजार सीमित लगानीको संस्थाबाट ठूलो सहयोग पाउन/पुर्‍याउन सकिदो रहेछ । यसको उदाहरण स्वरुप मेची आाखा अस्पताललाई ४२ लाख मूल्यको उपकरण रोटरीबाटै प्राप्त हुादैछ । ग्रामीण भेगमा पुल, विद्यालय जस्ता महत्वपूर्ण क्षेत्रमा रोटरी इन्टरनेशनलको सहयोग पुर्‍याउन सहयोगीको भूमिका निर्वाह गर्न रोटरीबाट सकिादोरहेछ तथा रोटरीले समाजसेवाको क्षेत्रमा पुर्‍याउादै आएको योगदानबाट प्रभावित भएर म रोटरीमा प्रवेश गरें ।
स्वार्थभन्दामाथि उठेर समाज सेवा गर्ने पवित्र उद्देश्यका साथ विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरुको गैरराजनीतिक संगठन हो – रोटरी क्लब । सन् १९०५मा अमेरिकाको शिकागो शहरमा पाउल हेरिस, गुस्ताभ लोहेर, सिल्भेष्टर सिसेल, हिरेन शोरे चार जनाले आफ्नो क्षेत्रबाट समाजलाई केही ठोस् सहयोग पुर्‍याऊा भन्ने उद्देश्यले रोटरी इन्टरनेशनलको स्थापना गरेको इतिहास भेटिन्छ । तिनै व्यक्तित्वहरुले स्थापनाकालमा लाग्ने अफिसियल खर्च कम गर्दै समाज सेवालाई सशक्त पार्ने उद्देश्यले सबैले आलोपालो गरी आफ्ना निवास अथवा व्यवसायिक परिसरमा साप्ताहिक भेटघाट गर्ने तथा परिवारलाई पनि प्रत्येक्ष परोक्ष समावेश गर्ने उद्देश्यका साथ रोटरीको स्थापना गरिएको हो । यसरी हालो पालो रोटेशन प्रक्रियाबाट बैठक बस्ने प्रक्रिया भएकोले रोटेशनबाट रोटरी नामाकरण भएको हो । हाल विश्वको सबै मुलुकमा रोटरी क्लबको स्थापना भइसकेको छ ।
नेपालमा सन् १९५५देखि भारत कलकत्ताको आरआइ डिस्ट्रिक ३२९०को मातहतमा रोटरी क्लब अफ काठमाडौं स्थापना भयो । त्यसपछि नेपाललाई छुट्टै स्वायत्त क्षेत्र (म्ष्कतचष्अत) बनाउन रोटरीको न्यूनतम् पूर्वाधार पूरा गर्न धेरै समय लागेकोले सन् २००८मा मात्र आरआइ डिस्ट्रिक ३२९२ ९च्क्ष् म्ष्कतचष्अत घद्दढद्द० ले मान्यता पायो । यसबीचमा नेपालमा ६०भन्दा बढी रोटरी क्लब स्थापना भएका छन् । त्यसमध्ये केही बन्द भए हाल नेपालमा ८८ क्लब र यही आरआइ डिस्ट्रिक ३२९२ अन्तर्गत भूटानमा पनि क्लब स्थापना भएको छ । रोटरी क्लब स्थापना गर्ने क्रममा बिर्तामोडमा सन् २०१०मा केही युवा मिलेर यसको मूल्य, मान्यता र आदर्श अनुसार रोटरी क्लब स्थापना गरी सामाजिक क्षेत्रमा हामी कार्य गर्दै आएका छौं । रोटरी क्लब अफ बिराटनगरको रोटरियन साथीहरुको परामर्शबाट बिर्तामोडमा रोटरी क्लबको स्थापना भएको हो । सीमित स्रोत र साधनकाबीच पनि हाम्रो क्लबले केही महत्वपूर्ण कामहरु शुरु गरेको छ । रोटरीले मुख्यतया: शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रलाई प्राथमिकतामा राखी कार्य गर्दछ । स्वास्थ्य क्षेत्रमा मुख्यत: विश्वबाट पोलियो निर्मूल पार्न रोटरी सफल भएको छ । शिक्षा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा छात्रवृत्तिको व्यवस्था गरेको छ भने रोटरी क्लब अफ बिर्तामोडले प्रत्येक बर्ष अपाङ्गता भएका व्यक्तिहरुलाई ह्वील चियर वितरण, बृक्षरोपण, रक्तदान, विद्यालयको शौचालयको व्यवस्था गर्ने कार्य गर्दैको छ । सांगठानिक भेटघाट एवम् परिवार–परिवारबीचको भेटघाट जस्ता कार्यक्रमले आपसी सद्भाव र हार्दिकता बढाएको छ । यस बर्ष हाम्रो क्लबले रोटरी अभियानलाई विस्तार गर्दै रोटरी क्लब भद्रपुरको स्थापना गर्न सफल भएको छ । साथै १८ बर्षदेखि ३० बर्ष उमेरका युवाको लागि रोट्रयाक्ट क्लब अफ बिर्तामोड स्थापना गरी वैधानिक मान्यता प्रदान गर्न पनि सफल भएका छौं । रोटरी इन्टरनेशनलको सहयोगमा मेची आाखा अस्पताललाई ४२ लाख मूल्य बराबरको आइओएल ५०० ९क्ष्इी छण्ण्० नामक उपकरण उपलब्ध गराउादैछौं । कुनै पिछडिएको गाउालाई लिएर रोटरी भिलेज बनाउने हाम्रो दीर्घकालीन लक्ष्य रहेको छ । शिक्षा क्षेत्रमा एक अक्षयकोष स्थापना गरी कोषमा दश लाख रुपैयाा पुर्‍याएर छात्राहरुलाई नि:शुल्क छात्रवृत्ति प्रदान गर्नका लागि अघि बढेका छौं । सो कार्य अन्तर्गत हाल ५ लाख भन्दा बढी संकलन भइसकेको र लक्ष्य चााडै पूरा हुने हाम्रो विश्वास छ ।
विर्तामोडमा रोटरी क्लब अफ मिड टाउन पनि छ । एकै ठाउामा दुई वटा क्लब किन भनेर कतिपयले प्रश्न पनि उठाएका छन् । यसमा के छ भने– रोटरी क्लबमा समाजमा रहेका कुनै एक पेशा व्यवसायमा रहेका ४/५ जनासम्म मात्र सदस्यता रहने प्रावधान अनुसार सदस्यता पाउन गाह्रो छ । त्यसैले एक स्थानमा एक भन्दा बढी रोटरी क्लब खोल्न सकिने भए अनुसार नै अर्को क्लब खोलिएको हो । तर, त्यो अस्वभाविक होइन, बिर्तामोडको जनघनत्व र यहााको विविध व्यवसाय र पेशाकर्मीको अवस्था हेर्ने हो भने अरु दुई/तीन वटा क्लब स्थापनाको सम्भावना छ । यसरी खोलिएको क्लबहरु एक अर्काका प्रतिस्पर्धी नभइ सहयोगी हुन् । रोटरीको सांगठानिक प्रक्रिया पनि अरु भन्दा फरक छ । रोटरीको पदावधि जम्मा एक बर्षको हुन्छ । जुन अंग्रेजी क्यालेन्डर अनुसार जुन महिनाको ३० तारिख दिन राति १२ बजेपछि अर्को रोटरी बर्ष शुरु हुन्छ । त्यससागै अर्को अध्यक्ष नेतृत्व सम्हाल्न आइपुग्छ । नयाा नेतृत्व सम्हाल्न आउने अध्यक्ष तीन बर्षअघि नै चयन भइसकेको हुन्छ । यो सन्दर्भमा मेरो कार्यकाल केही दिन मात्र बााकी छ । यति हुादाहुादै पनि प्रक्रिया पुर्‍याएर पुन: नेतृत्वमा आउन सकिन्छ । तर पनि मेरो अध्यक्ष हुने पालो यो बर्षलाई भने जुन ३० तारिख राति १२ बजेसम्म मात्र हो । त्यसपछि पनि क्लबले दिएको जिम्मेवारी इमान्दारसाथ पूरा गर्न दृढता व्यक्त गर्दछु ।
मैले वीरता जेसीजको अध्यक्ष भएर पनि नेतृत्व सम्हालेको छु । रोटरी र जेसीज दुबै अन्तर्राष्ट्रिय मान्यता प्राप्त गैरसरकारी संस्था हुन् । दुबै आ–आफ्नो क्षेत्रमा महान छन् । तर पनि जेसीजले नेतृत्व क्षमताको पाठ सिकाउाछ भने रोटरीले कसरी नेतृत्व गर्ने भन्ने अभ्यास गराउाछ । जेसीजले १८–४० बर्षका युवालाई समेटेर प्रशिक्षित गराउाछ भने रोटरीमा ३० बर्ष माथिको मात्र सदस्य हुन पाउने व्यवस्था छ । रोटरीमा ७० बर्ष माथिका पनि धेरै सदस्य छन् । जेसीजबाट अवकास पछाडि समाजसेवा गर्ने भावना भएका व्यक्तिहरुलाई रोटरी उपयुक्त संस्था हो भन्ने लाग्छ । त्यसैले म यसतर्फ आकिर्षत भएको हुा । अहिले त्यस्ता क्लबहरु मार्फत समाजसेवाको क्षेत्रमा स्थापित हुन प्रशस्त अवसरहरु आएका छन् । त्यसलाई लिन सक्नु आफ्नो खुबी हो ।
अन्त्यमा, मुलुकको बर्तमान परिस्थिति अत्यन्त गम्भीर मोडमा छ । त्यसमा हाम्रो गम्भीर चिन्ता छ । स्वार्थी, लोभी र पापी नेताको हातमा राजनीति भएकोले देश अन्यौलको भूमरीमा फसेको जस्तो लागेको छ । हाम्रो काम भनेको देशको सेवामा केही इाटा थप्न सकिन्छ कि भन्ने मात्र हो । नेताहरुलाई पूर्वाग्रह त्यागेर स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा ठोस् र दीर्घकालीन सोचका साथ काम गर्न मेरो अनुरोध छ । (कुराकानीमा आधारित)प्रस्तुति:एकराज गिरीjitendra basnet

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here