लिम्बुवानमा अध्यक्षका पाँच जना आकांक्षी

0
698

झापा ।

संघीय लिम्बुवान मञ्च नेपालको छैंठौं अधिवेशन मंसीरमा हुने भएको छ । पार्टीको कात्तिक २३ गते बसेको वैठकले मंसीर ३ गते अधिवेशन गर्ने निर्णय गरेको बिर्तामोडमा शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । पार्टीको अध्यक्ष पदका लागि पाँच जना आकांक्षी देखिएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष नगेन्द्र राई, उपाध्यक्ष ज्वाला इम्बुङ, अमित खम्बू , सचिव राज आङ्थुपू र तीर्थराज पौडेलले अध्यक्ष पदका लागि दावी गरिरहेका छन् ।

अधिवेशन सम्पन्न गर्न पार्टीका जिल्ला अध्यक्ष धनबहादुर पन्धाक सुब्बाको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । सो समितिमा पार्टीका कार्यसमितिका सवै सदस्य सहित क्षेत्रीय अध्यक्षहरु, पालिका अध्यक्षहरु, जनवर्गीय संगठनका प्रमुख सदस्य रहने बताइएको छ ।

अधिवेशन सम्पन्न गर्न अमित खम्बूको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । समितिमा तीर्थराज पौडेल र वुद्धिमान तामाङ सदस्य रहेका छन् । पार्टीले ज्वाला इम्बुङ्को संयोजकत्वमा स्टेज व्यवस्थापन समिति गठन गरेको छ भने समितिको सदस्यमा नारायण तामाङ र शिवकुमार राई रहेका छन् ।

त्यस्तै प्रचारप्रसार समिति संयोजकमा राज आङ्थुपो रहेका छन् भने सदस्यमा बिजय ठाडामगर, कृष्णबहादुर सेन्दाङ, लीलानाथ आङ्देम्वे, बिक्रम चेम्जोङ, अमर मावोहाङ, र प्रताप निङ्लेखू रहेका छन् ।
अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन मिराकले गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो समारोहलाई पार्टीका वरिष्ठ उपाध्यक्ष ज्ञानवहादुर गुरुङ, उपाध्यक्ष ज्ञानबहादुर इम्बुङ, प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्वाफोले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here