निःशुल्क पशु स्वास्थ्य शिविर

१ पुष २०७८, बिहीबार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङको पथरीशनिश्चरे ८ मा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वडा कार्यालयको बजेटमा २ स्थानमा सम्पन्न शिविरमा ७ हजार ८ सय ४० को मेडिकल उपचार, २ सय १४ को माइनर सर्जिकल उपचार र ८४ को गाइनोक्लोजिकल गरी ८ हजार १ सय ३८ पशुको उपचार भएको हो ।

जसमा १ हजार ४८ गाई भैंसी, १ हजार ८ सय २९ बाख्रा, ९ सय ८८ बंगुर, ४ हजार १ सय ८४ कुखुरा र ८९ वटा हाँस रहेको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनुभएको छ । उक्त अवसरमा वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य गीता विश्वकर्मा सहितको उपस्थिती रहेको थियो।

पुस २ गते वडा नम्बर ७ ले निःशुल्क पशु स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ भने नगरपालिकाको कार्यक्रमका रुपमा वडा नम्बर ३ र १० पनि शिविर सञ्चालन गर्ने जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here