पथरीशनिश्चरे,
नगर विकास कोषको शहरी पूर्वाधार विकास आयोजना(UID) अन्तर्गत पथरीशनिश्चरे नगरपालिकामा ूपथरीशनिश्चरे सपिङ्ग कम्प्लेक्स भवन आयोजना निर्माणका लागि ऋण सम्झौता सम्पन्न भएको छ ।
पछिल्लो समय तिव्रगतिले शहरीकरण बढिरहँदा पथरीशनिश्चरे नगरपालिकामा व्यवस्थित शहरी विकासका पूर्वाधारहरु विस्तार र विकास गर्ने उद्देश्यले नगरपालिकाको वडा नं। १ मा नगरकै करिब ७ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त सपिङ्ग कम्प्लेक्स भवन निर्माणका लागि आज बुधबार पौष ७ गते पथरीशनिश्चरे नगरपालिका र नगर विकास कोष बीच ऋण सम्झौता भएको हो ।
नगर विकास कोषका कार्यकारी निर्देशक श्री कृष्ण प्रसाद सापकोटा र पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिप कुमार राई बीच रु। २० करोड १५ लाखको ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यस “पथरी शनिश्चरे सपिङ्ग कम्प्लेक्स भवन ९एबतजबचष् क्बलष्कअजबचभ क्जयउउष्लन ऋयmउभिह द्यगष्मिष्लन०” आयोजना निर्माणको कुल अनुमानित लागत रकम रु। २८ करोड ७८ लाख ६१ हजारको ७० प्रतिशत ऋण रकम कोषको तर्फबाट र ३० प्रतिशत रकम नगरपालिकाबाट व्यहोरिनेछ ।
उक्त सम्झौता कार्यक्रममा नगरपालिकाका प्रमुखबाट नगरपालिकाले यस आयोजनालाई नगरवासीहरुलाई व्यवस्थित र आधुनिक शहरी सेवा सुविधा प्रवाह गर्ने र नगरपालिकाको आन्तरिक आय स्रोतमा समेत बृद्धि हुने महत्वपूर्ण आयोजनाकोरुपमा लिएको विचार व्यक्त गर्नुभयो । वहाँले यस आयोजनाको सफल कार्यान्वयनबाट नगरको सामाजिक आर्थिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा गुणस्तरीयरुपमा समयमा आयोजना सम्पन्न गर्नेतर्फ नगरपालिकाको ध्यान केन्द्रित हुने विचार व्यक्त गर्नुभयो ।
सम्झौता कार्यक्रममा कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले आर्थिक गतिविधीका लागि केन्द्र बन्दै गएको नगरपालिकामा निर्माण हुने यस्ता ठूला आयोजनाले शहरलाई गतिशिल बनाई नगरको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विचार राख्नु भयो । साथै , नगर विकास कोष सदैव नगरपालिकाको व्यवस्थित शहरीकरणमा नगरपालिकासंग सहकार्य गर्दै जाने पनि प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।































