जीवनको उर्जाशील समय जसले शिक्षा क्षेत्रमा बिताए । अध्यारो गोरेटोबाट उज्जवल भविश्य निर्माणका लागि हजारौका पथ प्रर्दशक बनेका कनकाई नगरपालिका ८ लक्ष्मीपूरका शिशिर भट्टराई अहिले शिक्षा सेवा भन्दा धेरै पर छन् । समाजमा शैक्षिक उन्नयनका लागि केही गरौला भन्ने फरक सोच राखेर विद्यार्थी जीवनबाटै शैक्षिक अभियानमा होमिएका भट्टराईले धेरै विद्यार्थीलाई असल शिक्षा प्रदान गर्दै सुयोग्य नागरिक निर्माण गरेपनि आत्मसन्तुष्टि नभएपछि उनी अहिले घर जग्गा व्यवसायमा होमिएका छन् ।
२५ वर्षसम्म झापा र मोरङका विभिन्न विद्यालयमा शिक्षण पेशा गरिसकेका भट्टराई आफैंले पनि झापाको बिर्तामोडमा अमेरिकन एजुकेशन फाउण्डेसन सञ्चालन गरेका थिए । अमेरिका लगायत युरोपियन मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई पराशर्म सहित काउन्सिलिङको व्यवस्था समेत गरेका थिए उनले । धेरै विद्यार्थीलाई उनकै कन्सलट्यान्सीबाट अस्टे«लिया, अमेरिका लगायतका देशमा पु¥याउँदै उनीहरुको भविश्य सुनिश्चित गर्न सफल भएपनि आफ्नै भविश्यमा प्रश्न चिन्ह खडा भएपछि उनले शैक्षिक पाटो त्यागेर अहिले घर जग्गाको कारोवारमा रोजेका हुन् ।
अंग्रजी विषयमा स्नातक गरेका उनले त्यसोत यस अघि पनि काठमाडौं र पोखरामा विभिन्न खाले व्यवसाय सञ्चालन गरेका थिए । तर, समाज सुधारका लागि शिक्षा नै अनिवार्य सम्झिएका उनले व्यवसाय त्यागेर शिक्षण पेशालाई अंगालेपनि निजी विद्यालयले शिक्षकलाई हेर्ने दृष्टिकोणमा फरकपन नपाएपछि उनले यो पेशालाई चटक्कै छाडे । तर, शिक्षा सेवालाई सर्बाेच्च ठानेका उनले शिक्षा सेवा गर्ने धित नमरेपछि पुनः आफैं विद्यालय सञ्चालन गर्ने सोच बनाए । तर, भने अनुसारको टिम नपाएपछि उनी अमेरिकन एजुसकेश फाउण्डेशन सञ्चालन गर्न तर्फ केन्द्रीत बने ।
२०६०– ७० को दशकसम्म शैक्षिक अभिनन्ताका रुपमा छुट्टै छवि बनाएका भट्टराईले २०७० सालसम्म अमेरिकन एजुकेशन फाउण्डेशन सञ्चालन गरे ।
वुवा नारायण प्रसाद र आमा सावित्रा देवीका चार छोरा मध्ये माइला पुत्ररत्नका रुपमा २०२९ साल भदौ १४ गते जन्मिएका भट्टराईले मोरङको उर्लावारीबाट प्रविणता प्रमाणपत्र तह र कनकाई क्याम्पस सुरुङ्गाबाट बीए उत्तीर्ण गरेका थिए ।
मदरल्याण्ड अंग्रेजी विद्यालय गोठगाउँ मोरङबाट शिक्षण पेशा शुरु गरेका भट्टराईले प्रगति अंग्रेजी आवाशीय मावि अर्जुनधारा, वालकल्याण अंग्रेजी विद्यालय चारपाने, पाथीभरा अंग्रेजी विद्यालय लक्ष्मीपूराा, कञ्चनजंघा अंग्रेजी मावि बिर्तामोड, नवयुग शिक्षा निकेतन दुर्गापूर आदि विद्यालयमा धेरै वर्ष शिक्षण पेशामा आवद्ध रहे ।
पाथीभरा अंग्रेजी विद्यालयमा संस्थापक प्रिन्सिपल समेत रहेका उनले अन्य धेरै विद्यालयमा शिक्षकको मात्र भूमिका ननिभाई सञ्चालनककै भूमिका निर्वाह गर्न भ्याए । तर, विद्यालय सञ्चालकहरु मोटाएपनि शिक्षक नमोटाएपछि उनले यो पेशा नै त्यागेर अहिले घर जग्गाको व्यवसायमा रमाएका छन् ।
घर जग्गा कारोवारीलाई अहिलेपनि समाजमा हेर्ने दृष्टिकोण फरक छ । तर, उनले विगतमा कमाएको ख्यातिका कारण यो व्यवसाय सञ्चालन गर्न उनलाई कुनै कठिनाइ छैन ।
प्रशिद्धी कोलनी तथा घर जग्गाम विक्री केन्द्रका व्यवस्थापकका रुपमा समाजमा उनले अहिले छुट्टै छबि बनाएका छन् । घर जग्गाको व्यवसायलाई पनि स्वाच्छ र मर्यादित बनाउनु पर्छे भन्ने अभिप्रायका साथ उनी अहिले निम्न आय भएदेखि उच्चतम आयश्रोत भएकाहरुलाई समेत सही परामर्श प्रदान गर्दै बसोवासको प्रवन्ध मिलाउन जुटेका छन् ।
बिर्तामोड,चारपाने, लक्ष्मीपूर, दुर्गापूर लगायतका क्षेत्रमा घर घडेरी खरिद बिक्रीका लागि अहिले उनी सबैका प्रिय पात्र बनेका छन् । सरल स्वभावका उनी आफैंपनि प्रशिद्धी कोलनी तथा घर जग्गा विक्री केन्द्रका व्यवस्थापक हुन् । उनको कोलनीले अहिले सुपथ मूल्यमा आर्कषक घर घडेरी बिक्री गरिरहेको छ ।
कोभिडको प्रभावका कारण बैकिङ तरलताले घर जग्गाको कारोवार घटेपनि बैदेशिक रोजगारीमा गएकाहरुबाट अहिलेपनि कारोवार भने भइरहेको बताएका उनले सुरक्षित घरबासका लागि प्रशिद्धी कोलनी तथा घर जग्गाम विक्री केन्द्रलाई सम्झन बसै समक्ष आग्रह गरेका छन् ।































