मस्तिष्क नियन्त्रणमा टेकनाथ रिजाल

0
555

मस्तिष्क नियन्त्रणमा वैज्ञानिक आधार नामक पुस्तकबाट आधारित लेख केही सकारात्मक केही नकारात्मक लेखक अरुण सिंहले आफ्ना अनुभवका क्रममा लेख्नुभएको छ । पुस्तक पढेर यो पंक्तिकारलाई केही भावुक बनायो । त्यसपछि टेकनाथ रिजालसँग सम्पर्क र भेटघाटको क्रममा एउटा समीक्षा लिएको थिएँ । भुटानको बारेमा उहाँको कुराले मलाई अरु स्तब्ध बनाएको थियो । एउटा राजतन्त्रप्रेमी मानिसलाई यस्तो यातना ।

टेकनाथ रिजालले त्यहाँका जनताको हकहित र राजतान्त्रिक राष्ट्रमा भइरहेका प्रजातान्त्रिक विरोधी कार्यको खण्डन गर्दै आएका थिए । त्यो मात्र नभएर राजाले नै खटाएर पठाएका राष्ट्रमा भएका घुसखोसी षड्यन्त्रकारीहरूको मनोबललाई गिराउन उनले त्यस्ता व्यक्तिहरूको उजागर गरेका थिए । त्यस्ता काममा राजा स्वयम्का काका त्यसका नाइके भएको तथ्य भएपछि उनले यो कुरा राजा ‘जिङ्वे दोर्जे वाङचुङ’लाई बिन्ती चढाए । काम राम्रो गरे रिजालले उनलाई गर्व थियो ।

त्योपछि टेकनाथ रिजालाई दिन प्रतिदिन सरकार पक्षबाट निगरानी हुन थाल्यो । उहाँलाई उल्टै दोषी र राजतन्त्र विरोधी मानियो र उनी त्यसको भागिदार बन्न पुगे । यो कार्य राज्यमा हुने राजनीति पृष्ठमा गरिने यातना हो । षडयन्त्र हो । उनलाई पतन बनाउने चाल हो । एउटा राजतान्त्रिक मुलुकमा यस्तो खाले यातना हुनु मानव अधिकार हनन् हुनु होइन र ? यस्तो यातना साम्राज्यवादी मुलुकहरूमा पनि नहोला । तर, यस्तो भएको छ । जनताहरू आफ्ना अधिकारका लागि लडेका हुन्छन् । बाँच्ने अधिकार राज्यमा सबैको हुनछ । सबैले न्याय पाउनुपर्छ ।

यसै सन्दर्भमा भुटानबाट आएर नेपालमा बसोबास गर्दै आएका भुटानी नेता रिजाललाई त्यहाँको सरकारले नेपालबाटै धरपकड गरी भुटान लगेको थियो । उहाँलाई दश वर्षसम्मको कैद र सजाय मस्तिष्क नियन्त्रणबाट गरिने यातना दिएको थियो । उनलाई बिर्तामोडको आफ्नो निवासबाटै धरपकड गरी भुटान पु¥याएर विभिन्न यातना दिँदै त्यहाँको सरकारले कालकोठरीमा राख्दै निकाल्दै विभिन्न यातनाका संयन्त्रहरू अपनाउँदै उहाँलाई सत्यतथ्य बोल्न बाध्य बनाएको थियो । केही पारा नलागेर अन्त्यमा मस्तिष्क नियन्त्रणबाट गरिने सजाय र अन्य सयन्त्र के–के ग¥यो कहाँ–कहाँ पु¥यायो । त्यसको केही अंश रिजालले यहाँ आपैंmले बताउनुभएको छ । उनी कसरी नेपाल आए । यहाँबाट लगेर उनलाई पहिलो यातना कस्तो दिइयो । त्यो भन्दा पहिला भुटानको बारेमा केही चर्चा गरौं । एसियाका दुई ठूला देशहरू चीन र भारतबीच रहेको भुटान विशेष अप्रवासीको देश हो ।

राजाद्वारा शासित १९०७–२००८ मा यो राष्ट्रले बहुभाषिक, बहुसांस्कृतिक समाजको प्रतिनिधित्व गर्दछ । भुटानमा विशेषगरी ‘छालेङसार्छेप’ र ‘लोत्साम्पा’ गरी दुई समुदाय बसोबास गर्दछन् । उनीहरू तिब्बतबाट भागेर आई १७औं शताब्दीको सुरुवातमा भुटानको उत्तर–पश्चिममा बसोबास गर्दछन् र जोङ्खा भाषा बोल्दछन् । उनीहरू भुटानका शासक हुन् र भुटानको महत्वपूर्ण सम्पूर्ण कुराहरू सरकार अर्थतन्त्र र राजनीतिमाथि उनीहरूले पकड जमाएका छन् । ‘लोत्साम्पा’ भुटानसम्म जोडिएको भारतको सिक्किम र दार्जिलिङ, बर्मा र नेपालबाट आएर भुटानमा मिसिएका नेपाली जातीय सम्प्रदाय हुन् । उनीहरू नेपाली बोल्छन् र हिन्दू धर्म अपनाउँछन् । सबैभन्दा पहिले लोत्साम्पा इ.सं. १६२४ मा भुटानमा आएको मानिन्छ । तर, त्यतिबेला उनीहरू एकदम नगण्य संख्यामा थिए । इ.सं. १६१६ मा तिब्बतको रालोङ्गुम्बाबाट एक भिक्षु भागेर आई भुटानमा बसोबास गर्न थाले । उनैले भुटानमा शासन प्रणाली स्थापना गरी भुटानलाई एउटै देशको आकार दिए ।

यद्यपि २५० वर्षपछि पनि यो प्रणालीले पनि आशा गरे अनुसारको कार्य गर्न सकेन । यसको मुख्य कारण ‘ङालोङ’हरूले कृषिको काम जान्दैन थिए र जीवनयापन नै उनीहरूको मुख्य समस्या बन्यो । जीवनयापनका निम्ति उनीहरूले डुवोर्स क्षेत्रमा छापा मार्ने तथा त्यहाँमा मानिसहरूको सामान लुट्ने सजिलो विकल्प अपनाए । यो क्रम अंग्रेज शासनको आँखा छलेर उत्तर पूर्वमा रहँदासम्म इ.सं. १७७१–१८६५ सम्म चलिरह्यो । ब्रिटिश, भारत र भुटानबीचको ‘सिन्चुला सन्धी’सम्म यिनीहरूको छापा मार्ने कार्य चल्यो । इ.सं. १८९८ देखि १९८० सम्मको दशकमा दक्षिणी भुटानमा कमिसन र सिष्टम आयुक्त व्यवस्था छुट्टै शासन व्यवस्था लागू गरियो । इ.सं. १९४७ मा भारत स्वतन्त्र भयो । त्यो समयमा जवाहरलाल नेहरू थिए । उनले छिमेकी राष्ट्र भुटानको पनि विकासमा चासो लिए । भारत स्वतन्त्रपछि भुटानलाई आफ्नो हातमा लियो, तर भुटान चिन्तित थियो ।

त्यतिबेला समावेशी सहभागिता भनेर आफ्नो अधिकारका लागि भुटान मै लडिरहेका नेपालीभाषी दक्षिण भुटानलाई इङ्कित गरेका थिए । दक्षिण भुटानमा बस्ने नेपालीहरू त्यहाँबट उम्किएर भारतलाई आफ्नो भुटानको रवैयाको खण्डन गर्दै संघर्ष जागि राखे । दक्षिण भुटानमा थुप्रै नेपाली नेताहरूलाई पक्राउ गरियो । जेल हालियो र यातना दिइयो । उनीहरूका मुख्य नेता काजीमान गुरुङलाई मारेर बोरामा हाली सुनकोशी नदीमा फादिदिए । तर, नेहरूले भारत भूमिबाट भुटानविरुद्ध कुनै राजनीति कार्य नहोस् भन्ने चाहन्थे । यसै अनुसार राजा ‘जिङ्वे दोर्जे वाङचुङ’ ले इ.सं. १९५७ मा राज्यसभा शुरु गरे । इं. सं. १९५८ भन्दा अघिदेखि भुटानमा बसोबास गरिरहेका सबैलाई नागरिकता प्रदान गरे । यसपछि नेहरूले भुटानको भ्रमण गरे र पञ्चवर्षीय योजना शुरु गर्ने सहमति भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here